जेनजी आन्दोलनले कर्णालीमा अर्बौँ रुपैयाँ बराबरको क्षति

रातोपाटी डटकम । २०८२ असोज १ गते  सारांश भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कर्णालीमा अर्बौंको क्षति पुर्यायो, जसमा सरकारी तथा निजी संरचनामा तोडफोड र आगजनी भयो। आन्दोलनकारीहरूले सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, पार्टी कार्यालय र निजी निवासहरूमा क्षति पुर्याए। इन्सेकका अनुसार, सुर्खेतमा सबैभन्दा बढी क्षति…

लुम्बिनी प्रदेशका २५३ संरचनामा आगजनी र तोडफोड

मिसनटुडे डटकम । २०८२ असोज १ गते नेपालगन्ज । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा दुई सय ५३ संरचनामा तोडफोड तथा आगजनी गरिएको छ । इन्सेकले संकलन गरेको क्षतिको विवरणअनुसार प्रदेशमा एक सय ४७ वटा सरकारी कार्यालय तथा सार्वजनिक संरचना, ३८ पार्टी कार्यालयहरू र ६८ वटा निजी सम्पत्ति गरी दुई सय…

जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक र मानव अधिकार आयोगद्वारा अनुगमन

न्यूज ए वन डटकम । २०८२ भदौ ३१ गते धनुषा । जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोड घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले संयुक्त रुपमा भदौ २७ गते अनुगमन गरेको छ । अनुगमन टोलीमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, मानव…

बाँकेमा अधिवक्ताद्वारा निःशुल्क कानुनी परामर्श सेवा सुरु

बाँके । २०८२ भदौ २९ गते नेपालगन्ज : जेनजी आन्दोलनका क्रममा जिल्ला र उच्च अदालतमा भएको आगजनी र लुटपाटका कारण अदालती सेवा अनिश्चितकालका लागि ठप्प भएपछि बाँकेका अधिवक्ताहरुले निःशुल्क अनलाइन कानुनी परामर्श सेवा सुरु गरेका छन्। सार्वजनिक सरोकार कानुन व्यवसायी समूह (पीआइएल ग्रुप) नेपालगन्जको आइतबार बसेको आकस्मिक बैठकले सेवाग्राहीलाई निःशुल्क…

प्रधानमन्त्री कार्कीलाई इन्सेकको ६ बुँदे सुझाव

रातोपाटी डटकम । २०८२ भदौ २८ गते  सारांश इन्सेकले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ र लोकतन्त्रको रक्षामा जोड दिएको छ। इन्सेकले आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन, क्षतिपूर्ति, र दोषीलाई कारबाही गर्न सुझाव दिएको छ। इन्सेकले सरकारलाई मानव अधिकारको संरक्षण, भ्रष्टाचार नियन्त्रण, र शान्ति कायम राख्न आग्रह गरेको…

कोशी प्रदेशमा १२५ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड

हाम्रो विराटनगर डटकम । २०८२ भदौ २७ गते विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १२५ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड भएको पाइएको छ। तीमध्ये ८३ ओटा सरकारी र ४२ ओटा निजी सम्पत्तिका संरचना रहेका छन्। इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले तयार पारेको प्रारम्भिक विवरणअनुसार आन्दोलनका घटनाहरू कोशी प्रदेशका…

३५ कारागारबाट १३ हजार कैदी फरार, कुन जेलबाट कति भागे ? (सूचीसहित)

नेपाल प्रेस डटकम । २०८२ भदौ २७ गते काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका जेलबाट १३ हजार ११४ कैदी बन्दी फरार भएकोमा १२९८ जना नियन्त्रण र सम्पर्कमा आएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सबै प्रदेशबाट संकलन गरेको विवरण अनुसार अझै ११ हजार ८६८ कैदीबन्दी फरार छन् ।…

नागरिक र सामाजिक संस्थाहरूद्वारा संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपील

काठमाडौँ । २०८२ भदौ २६ गते विभिन्न नागरिक र सामाजिक संस्थाहरू, सामाजिक अभियान्ता तथा मानव अधिकारकर्मीहरूले ०८२ भदाै २६ गते एक अपील जारी गर्दै संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न माग गरेका छन्। अपीलमा जेनजी पुस्ताको भावनालाई समेत सम्बोधन हुने गरी सरकार गठन र विधिको शासन लागू गर्न भनिएको छ । यस विषम परिस्थितमा संयमता…

६५ संस्था तथा अभियानीको संयुक्त विज्ञप्ति- संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्नुपर्छ

सेतोपाटी डटकम । २०८२ भदौ २६ गते ६५ संस्था तथा अभियानीले संयुक्त विज्ञप्तिमार्फत् संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपिल गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावनालाई समेत सम्बोधन गरी सरकार गठन र विधिको शासन लागू गर्न उनीहरूले अपिल गरेका हुन्। ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र…