शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न नगर प्रमुखलाई ज्ञापन पत्र
बर्दिया । २०७९ जेठ २१ गते इन्सेक र मानव अधिकार समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खडकालाई जेठ १८ गते ज्ञापन पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न आगामी आर्थिक वर्षमा बजेट समेट्न ज्ञापन पत्र बुझाएको मानव अधिकार…
जिल्ला प्रतिनिधिहरूसँग अन्तरक्रिया सम्पन्न
मोरङ । २०७९ असार १० गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रमाणित गर्न जिल्ला प्रतिनिधिहरूको अन्तरक्रिया कार्यक्रम असार १० गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश १ मातहतका १४ जना जिल्ला प्रतिनिधिसहित प्रदेश कार्यालयको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले इन्सेक अभियानसँग जोडिएपछिका अनुभवहरू…
कोशी गाउँपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र
सुनसरी । २०७९ जेठ २० गते इन्सेकद्धारा सञ्चालित कोशी गाउँपालिकामा सञ्चालित स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजनाका लागि मानव अधिकार समूह कोशीले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । परियोजनाले समेटेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई सम्बोधन गर्न माग गर्दै कोशी गाउँपालिकाका आठ ओटै वडामा समूहले…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी गोष्ठी सम्पन्न
धनुषा । २०७९ जेठ १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी जेठ १८ गते जनकपुरमा सम्पन्न गरिएको छ । कार्यक्रममा मधेस प्रदेश सांसद मञ्जु यादवले नेपालको संविधानको मौलिक हकमै शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अधिकारलाई सुनिश्चित गरिएकाले तीनै तहको सरकारले…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालबारे बन्दिपुरमा सार्वजानिक सुनुवाइ सम्पन्न
तनहुँ । २०७९ जेठ १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा जेठ १८ गते बन्दिपुर गाउँपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै नगरपालिकाका गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य,…
सार्वजनिक सरोकारका विषयमा मानव अधिकार समूहद्वारा नगर प्रमुख तथा उपप्रमुखलाई ज्ञापन
मकवानपुर । २०७९ जेठ १८ गते हेटौँडा उपमहानगरपालिकास्तरिय मानव अधिकार समूहले जेठ १७ गते उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मिना लामा तथा उपप्रमुख राजेश बानियाँलाई बधाई ज्ञापन तथा कार्याकालको शुभकामना सहित सार्वजनिक सरोकारका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र हस्तान्तरण गरेको छ । अनौपचारिक क्षेत्र इन्सेकको सहयोगमा “स्थानीय समूदायको शिक्षा, स्वास्थ्य, खाद्य र…
मानव अधिकार प्रवर्धन अभियानको क्रममा अन्तरक्रिया तथा र्याली
धनुषा । २०७९ जेठ १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा बाल अधिकार चेतना समूह धनुषा, कब्बडी खोखो एकेडेमी, मानव अधिकारका लागि महिला र एकल महिला समूहको समन्वयमा क्षिरेश्वरनाथ नगरपालिकामा मानव अधिकार प्रवर्धन अभियानको क्रममा जेठ १७ गते अन्तरक्रिया तथा र्यालीको आयोजना गरिएको छ ।…
मलखाद र धानको बिउ नपाएको विषयमा मानव अधिकार समूहद्वारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र
कपिलवस्तु । २०७९ जेठ १८ गते इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले धानको बिउ र मलखाद नपाएको विषयमा जेठ १७ गते नगरपालिकाका प्रमुख चक्रपाणी अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाणगंगा नगरपालिका भित्रका किसानहरूले धान खेती लगाउने बेलामा रासायनिक मलखाद डिएपी, युरीया र उन्नत जातको धानको बिउ बजारमा नपाएको गुनासो…
अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
सल्यान । २०७९ जेठ १७ गते नेपाल मानव अधकिार वर्षपुस्तक २०२३ का लागि सङ्कलन गरिएका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम जेठ १७ गते खलंगामा सम्पन्न भएको छ । जिल्लामा २०२२ जनवरीदेखि पाँच महिनासम्मको समयमा ४१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरिएको इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले जानकारी…
दिगो विकास र महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाँके । २०७९ जेठ १७ गते इन्सेक लुम्विनी प्रदेश नेपालञ्जको समन्वय र राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जको आयोजनामा चौथो राष्ट्रिय महिला अधिकार दिवस दिगो विकास र महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ १७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकरबहादुर रावलले दिगो विकासमा…
HUMAN RIGHTS NEWS PORTAL