शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा आवासको अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

| 25-Sep-2021

मोरङ । २०७८ असोज ९ गते रङ्गेली नगरपालिकामा मानव अधिकार समूहको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय, विराटनगरको सहयोगमा कियोस परियोजना अन्तर्गत नगरस्तरीय शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवसको अधिकारका सवालमा असोज ८ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयकी फोकल पर्सन…

महिलाविरुद्ध हुने हिंसा न्यूनिकरणका लागि तालिम सम्पन्न

| 25-Sep-2021

मकवानपुर । २०७८ असोज ९ गते महिलाविरुद्ध हुने हिंसा न्यूनिकरण गर्ने र महिला अधिकार सुनिश्चित गराउने उद्देश्यसहित मनहरी गाउँपालिकाका युवा तथा पुरुषलाई मानव अधिकार तथा महिला अधिकारसम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण परियोजना अन्तर्गत मनहरी गाँउपालिकाका युवा तथा पुरुषहरूलाई ०७८ असोज ७…

खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

| 24-Sep-2021

सुर्खेत । २०७८ असोज ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको आयोजना तथा मानव अधिकार समूह लेकवेसीको समन्वयमा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज ७ गते लेकवेसीमा सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका किसानले उत्पादित तरकारीको बजारीकरणमा समस्या रहेको गुनासो गरेका थिए । कृषकहरूले उत्पादन…

स्वास्थ्यको अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 23-Sep-2021

सल्यान । २०७८ असोज ७ गते इन्सेक सल्यानको आयोजनामा बनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा स्वास्थ्यको अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते सम्पन्न भएको छ । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) परियोजना अन्तर्गत आयोजित कार्यक्रमका सहभागी इन्द्रबहादुर बुढाथोकीले मौलिक हकको रूपमा व्यवस्था गरिएको स्वास्थ्यको विषयमा नगरपालिका गम्भिर…

कोभिड–१९ ले मानव अधिकार रक्षकलाई पारेको प्रभावसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 23-Sep-2021

डडेल्धुरा । २०७८ असोज ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कोभिड–१९ ले मानव अधिकार रक्षकलाई पारेको प्रभावसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते डडेल्धुरामा सम्पन्न भएको छ । कोभिड–१९ सङ्क्रमणका बेला अग्रपङ्तिमा खटिएर काम गर्ने मानव अधिकारकर्मीहरुलाई सरकारले प्राथमिकतामा राख्न नसकेको अधिकारकर्मीहरुले गुनासो गरेका छन्…

पुतलीबजार नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

| 23-Sep-2021

स्याङ्जा । २०७८ असोज ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुतलीबजार नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालमा समस्या पहिचान तथा कार्ययोजना निर्माण असोज ५ गते सम्पन्न भएको छ । इन्सेकद्वारा पुतलीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षाको अधिकारका सवालमा…

स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

| 22-Sep-2021

दाङ । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ र मानव अधिकार समूहको आयोजनामा घोराही उप–महानगरपालिका–१७ मा स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया असोज ६ गते सम्पन्न भएको छ । कार्यक्रममा स्थानीयवासीले वडाको एकमात्र सरकारी स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह नागरिक मैत्री नभएको गुनासो सुनाएका थिए । स्थानीय हिमा घर्तीले…

आवास अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक संवाद सम्पन्न

| 22-Sep-2021

कञ्चनपुर । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा पुनर्वास नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा आवास अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक संवाद कार्यक्रम असोज ५ गते पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय सुकुम्बासी पानमती सुनारले आफूहरु बाटो, बिजुली, खानेपानीलगायतका…

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

| 22-Sep-2021

झापा । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरिरहेको “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा असोज ५ गते अर्जुनधारा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रदेश १, कार्यालय विराटनगरको आयोजना तथा …

मानव अधिकार प्रलेखसम्बन्धी दुई दिवसीय तालिम सम्पन्न

| 22-Sep-2021

मोरङ । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १ का १४ ओटा जिल्ला र प्रदेश २ का आठ ओटा जिल्लाका प्रतिनिधिहरूलाई मानव अधिकार प्रलेख, पैरवी र डिजिटाइजेशनसम्बन्धी दुई दिवसीय तालिम असोज ५ गते विराटनगरमा सम्पन्न भएको छ । तालिमको उद्घाटन सत्रमा इन्सेक अध्यक्ष…