मानव अधिकार अवस्थाबारे छलफल

| 14-Sep-2021

कालीकोट । २०७८ भदौ २९ गते इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले जिल्लाको मानव अधिकार अवस्थाका विषयमा कालिकोटस्थित प्रहरी र प्रशासनसँग भदौ २७ गते छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाह, सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र श्रेष्ठ र इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी…

स्वास्थ्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

| 13-Sep-2021

कपिलवस्तु। २०७८ भदौ २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूह वाणगङ्गाको समन्वयमा स्वास्थ्यको अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम भदौ २५ गते वाणगङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा स्वस्थ्य अधिकारको बिषयमा भएको संवैधानिक व्यवस्था, वाणगङ्गा नगरपालिको स्वास्थ्यको अवस्था र कोभिड–१९ ले पारेको असर लगायतका विषयमा…

मानव अधिकार रक्षकहरू पहिचान सहित सूचिकृत हुन पर्नेमा जोड

| 13-Sep-2021

बर्दिया । २०७८ भदौ २८ गते मानव अधिकार रक्षकहरू पहिचानसहित सूचिकृत हुने पर्नेमा  एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा  भदौ २५ गते गुलरियामा आयोजित मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्रक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर…

आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धि तालिम सम्पन्न

| 13-Sep-2021

कालीकोट । २०७८ भदौ २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार समूह खाँडाचक्रको समन्वयमा मानव अधिकार समूहका सदस्य र सरोकारवालाहरूको दुइ दिने क्षमता अभिवृद्धि तालिम भदौ २७ गते मान्ममा सम्पन्न भएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार अभिवृद्धि परियोजना…

मानव अधिकार समूहद्वारा बाटो सरसफाई

| 12-Sep-2021

दैलेख । २०७८ भदौ २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तरगत दैलेखको नारायण नगरपालिकामा गठन भएको मानव अधिकार समूहले भदौ २६ गते सदरमुकामस्थित जिल्ला अदालतबाट शान्ति कलौनी हुँदै टुडिखेल धारा जानेबाटो सरसफाई गरेको छ । ज्वालामुखी होटलदेखि शान्ति कलौनी नजिकसम्म करिव ३ सय मीटर बाटोमा सिस्नो, एैसेलु लगायतका काँडाहरू…

मानव अधिकार समूहद्वारा नगरप्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइयो

| 11-Sep-2021

महोत्तरी । २०७८ भदौ २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूह गौशाला महोत्तरीले गौशाला नगरपालिकाका मेयर शिवनाथ महत्तोलाई भदौ २४ गते ध्यानाकर्षणपत्र बुझाएको छ । समूहका अध्यक्ष विन्देश्वर साहको नेतृत्व तथा इन्सेक महोत्तरीका सहजकर्ता सिता केसीको सहजिकरणमा समूहले नगरमा पहिचान भएका विभिन्न समस्याको समाधान हुनुपर्ने…

मानव अधिकारको अवस्थासम्बन्धी सञ्चारकर्मीहरुसँग समन्वय बैठक सम्पन्न

| 10-Sep-2021

कैलाली । २०७८ भदौ २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारको अवस्थासम्बन्धी सञ्चारकर्मीहरुसँग समन्वय बैठक भदौ २५ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकार उल्लङ्धन र ज्यादतीका घटनाहरुमा कमी नआएकोले मानव अधिकार संरक्षण र…

समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

| 10-Sep-2021

कालीकोट । २०७८ भदौ २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना तथा मानव अधिकार समूह खाँडाचक्रको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवासको क्षेत्रमा रहेका समस्या पहिचान तथा कार्ययोजना निमार्ण सम्पन्न भएको छ । समूहले भदौ २३ गते मान्ममा मानव अधिकार समूह र सरोकारवाहरूबिच एक कार्यक्रमको आयोजना गरी समस्या पहिचान गरेर समाधानका…

स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

| 08-Sep-2021

कपिलवस्तु । २०७८ भदौ २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानवअधिकार समुह बुद्धभुमिको समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरू भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भदौ २१ गते सम्पन्न भएको छ । कार्यक्रममा स्वस्थ्य अधिकारको संबैधानिक व्यवस्था स्वास्थ्य तथा प्रजनन स्वास्थ्य अधिकार, कसुर र सजाय सम्बन्धी व्यवस्था, बुद्धभूमि…

मानव अधिकार समूहद्वारा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान

| 08-Sep-2021

दाङ । २०७८ भदौ २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानव अधिकार समूह घोराहीको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान कार्यक्रम भदौ २१ गते घोराहीमा सम्पन्न भएको छ । मानव अधिकार समूह र सरोकारवाहरूबिचको समस्या पहिचान कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न समस्याहरूको पहिचान…