निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण
सुर्खेत । २०७८ माघ १७ गते स्थानीय तहमा जनप्रतिनिधिहरू रिक्त नहुने गरी ऐन सम्मत निर्वाचनको मिति तत्काल घोषणा गर्न दबाव स्वरूप मानव अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूले माघ १७ गते सरकारको ध्यानाकर्षण गराएका छन् । निर्वाचन ऐन २०७३ बमोजिम चैत ५ गते भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसार नै सरकारले…
खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ माघ १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कावासोती नगरपालिकामा माघ ११ गते सम्पन्न भएको छ । इएलपी परियोजना अन्तर्गत कावासोती नगरपालिका–१५, शेरगञ्जको माझी आधारभूत विद्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सिमान्तकृत माझी मुसहर समुदायमा खाद्य…
नगरस्तरिय मानव अधिकार रक्षक सञ्जाल गठन
सुर्खेत । २०७८ माघ १२ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा माघ ११ गते वीरेन्द्रनगर नगरपालिका स्तरिय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नगरपालिकाका १६ वटा वडालाई दुई भागमा विभाजन गरेर वडा नम्बर १, २, ३ र १५ वडाबाट प्रतिनिधित्व हुनेगरी सुनिलकाजी गौतमको संयोजकत्वमा नौ सदस्यीय सञ्जाल…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
धनुषा । २०७८ माघ ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजना र मानव अधिकार निगरानी समूहको सहकार्यमा माघ १० गते मिथिला नगरपालिकामा स्वास्थ्यसम्बन्धी सरोकारवाला निकायबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सरोकारवालाले स्वास्थ्य संस्थामा निःशुल्क मास्क, सेनिटरी प्याडलगायत नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने भनिएका औषधि उपलब्ध…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
सुनसरी । २०७८ माघ ५ गते कोशी गाउँपालिकाका सरोकारवालाहरूले स्वास्थ्य संस्थामा नि:शुल्क औषधि र सेनिटरी प्याड नि:शुल्क रूपमा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । इन्सेक प्रदेश कार्यालय विराटनगरको आयोजना तथा कोशी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा माघ ५ गते मानव अधिकार समूहको सहकार्यमा आयोजना गरिएको स्वास्थ्य अधिकार सम्बन्धीको अन्तरक्रियामा सरोकारवालाहरूले…
मानव अधिकार समूहद्वारा नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षण
सल्यान । २०७८ माघ ३ गते मानव अधिकार समूह बनगाड कुपिन्डे नगरपालिका सल्यानले नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । इन्सेकको इएलपी परियोजना अन्तरगत गठित उक्त समूहले पुस २९ गते बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावतमार्फत नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको इन्स्ेक सहजकर्ता रामचन्त्रद्र रेग्मीले जानकारी दिनुभयो…
महिला कैदीबन्दीको लागि थुनुवा घरको विषयमा ध्यानाकर्षण
जाजरकोट । २०७८ पुस ३० गते मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले पुस २८ गते जाजरकोट कारागारमा महिला कैदीबन्दीको लागि थुनुवा घरको व्यवस्थापन गर्न भन्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ । इन्सेकद्वारा गठन गरिएको मानव अधिकार रक्षक सञ्जालले केही समय अघि जाजरकोट जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत र कारागारमाको…
आफूले गर्ने काम इमान्दारितापूर्वक सम्पादन गर्न इन्सेकका कार्यकारी निर्देशकको आग्रह
बाँके । २०७८ पुस ३० गते आफूले गर्ने हरेक काममा इमान्दारी हुन इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले आग्रह गर्नु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजना र डिसिएको सहयोगमा पुस २९ र ३० गते आयोजना गरिएको परियोजनासम्बन्धी अभिमूखीकरण बैठकमा उक्त कुरा आग्रह गर्नु भएको हो । उहाँले परियोजनाको…
शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ पुस २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तक्रिया कार्यक्रम पुस २८ गते चौमालामा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिका–४ का वडा अध्यक्ष भागरती विष्टले आफू निर्वाचित भएर आएपछि शिक्षामा…
शान्ति तथा पुनर्स्थापना केन्द्र स्थापना गर्न बनेको विधेयकमाथि समीक्षा सम्पन्न
सुर्खेत । २०७८ पुस २९ गते शान्ति तथापुनर्स्थापना केन्द्र स्थापना गर्न बनेको विधेयकमाथि समीक्षा कार्यक्रम पुस २८ गते सुर्खेतमा सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेश सरकारले निर्माण गर्न लागेको विधेयकलाई द्वन्द्व पीडित मैत्री बनाइनुपर्ने कार्यक्रमका सहभागिले जोड दिएका छन् । नेपाल पत्रकार…
HUMAN RIGHTS NEWS PORTAL