माछापुच्छ्रेलाई बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता
कास्की । २०७९ असार १ गते कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधिहरूले बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामाजिक विकास कार्यालय कास्की र माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन प्रवर्धन कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
भोजपुर । २०७९ असार १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको …
सार्वजनिक लेखा समितिसँग छलफल
मोरङ । २०७९ जेठ ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, ले प्रदेश १ को सार्वजनिक लेखा समितिसँग छलफल गरेको छ । इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाको नेतृत्वमा नागरिक समाज, पत्रकार लगायतको टोलीले प्रदेश १ को सार्वजनिक लेखा समितिका पदाधिकारीहरूसँग जेठ ३१ गते छलफल गरेको हो ।…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सार्वजानिक सुनुवाइ सम्पन्न
तनहुँ । २०७९ जेठ ३१ गते इन्सेकले जेठ ३१ गते भानु नगरपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवाल बारेमा सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष मिनबहादुर गुरुङले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र…
अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
हुम्ला । २०७९ जेठ ३१ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि हुम्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सरोकारवाला निकायका बीच ०७९ जेठ ३१ गते सम्पन्न भएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।…
इन्सेकद्वारा प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिसँग छलफल
मोरङ । २०७९ जेठ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रदेश १ को प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिसँग जेठ ३० गते छलफल गरेको छ । इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाको नेतृत्वमा पत्रकार र सामाजिक अभियान्तासहितको टोलीले प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण समितिले साढे ४…
मानव अधिकार प्रवर्धन बारे अन्तरक्रिया तथा र्याली
सप्तरी । २०७९ जेठ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र र महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको समन्वयमा जेठ २८ गते राजविराज नगरपालिकामा मानव अधिकार प्रवर्धन अभियानअन्तर्गत अन्तरक्रिया तथा र्यालीको आयोजना गरिएको छ । इन्सेक सदस्य बैद्यनाथ झाले बढी भन्दा बढी…
इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा बागलुङको काठेखोलामा कार्यक्रम प्रभाव अनुगमन
बाग्लुङ । २०७९ जेठ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको टोलीले काठेखोला गाउँपालिकमा सञ्चालन गरिरहेको खाद्य, स्वास्थ्य, र आवासको अधिकार सम्बन्धी कार्यक्रमको प्रभावका विषयमा अनुगमन गरेको छ । अनुगमनको क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले संविधानमा उल्लेख भएका मौलिक हक नागरिकले सहजै पाएनपाएको विषयमा…
नीति तथा कार्यक्रममा मानव अधिकारका सवाल समेट्न ज्ञापनपत्र
सुनसरी । २०७९ जेठ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा कोशी गाउँपालिका गठित मानव अधिकार समूहले २५ बुँदे मागसहितको ज्ञापनपत्र जेठ ३० कोशी गाँउपालिकामा बुझाएको छ । मानव अधिकारमैत्री कार्यलाई निरन्तरता र कोशी गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवालहरू समेटन आग्रह गर्दै ज्ञापनपत्र…
सरोकारवाला निकायबीच अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न
रुकुम (पश्चिम) । २०७९ जेठ २९ गते नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ का लागि रुकुम पश्चिम जिल्लामा २०२२ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम जेठ २९ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले हालसम्म २६ वटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख…
HUMAN RIGHTS NEWS PORTAL