महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया सम्पन्न
धनुषा । २०७८ कात्तिक १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाँईले विपद र महामारीको समयमा सामाजिक एकता आवश्यक भएको बताउनुभयो । उहाँले सामाजिक एकता, सद्भाव…
कानुन निर्माण प्रक्रिया र नागरिक सहभागिताको महत्व विषयक अन्तरक्रिया सम्पन्न
धनुषा । २०७८ कात्तिक १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लोकतान्त्रिक व्यवस्थामा कानुन निर्माण प्रक्रिया र नागरिक सहभागिताको महत्व विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते जनकपुरधाममा सम्पन्न गरेको छ । कोभिड–१९ को सङ्क्रमणले निम्त्याएको महामारीका कारण नीति तथा कानुन निर्माणमा नागरिक÷विज्ञ तथा सरोकारवालाहरूको सहभागिता घटेको महसुस गरी इन्सेकले…
महामारी र विपद्को समयमा मानव अधिकार संरक्षणको सवालमा अन्तरक्रिया सम्पन्न
मोरङ । २०७८ कात्तिक १० गते इन्सेकको आयोजनामा कात्तिक १० गते विराटनगरमा “महामारी र विपद्को समयमा मानव अधिकार संरक्षणको सवालमा मानव अधिकार संस्थाहरू,नागरिक समाजको भूमिका र चुनौती,विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा इन्सेक बहस तथा पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले कोभिड–१९ मा महामारीले नागरिकहरूलाई पारेको असर,विपद्को समयमा…
कानुन निर्माण प्रक्रियामा नागरिक समाजको भूमिका आवश्यकः प्रदेश प्रमुख
मोरङ । २०७८ कात्तिक ९ गते कानुन निर्माण प्रक्रियामा नागरिक समाजको भूमिका आवश्यक भएको प्रदेश १, प्रमुख सोमनाथ अधिकारी प्यासीले बताउनु भएको छ । कात्तिक ९ गते इन्सेकले विराटनगरमा आयोजना गरेको “लोकतान्त्रिक व्यवस्थामा कानुन निर्माण प्रक्रिया र नागरिक सहभागिता” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्यासीले “सार्वभौम सत्ता र राजकीय…
राज्यलाई सही दिशा निर्देशका लागि नागरिक समाजको दबाब आवश्यकः कानुन राज्यमन्त्री
मोरङ । २०७८ कात्तिक ९ गते नागरिक समाजको भूमिका सधैँ राज्यलाई जिम्मेवार बनाउनका लागि दबाब सिर्जना गर्ने भएकाले नागरिक समाजको भूमिकालाई सङ्घीय सरकारसहित प्रदेश सरकारले महामारीका समयमा महत्वका साथ हेरेको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्वभ अधिकारीले बताउनु भएको छ । इन्सेकले कात्तिक ९ गते विराटनगरमा आयोजना…
कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई बाल अधिकार चेतना समूह कोष हस्तान्तरण
स्याङ्जा । २०७८ कात्तिक ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कात्तिक ५ गते पुतलीबजार नगरपालिका–४ को श्री सरस्वती माध्यमिक विद्यालयको बालअधिकार चेतना समूहलाई १० हजार रुपियाँ कोष हस्तान्तरण गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत…
मानव अधिकार समूहद्वारा नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाइयो
भक्तपुर । २०७८ कात्तिक ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिकामा गठन भएको नगरस्तरिय मानव अधिकार समूहले ०७८ कात्तिक ७ गते विभिन्न माग राख्दै चाँगुनारायण नगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । समूहका संयोजक बच्चुराम न्यौपानेको नेतृत्वमा इन्सेक सहजकर्तासहितको टोलीले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई…
पीडितहरुको उद्धार, राहत तथा पुनर्स्थापना गर्न अधिकारकर्मीहरुको अपिल
कैलाली । २०७८ कात्तिक ३ गते सुदूरपश्चिम प्रदेशमा असोज ३१ गतेदेखि परेको अविरल वर्षका कारण प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गर्न अधिकारकर्मीहरुले कात्तिक ३ गते धनगढीमा अपिल जारी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, खाद्य अधिकार सञ्जाल, सुदूरपश्चिम…
विभिन्न जिल्लामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न
सुर्खेत । २०७८ असोज २७ गते इन्सेक कालिकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोट र मानव अधिकार समूहको सहकार्यमा खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २५ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
सप्तरी । २०७८ असोज २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजको आयोजनामा राजविराज नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २५ गते सम्पन्न गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत राजविराज नगरपालिकामा स्वास्थ्यका सवालमा स्थानीय…
HUMAN RIGHTS NEWS PORTAL