शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
जाजरकोट । २०७८ असोज २० गते इन्सेक जाजरकोटको आयोजना तथा मानव अधिकार समूह छेडागाड नगरपालिकाको समन्वयमा ०७८ असोज १८ गते नारायणी मावि कार्की गाउँमा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरूले नारायणी मावि कार्की गाउँमा सञ्चालित विद्यालय स्वास्थ्य सेवा प्रभाव हिन भएको गुनासो गरेका छन् ।…
मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न
अछाम । २०७८ असोज २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अछामको आयोजनामा ‘मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७’ का बारेमा मङ्गलसेनमा असोज १९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयले मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरेकाले यसको…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कञ्चनपुर । २०७८ असोज २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुपश्चिम प्रदेश कार्यालय धनगढीद्वारा कञ्चनपुर जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुनर्वासको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम असोज १९ गते पुनर्वास नगरपालिकामा सम्पन्न गरिएको छ । कार्यक्रममा मानव अधिकार…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
चितवन । २०७८ असोज २० गते अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेशको सहयोग र नगरपालिका स्तरिय मानव अधिकार समूहको आयोजनामा खैरहनी नगरपालिकाकामा असोज १९ गते स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्वर २ मा रहेको स्वास्थ्य चौकीका प्रमुख निर्मल घिमिरेले नगरभित्र स्वास्थ्यका क्षेत्रमा केही…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
सल्यान । २०७८ असोज २० गते इन्सेकद्वारा सञ्चालित (इएलपी) परियोजना अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूबिच शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा शारदा नगरपालिकामा असोज १९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सहभागीहरूले सबै नागरिकहरू शिक्षा, स्वास्थ्य, खाद्य र आवास क्षेत्रमा अधिकारबाट बञ्चित हुनु परेको…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ असोज १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ । इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको समन्वयनमा नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था र…
इन्सेक परियोजनाको अनुगमन सम्पन्न
सुर्खेत । २०७८ असोज १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा दैलेख र सुर्खेत जिल्लामा सञ्चालित समग्र परियोजनाको बाह्य अनुगमन कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ । दुई सदस्यीय बाह्य अनुगमन टोलीले असोज १३ गतेदेखि दैलेख जिल्लाबाट अनुगमन शुरू गरेको थियो । अनुगमनको क्रममा असोज १३ देखि १५ गतेसम्म…
आवासको अधिकारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
रौतहट । २०७८ असोज १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल, जिल्ला शाखा रौतहटले चन्द्रपुर नगरपालिकासँगको समन्वयमा असोज १६ गते चन्द्रपुर नगरपालिका–९ चेतनगरमा आवासको अधिकारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जिया माझीले तीन महिनामा पुरा गर्नुपर्ने जनता आवास अन्तर्गतको घर निर्माण कार्य हाल आठ महिना बितिसक्दा…
शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कालीकोट । २०७८ असोज ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा मानव अधिकार समूह शुभकालिका र बाल अधिकार चेतना समूह चन्द्र सूर्य मावि हाउडिको समन्वयमा शुभकालिका गाउँपालिकामा असोज ८ गते शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अविभावक, विद्यार्थिबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई…
प्रदेश कार्यालयद्वारा इएलपी कार्यक्रमको अनुगमन
रुपन्देही । २०७८ असोज ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले सुध्द्धोधन गाउँपालिकामा सञ्चालित इएलपी कार्यक्रमको असोज ९ गते अनुगमन गरेको छ । अनगमनका क्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले इएलपी कार्यक्रम अन्तर्गत गठित मानव समूहले गरेका कामहरूका विषयमा जानकारी लिनुका साथै आगामी कार्य योजनाका…
HUMAN RIGHTS NEWS PORTAL