



रेसखबर डटकम । २०८२ भदौ २६ गते काठमाडौं । भदौ २३ गते जेन–जी युवाहरूको प्रदर्शनमा भएको प्रहरी दमनमा ३४ जना युवाको ज्यान गएको घटनाप्रति नागरिक समाजका व्यक्तिहरूले गहिरो दुःख प्रकट गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन्। उनीहरूले पीडित परिवारलाई राहत र घाइतेहरूको उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।…
१२ खरी डटकम । २०८२ भदौ २६ गते विराटनगर । ‘जेनजी’ समूहको प्रदर्शनका क्रममा कोसी प्रदेशभरि सरकारी र निजी गरी १२५ भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको पाइएको छ । तीमध्ये ८३ सरकारी र ४२ निजी सम्पत्तिका संरचना हुन् । प्रदेशका ६ जिल्लामा भने आन्दोलनको स्वरूप नै भिन्न थियो ।…
अग्रलेख डटकम । २०८२ भदौ २४ गते काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले राजधानीमा भएको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोगप्रति कडा आपत्ति जनाएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले विज्ञप्ति जारी गर्दै भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध ‘जेनरेशन जेड’ ले माइतीघरदेखि बानेश्वरसम्म…
कोशी सन्देश डटकम । २०८२ भदौ १९ गते विराटनगर । रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा फैलिएको ज्वरोको महामारीका कारण एक साताको अवधिमा तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप समयमा नियन्त्रण हुन नसक्दा कारागारमा रहेका तीनजनाको मृत्यु र बन्दी तथा थुनुवा गरी ४ सय बढी प्रभावित भएको…
खबरदृष्टि डटकम । २०८२ भदौ १९ गते सुर्खेत । २०६० साउन २३ गतेको सुर्खेत वीरेन्द्रनगर–१० की दीपा ओली परिवारका लागि जीवनभरको घाउ बनेर हराइन्। इत्राम स्कुलमा कक्षा ८ मा अध्ययनरत दीपा त्यस दिन विद्यालय पुगिन् तर घर फर्किनन् । परिवारका सदस्य र आफन्तले चारैतिर खोज्दासमेत पत्तो नलागेपछि तत्कालीन विद्रोही समूह माओवादीले…
समाचार दैनिक डटकम । २०८२ भदौ १७ गते जनकपुरधाम । गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मधेश प्रदेशमा बनेका कानून तथा कार्यान्वयन पक्षप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमबार इन्सेकले जनकपुरधाममा आयोजना गरेको ‘मधेश प्रदेशमा कानून निर्माण र कार्यान्वयनको अवस्था’ अन्तरक्रिया कार्यक्रममा उहाँले मधेशमा अझै धेरै आवश्यक…
समाधान न्यूज डटकम । २०८२ भदौ १५ गते पोखरा । बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको १५ औं अन्तर्राष्ट्रिय दिवस (३० अगस्त अर्थात १४ भदौ)को सन्दर्भमा आइतबार परिपूरण र बेपत्ताको अधिकार विषयक सम्बाद कार्यक्रमको आयोजना गरिएको छ । एड्भोकेसी फोरम, द्वन्द्वपीडित समुदाय, गैर सरकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाइटी कास्की, इन्सेक, कोपिला…
अगेनो न्यूज डटकम । २०८२ भदौ १५ गते दोलखाका गैसरकारी संघ सस्थाले सशस्त्र द्वन्द्वको बेलामा बलपूर्वक बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न माग गरेको छन् । आइतबार दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै संघसंस्थाहरुले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गर्ने र उनीहरूको न्यायको पक्षमा वकालत गर्ने…
नेपालपथ डटकम । २०८२ भदौ १५ गते धादिङ– बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग राख्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ज्ञापनपत्र बुझाएको छ । प्रत्येक वर्ष अगष्ट ३० का दिन विश्वव्यापी रूपमा बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गर्दै इन्सेकले जिल्ला प्रशासन कार्यालय धादिङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । आईतबार इन्सेकका…