शिक्षाको अधिकारसम्बन्धी सरोकारबाला निकायबिच अन्तरक्रिया

| 06-Apr-2022

धनुषा । २०७८ चैत २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा चैत २२ गते शिक्षाको अधिकारसम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रियामा शिक्षाको अधिकारसम्बन्धी संवैधानिक व्यवस्था, विद्यमान शिक्षा नीति, प्रावधान र सोको कार्यान्वयनको अवस्थाका बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो । अन्तरक्रियामा…

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनुवाइ

| 04-Apr-2022

सुनसरी । २०७८ चैत २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजना, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न विषयगत शाखा र भोक्राहा नरसिंह गाउँस्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा,स्वास्थ्य,खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम चैत २० गते चिरौलीमा सम्पन्न गरिएको छ । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका–३ की दुलारी ठाकुरले शिक्षामा…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न राजनीतिक दललाई ज्ञापन पत्र

| 04-Apr-2022

बर्दिया । २०७८ चैत २१ गते इन्सेक र मानव अधिकार समूहले स्थानीय तहको निर्वाचनमा शिक्षा स्वास्थ्य खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न माग गर्दै  राजनीतिक दलहरूलाई चैत २१ गते ज्ञापन पत्र बुझाएको छ । बाँसगढी नगरपालिकाका ठूला राजनितिक दल नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका अध्यक्ष र…

इन्सेक गतिविधिहरू इएलपी परियोजनाको अनुगमन सम्पन्न

| 02-Apr-2022

तनहुँ । २०७८ चैत १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा तनहुँ जिल्लाको भानु नगरपालिका र बन्दिपुर गाउँपालिकामा सञ्चालित स्थानीय जनतालाई सेचत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजनाको ०७८ चैत १९ गते इन्सेक केन्द्रीय कार्यालय र गण्डकी प्रदेश कार्यालयबाट अनुगमन गरिएको छ । सो अवसरमा शिक्षा, स्वास्थ्य खाद्य…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न

| 02-Apr-2022

नवलपरासी (सुस्ता पूर्व) । २०७८ चैत १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजना तथा मानव अधिकार समूहको समन्वयमा कावासोती नगरपालिकामा चैत १८ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनको प्रमुख आतिथ्यतामा भएको…

खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बीच अन्तरक्रिया सम्पन्न

| 01-Apr-2022

दोलखा । २०७८ चैत १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०७८ चैत १७ गते भीमेश्वर नगरपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा खाद्य अधिकारसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाहरूका बारेमा सहभागीहरूलाई इन्सेक सहजकर्ता शुसिला प्रशाईले खासगरी भीमेश्वर नगरपालिकाको खाद्य अधिकारको…

इन्सेक कर्णाली प्रदेशको टोलीद्वारा मानव अधिकार अनुगमन

| 01-Apr-2022

कालीकोट । २०७८ चैत १८ गते इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार अवस्थाका बारेमा चैत १७ गते अनुगमन गरेको छ । इन्सेक कर्णाली प्रदेशका कार्यालयका संयोजक नारायण सुवेदी, कार्यक्रम फोकल पर्सन दुर्गा थापा, इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल, मानव अधिकार रक्षक सञ्जालका संयोजक…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न

| 01-Apr-2022

डडेल्धुरा । २०७८ चैत १८ गते स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम चैत्र १७ गते डडेल्धुरामा सम्पन्न भएको छ । मानव अधिकार समुहको आयोजना तथा इन्सेकको सहयोगमा जिल्ला सदरमुकाममा सो कार्यक्रम सम्पन्न भएको हो । मानव अधिकार समुहका अध्यक्ष विष्णु भट्टले जिल्लाका…

नेपाल मानव अधिकार वर्ष पुस्तकले राज्यलाई थप जवाफदेही बनाउन मदत गरेको छः सरोकारवाला

| 01-Apr-2022

डडेल्धुरा । २०७८ चैत १८ गते जिल्लास्थित सरोकारवालाहरुले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तकले देशको मानव अधिकार अवस्थाको चित्रण गर्दै राज्यलाई मानव अधिकारप्रति थप जिम्मेवार तथा जवाफदेही बनाउन मदत गरेको बताउनु भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले चैत १७ गते जिल्लास्थित प्रमुख सरोकारवालाहरुलाई नेपाल मानव अधिकार…

खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न

| 31-Mar-2022

धनुषा । २०७८ चैत १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा चैत १६ गते मिथिला नगरपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा खाद्य अधिकारसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाहरूका बारेमा सहभागीहरूलाई जानकारी गराउँदै मिथिला नगरपालिकामा खाद्य अधिकारको अवस्थाबारे छलफल गरिएको थियो ।…