इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक सुरू

| 02-Jul-2021

बाँके । २०७८ असार १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय  नेपालगञ्जको  आयोजनामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक असार १७ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । बैठकमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले स्थानीय तहमा गरेका काम र गतिविधिबाट प्राप्त उपलब्धीहरूलाई अभिलेख गर्नुपर्ने बताउनु भयो ।…

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

| 01-Jul-2021

धनुषा । २०७८ असार १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १६ गते क्षिरेश्वरनाथ नगरपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाले उपलब्ध गराउने सेवाको अवस्था र सेवाग्राहीको आवश्यकतासम्बन्धी आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा…

क्षिरेश्वरनाथमा स्वास्थ्यसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 01-Jul-2021

धनुषा । २०७८ असार १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १५ गते क्षिरेश्वरनाथ नगरपालिकामा स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागिहरूले कोरोना महामारीको क्रममा स्वास्थ्य क्षेत्रमा ठुलो असर परेको बताएका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले कोभिडको समयमा नगरपालिकाले जनताहरूको स्वास्थ्यलाई मध्यनजर…

इन्सेकद्वारा सञ्चालित परियोजनाको प्रभावबारे अनुगमन

| 30-Jun-2021

सिरहा । २०७८ असार १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, जनकपुरधाम, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय, जनकपुरधाम र नेपाल पत्रकार महासङ्घ प्रदेश २ को संयुक्त टोलीले इन्सेकद्वारा सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा सञ्चालित परियोजनाको प्रभाव र जिल्लाको मानव अधिकारको अवस्थाको जानकारी लिन असार १५ गते अनुगमन…

आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 30-Jun-2021

सिरहा । २०७८ असार १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १५ गते सखुवानान्कारकट्टी गाउँपालिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत असार १५ गते आयोजित आवासको अधिकार विषय अन्तरक्रियामा कार्यक्रममा सहभागी सखुवानान्कारकट्टी गाउँपालिका–४ की भगवती…

आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

| 30-Jun-2021

रौटहत । २०७८ असार १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असार १५ गते चन्द्रपुर नगरपालिका–७ बनबहुअरी मुसहर टोलमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्थानीय लिलावती माझीले घरमा छाना नभएर आफन्तको घरमा गएर बस्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो । घर नभएकाले बालबालिकाहरू…

राज्यले तोकेको सुविधा नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

| 28-Jun-2021

दाङ । २०७८ असार १५ गते कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरूले राज्यले तोकेको सुविधा वापतको रकम नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार समूह तुलसीपुरले असार १४ गते स्वास्थ्य संस्थाहरूमा गरेको अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरूले उक्त गुनासो गरेका हुन् । तुलसीपुर उप–महानगरपालिकाले सञ्चालन गरेको कोभिड विशेष…

इन्सेकद्वारा सञ्चालित परियोजनाको प्रभावबारे अनुगमन

| 28-Jun-2021

सप्तरी । २०७८ असार १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, जनकपुरधाम, राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश २ कार्यालय जनकपुरधाम र नेपाल पत्रकार महासङ्घ प्रदेश २ को संयुक्त टोलीले इन्सेकद्वारा सप्तरीको राजविराज र बिष्णुपुरमा सञ्चालित परियोजनाको प्रभाव र जिल्लाको मानव अधिकार अवस्थाको जानकारी लिन असार १४ गते…

परियोजनाको प्रभाव तथा मानव अधिकार अवस्था अनुगमन सम्पन्न

| 25-Jun-2021

कैलाली । २०७८ असार ११ गते इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय,धनगढी, राष्ट्रिय मानव अधिकार आयोग,धनगढी र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको सयुक्त टोलीले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्धारा कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालित परियोजनाको प्रभाव र जिल्लाको मानव अधिकार अवस्थाको जानकारी लिन असार ९ र १० गते अनुगमन गरेको छ । कैलाली…

मानव अधिकार समूहले बुझायो नगरपालिकामा ध्यानाकर्षण पत्र

| 25-Jun-2021

कपिलवस्तु । २०७८ असार ११ गते इन्सेकद्वारा गठित मानव अधिकार समूहले कोभिड नियन्त्रण, व्यवस्थापन र उपचार प्रभावकारी बनाउन माग गर्दै असार ९ गते  बुद्धभुमि नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । मानव अधिकार समूहका अध्यक्ष कृष्णप्रसाद खनालको संयोजनमा  कोभिड–१९ को दोस्रो लहरको सुरुका दिनमा अस्पतालहरूमा बिरामी राख्ने ठाउँ र अक्सिजन अभाव…