वक्तृत्वकला प्रतियोगिता सम्पन्न

| 16-Mar-2022

सप्तरी । २०७८ चैत २ गते बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार चैत १ गते सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने…

मानव अधिकार रक्षक सञ्जालका सदस्यका लागि तीन दिने तालिम

| 15-Mar-2022

सुर्खेत । २०७८ चैत १ गते स्थानीय तहमा क्रियाशील मानव अधिकार रक्षक सञ्जालका सदस्यहरुका लागि तीन दिने मानव अधिकार तालिम फागुन ३० गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा सुरु गरिएको तालिममा इन्सेककी व्यवस्थापन प्रमुख सुबेच्छा खड्काले तालिमले मानव अधिकार रक्षाको क्षेत्रमा थप सहयोग पुग्ने बताउनु भयो…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न

| 15-Mar-2022

सल्यान । २०७८ चैत १ गते इन्सेक सल्यानको आयोजना र शारदा नगरस्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन ३० गते शारदा नगरपालिकामा सम्पन्न गरिएको छ । शरदा नगरपालिका–३ का ज्येष्ठ नागरिक देवराज आचार्यले पहुँचको आधारमा विकास हुने गरेको आरोप लगाउनु भयो…

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

| 15-Mar-2022

महोत्तरी । २०७८ चैत १ गते गौशाला नगरपालिका–२ निगौलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन ३० गते सम्पन्न गरिएको छ । इन्सेक जनकपुरको आर्थिक सहयोग तथा मानव अधिकार निगरानी समूह गौशालाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा…

स्थानीय तहमा सेवा प्रवाहको अवस्था र जवाफदेहिताको सन्दर्भमा सार्वजनिक सुनुवाइ सम्पन्न

| 14-Mar-2022

कैलाली । २०७८ फागुन ३० गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र नगरस्तरीय मानव अधिकार समुहको समन्वयमा स्थानीय तहमा सेवा प्रवाहको अवस्था र जवाफदेहिताको सन्दर्भमा सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २९ गते गौरीगंगा नगरपालिकामा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीश पन्तले नगरपालिकाका सबै विद्यालयमा निःशुल्क र…

लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

| 12-Mar-2022

सप्तरी । २०७८ फागुन २८ गते बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार फागुन २७ गते जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही…

स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 12-Mar-2022

सप्तरी । २०७८ फागुन २८ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विष्णुपुर गाउँपालिकामा फागुन २६ गते स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया गरेको छ । विष्णुपुर गाउँपालिका–६ स्थित रूद्रनारायण माध्यमिक विद्यालय गोरगामा रञ्जितपुरमा मधेश प्रदेश जनकपुरधाम, धनुषाको आयोजनामा सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न गरिएको…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

| 11-Mar-2022

बाँके । २०७८ फागुन २७ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र मानव अधिकार समूहको संयुक्त आयोजनामा फागुन २६ गते बैजनाथ गाउँपालिकामा  शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सरस्वती मल्लले ग्रामीण  क्षेत्रमा रहेका महिलाहरूको अधिकार सुनिश्चित गर्नको…

मानव अधिकार सहायता कक्ष सञ्चालन र सुदृढिकरणसम्बन्धी छलफल सम्पन्न

| 11-Mar-2022

कैलाली । २०७८ फागुन २७ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार सहायता कक्ष सञ्चालन र सुदृढिकरण विषयक छलफल कार्यक्रम फागनु २७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले अधिकारको क्षेत्रमा अग्रपङ्तीमा रहेर काम गर्ने मानव अधिकार रक्षकहरुलाई सहयोग…

सबैको सहकार्यबाटै लैङ्गिक हिंसा अन्त्य हुनसक्नेः उपाध्यक्ष मनिला विष्ट

| 10-Mar-2022

मकवानपुर । २०७८ फागुन २६ गते मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले सबैको सहकार्यबाटै लैङ्गिक हिंसा अन्त्य हुनसक्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा०७८ फागुन २६ गतेबाट सुरु भएको दुई दिने जनप्रतिनिधिहरूका तालिमका प्रमुख अतिथि विष्टले कसैको एकल प्रयासलेमात्रै हिंसाको अन्त्य नहुने भन्दै सबैको सहकार्य र लगावले…