अभिमुखिकरण कार्यक्रम सम्पन्न

| 12-Apr-2022

सिरहा । २०७८ चैत २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा अभिमुखिकरण कार्यक्रम विष्णुपुर गाउँपालिकामा चैत २८ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष अरहुलादेवी सिहंले गाउँपालिकामा आएर इन्सेकले मानव अधिकारका सवालहरूबारे जागरूकता ल्याएको…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा टेलिभिजन संवाद सम्पन्न

| 11-Apr-2022

बाँके । २०७८ चैत २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुुम्बिनी प्रदेश कार्यालय र नेपाल टेलिभिजन कोहलपुरलगायत संघ संस्थाको सयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा टेलिभिजन संवाद कार्यक्रम चैत २७ गते राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेक प्रदेश संयोजक भोला महतले विगत तीन वर्षदेखि इन्सेकले…

मानव अधिकारसम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न

| 09-Apr-2022

धनुषा । २०७८ चैत २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा चैत २४ गते मिथिला नगरपालिकामा मानव अधिकारसम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा गरिएको छलफल अनुसार अगामी समयमा बाल अधिकार सचेतना समूह र मानव अधिकार समूहको सहकार्यमा मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गर्ने, मानव…

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका विषयमा अन्तरक्रिया

| 08-Apr-2022

सप्तरी । २०७८ चैत २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधाम कार्यालयको आयोजना र राजविराज नगरस्तरीय मानव अधिकार निगरानी समूहको समकार्यमा राजविराज नगरपालिकामा चैत २४ गते गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार संरक्षण र सम्बद्र्धनको लागि राज्यको जबाफदेहिता…

राजनीतिक दलका प्रतिनिधिहरूद्वारा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई पार्टीको घोषण पत्रमा उल्लेख गर्ने प्रतिबद्धता

| 08-Apr-2022

कपिलवस्तु । २०७८ चैत २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा पहिचान भएका समस्यालाई स्थानीय तह निर्वाचनको घोषण पत्रमा समेटन माग गर्दै  मानव अधिकार समूह र इन्सेक प्रतिनिधिसहितको टोलीले विभिन्न राजनीतिक दलहरू प्रतिनिधिहरूलाई चैत २४ गते ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा निर्वाचनमा भाग लिने बिभिन्न राजनीतिक दलहरूले…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक सार्बजनिक सुनुवाइ सम्पन्न

| 08-Apr-2022

दाङ । २०७८ चैत २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह घोराहीको सहकार्यमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक सार्बजनिक सुनुवाइ कार्यक्रम चैत २५ गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा घोराही उप–महानगरपालिकाका मेयर नरूलाल चौधरीले आफ्नो कार्यकालमा समग्र मानव अधिकारका पक्षमा काम…

कानुनी रूपमा समानता भएपनि व्यवहारिक रूपमा परिर्वतनको महशुस अझै पनि हुन सकेन : प्रदेश प्रमुख डा. गुरुङ

| 07-Apr-2022

कास्की । २०७८ चैत २४ गते गण्डकी प्रदेशका प्रमुख डा. पृथ्वीमान गुरुङले कानुनी रूपमा समानता भएपनि व्यवहारिक रूपमा परिर्वतनको महशुस अझै पनि हुन नसकेको बताउनुभएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा. इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक विजयराज गौतम लगायतको टोलीसँगको भेटमा उहाँले मानव अधिकारका सवाललाई इन्सेकले सुक्ष्म रूपमा उठान…

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा टेलिभिजन सम्वाद सम्पन्न

| 07-Apr-2022

मोरङ । २०७८ चैत २४ गते इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत रङ्गेली नगरपालिकामा चैत २३ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा टेलिभिजन सम्वाद तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । रङ्गेली नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा…

लेकबेशीमा सार्वजनिक सुनुवाइ सम्पन्न

| 07-Apr-2022

सुर्खेत । २०७८ चैत २४ गते लेकबेशी नगरपालिकाले प्रवाह गर्ने शिक्षा, स्वास्थ्य, खाद्य, तथा आवासको अधिकार र सुविधाको प्रभावकारिता विषयमा चैत २३ गते सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा इएलपी कार्यक्रम अन्तर्गत लेकवेशी नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सम्बन्धमा…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

| 07-Apr-2022

कैलाली । २०७८ चैत २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र मानव अधिकार समुहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम चैत २३ गते गोदावरीमा सम्पन्न भएको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले आफ्नो कार्यकालमा पालिकाको सबै वडामा…