नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
हुम्ला । २०७८ साउन १ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०७८ असार ३१ गते जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको प्रमुख आतिथ्यतामा…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न
तनहुँ । २०७८ साउन १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार ३१ गते बन्दिपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष…
मानव अधिकारको रक्षा गर्न सबै प्रतिबद्ध हुनुपर्छः प्रमुख जिल्ला अधिकारी पौडेल
बारा । २०७८ साउन १ गते मानव अधिकारको रक्षा गर्न सबै पक्ष प्रतिबद्ध भएर लाग्नु पर्ने बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराको आयोजनामा असार ३१ गते कलैयमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दोलखा । २०७८ साउन १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम असार ३१ गते भीमेश्वर नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमा नगरपालिकाको खाद्य सुरक्षाको अवस्था कृषि क्षेत्रको प्राथमिकता र कृषि क्षेत्रमा विनियोजित बजेटका विषयमा छलफल भएका थियो । मानव अधिकार समूहका सदस्य, नगरपालिकाका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
बैतडी । २०७८ साउन १ गते इन्सेकले सन् २०२२ मा प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ३१ गते जिल्ला प्रशासन कार्यालय,बैतडीको सभा कक्षमा सम्पन्न भएको छ । सन् २०२१ ज्नवरीदेखि जुनसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना तथा जिल्लाको समग्र मानव…
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
पर्वत । २०७८ साउन १ गते नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाले सन् २०२१ को जनवरीदेखि जुनसम्म पर्वतमा भएका मानव अधिकार उल्लङ्घन तथा…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्राप्त नभएसम्म मानव अधिकारको अनुभूति गर्न नसकिने
रुपन्देही । २०७८ साउन १ गते आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार प्राप्त नभएसम्म मानव अधिकारको अनुभूति गर्न नसकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजनामा असार ३१ गते बुटवलमा आयोजित मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले उक्त…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
बाँके । २०७८ साउन १ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ३१ गते नेपालञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले इन्सेकले वर्ष पुस्तकलाई समय सापेक्ष परिमार्जित गर्दै आएको बताउदै पछिल्लो समय आर्थिक सामाजिक…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
ललितपुर । २०७८ असार ३१ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि इन्सेक ललिपुरले सन् २०२१ जनवरीदेखि जुनसम्मको जिल्लामा सङ्कलन गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३१ गते सम्पन्न गरेको छ । कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले महिलामाथि हुने…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
काभ्रे । २०७८ असार ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित घटनाहरूको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३१ गते धुलिखेलमा सम्पन्न भयो । कार्यक्रममा जिल्लाको मानव अधिकार अवस्था बारेमा इन्सेक जिल्ला प्रतिनिधिले सन २०२१ को ६ महिना…
HUMAN RIGHTS NEWS PORTAL