नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
तनहुँ । २०७८ असार २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि सङ्कलित घटनाहरूको अर्ध वार्षिक पूर्व समिक्षा तथा जिल्लाको मानवअधिकार अवस्थाको बारेमा छलफल कार्यक्रम असार २४ गते दमौलीमा सम्पन्न भयो ।मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने…
विष्णुपुरमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
सिरहा । २०७८ असार २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार २२ गते विष्णुपुर गाउँपालिकामा खाद्य अधिकार विषयमा अभिभावक, शिक्षक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष गोपि यादवले गाउँपालिकाले शिक्षा, स्वास्थय र कृषि क्षेत्रमा बजेट कम विनियोजन गरेकाले…
कोभिड–१९ को महामारीमा मानव अधिकार रक्षक नै प्रभावित : अधिकारकर्मी
मोरङ । २०७८ असार २३ गते कोभिड–१९ को महामारीका समयमा मिडिया हाउसले पत्रकारहरूलाई कामबाट निष्काशन गरेको वा पारिश्रमिक दिन आनाकानी गर्दा स्वयम् मानव अधिकार रक्षकहरू नै समस्यामा परेको पत्रकारहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयले असार २२ गते विराटनगरमा आयोजना गरेको प्रदेश १ को मानव अधिकार…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
धनुषा । २०७८ असार २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नगरपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच असार २१ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा मिथिला नगरपालिकाका उपप्रमुख तारा लामा बस्नेतले नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा समस्याहरू भएपनि हामीले त्यस्ता समस्याहरू सम्बोधन गर्न अग्रसर रहेको…
इन्सेकद्वारा कार्यक्रम सञ्चालित पालिकाको मानव अधिकार अवस्था बारे छलफल
चितवन । २०७८ असार २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार २२ गते खैरहनी र राप्ती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको अवस्थाबारे छलफल गरेको छ । खैरहनी र राप्ती नगरपालिकामा बिगत दुई वर्षदेखि इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा जिम्मेवार निकायलाई जवाफदेशी बनाउने कार्यक्रम…
खाद्य अधिकारका सरोकारवालामा अन्तरक्रिया सम्पन्न
झापा । २०७८ असार २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा असार २१ गते अर्जुनधारा नगरपालिकामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्घारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना अन्तरगत मानव अधिकार समूहको सहकार्यमा किसान, अधिकारकर्मी र पशुपंक्षी तथा…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सिरहा । २०७८ असार २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार २० गते सखुवानन्कारकट्टी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनवाइ कार्यक्रम समपन्न गरिएको छ । सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले सार्वजनिक सुनुवाइ कार्यक्रमले गाउँपालिकाको नीति निर्माण तथा कार्ययोजना कार्यान्वयनमा गाउँपालिकालाई सचेत हुन तथा…
इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक सुरू
कास्की । २०७८ असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयकोे आयोजनामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक असार २१ गतेदेखि पोखरामा सुरू भएको छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिव खकुरेलले मानवअधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता…
वार्षिक समीक्षा बैठक सम्पन्न
कैलाली । २०७८ असार २१ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत मानव अधिकार शिक्षा कार्यक्रमको वार्षिक समीक्षा बैठक असार २१ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले विगत लामो समयदेखि इन्सेकले मानव अधिकारका सवालमा…
मिथिलामा शिक्षासम्बन्धी अन्तरक्रिया सम्पन्न
धनुषा । २०७८ असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नपा–२ स्थित श्री जनता माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे सरोकारवालाबिच असार २० गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मिथिला नगरपालिकाका शिक्षा सहायक जितेन्द्रकुमार शर्माले नगरपालिकाले पहिलो प्राथमिकता दिएर शिक्षा क्षेत्रमा लगानी गर्दै आएको बताउनु भयो ।…
HUMAN RIGHTS NEWS PORTAL