शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया
इलाम । २०७८ चैत १३ गते इन्सेकद्वारा सञ्चालित “स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरक्रिया माइजोगमाइ गाउँपालिकामा चैत ११ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निमार्णका अन्तरक्रिया गरिएको इन्सेकद्धारा गठित मानव…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न
तनहुँ । २०७८ चैत ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा चैत १० गते बन्दिपुर गाउँपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य,…
इन्सेकको पहलमा बालबालिकालाई विद्यालय पोशाक वितरण
ललितपुर । २०७८ चैत १० गते ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित बालोदय आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीलाई इन्सेक ललितपुर जिल्ला प्रतिनिधिको पहलमा ०७८ चैत ९ गते विद्यालय पोशाक प्रदान गरिएको छ । इन्सेक प्रतिनिधिको पहलमा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरले विद्यालय पोशाक निःशुल्क उपलब्ध गराएको हो । सङ्घले सदस्य…
शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया
दोलखा । २०७८ चैत १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा चरिकोटमा शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक कार्यक्रम सहजकर्ता शुसिला प्रसाईले चैत १० गते भएको शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा शिक्षाको क्षेत्रमा पहिचान भएका समस्याहरू प्रस्तुत गर्नु भएको थियो ।…
मानव अधिकार रक्षकको पक्षमा कानुन बन्नुपर्छः अध्यक्ष श्रेष्ठ
सुर्खेत । २०७८ चैत १० गते मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि कानुन बन्नुपर्नेमा इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठले जोड दिनु भयो । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा चैत १० गते सुर्खेतमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय मानव अधिकार तालिममा बोल्दै डा. श्रेष्ठले मानव अधिकारकर्मीहरू नै असुरक्षित बनेकाले मानव अधिकारकर्मीको पक्षमा नमूना कानुन निर्माण…
१६ बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौँ । २०७८ चैत ८ गते ५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सातै प्रदेशका १ सय २० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उम्मुलनका लागि…
जातीय विभेदविरुद्धको राष्ट्रिय कार्यशाला सुरु
काठमाडौँ । २०७८ चैत ७ गते ५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकको आयोजनामा जातीय विभेदविरुद्ध राष्ट्रिय कार्यशाला आजदेखि काठमाडौँमा सुरु गरिएको छ । कार्यक्रममा इन्सेककी अध्यक्ष डा. ईन्दिरा श्रेष्ठले सामाजिक न्याय, मानव अधिकार र जातीय विभेदका घटनामा इन्सेकले लामो समयदेखि अभियान चलाउँदै आएको र यो कार्यशाला पनि…
शिक्षा, स्वास्थ, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया
इलाम । २०७८ चैत ७ गते इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत सन्दकपुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चैत ७ गते सम्पन्न गरिएको छ । इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग तथा इन्सेकद्धारा गठित मानव अधिकार समूह सन्दकपूरको आयोजनामा…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया
कास्की । २०७८ चैत २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम पोखरामा चैत २ गते सम्पन्न गरिएको छ । कियाेस परियाेजना अन्तरगत आयोजना गरिएको कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै इन्सेक गण्डकी प्रदेश संयोजक शिव प्रसाद खकुरेलले शिक्षा, स्वास्थ्य,…
इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासंघको सयुक्त टोलीद्धारा मानव अधिकारको अवस्थाको अनुगमन
कैलाली । २०७८ चैत २ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले गौरीगंगा नगरपालिकाबाट प्रवाह गरिदै आएका सेवा तथा त्यसको प्रभावकारीता र नगरपालिकाको समग्र मानव अधिकारको अवस्थाका सन्दर्भमा चैत १ गते अनुगमन गरिएको छ । इन्सेक सुदूरपश्चिम…
HUMAN RIGHTS NEWS PORTAL