बजेटमा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न मानव अधिकार समूहको अनुरोध
नवलपरासी (सुस्ता पूर्व) । २०७८ जेठ २७ गते मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको बजेटमा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्मबहादुर जिसीले गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीलाई…
बालअधिकार कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सहयोग
तनहुँ । २०७८ जेठ २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बालअधिकार कार्यक्रम सञ्चालन गर्न भानु नगरपालिका–३ स्थित जनजागृती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बालअधिकार चेतना समूह गठन भइ बालअधिकार कार्यक्रम सञ्चालन भएको सो विद्यालयमा बालबालिकाको प्रतिभा प्रस्फुटन हुने विभिन्न कार्यक्रम सञ्चालनको लागि आर्थिक सहयोग उपलब्ध…
विपन्न परिवारको खाद्य व्यवस्थापन र बिरामीको उपचारमा ध्यान दिन मानवअधिकार समूहको ध्यानाकर्षण
तनहुँ । २०७८ जेठ २७ गते मानवअधिकार समूह बन्दिपुर गाउँपालिकाले कोभिडको जोखिमको कारण रोजगार गुमाएका र विपन्न वर्गका नागरिकको खाद्य व्यवस्थापन र अन्य दिर्घरोगी तथा जेष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिन गाउँपालिकाको ध्यानाकर्षण गराएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बन्दिपुर गाउँपालिकामा गठन गरिएको मानवअधिकार समूहले जेठ २७…
मानव अधिकार समूहद्वारा गाउँपालिकामा ज्ञापनपत्र
सुनसरी । २०७८ जेठ २७ गते इन्सेकद्वारा भोक्राहा नरसिंह गाउँपालिकामा गठित मानव अधिकार समूहले आर्थिक वर्ष २०७८।०७९ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समावेश गर्न माग गर्दै जेठ २७ गते गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । संविधान प्रदत्त शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार आधारभूत तहका…
कोभिड व्यवस्थापनमा सबैसँग सहकार्य गर्न मानवअधिकार समूहको ध्यानाकर्षण
तनहुँ । २०७८ जेठ २७ गते मानवअधिकार समूह भानु नगरपालिकाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को दोश्रो लहरको सामना गर्न सबै सरोकारवालासँग सहकार्य र हातेमालो गर्न भानु नगरपालिकाको ध्यानाकर्षण गराएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूहले जेठ २६ गते नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै कोभिडलाई…
शिक्षा,स्वास्थ्य,खाद्य र आवासका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुनसरी । २०७८ जेठ २४ गते “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्र्तगत स्थानीय सरकार र अन्य निकायसँग शिक्षा,स्वास्थ्य,खाद्य र आवास अधिकारका सवालमा भोक्राहा नरसिंह गाउँपालिकामा जेठ २४ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक कार्यालयको आयोजना तथा इन्सेकद्धारा भोक्राहा नरसिंह गाउँपालिकामा गठित मानव अधिकार…
कोभिड–१९ नियन्त्रणमा सबैपक्षको सहभागिता आवश्यक : मानवअधिकार समूह
नवलपरासी (सुस्ता पूर्व) । २०७८ जेठ २३ गते मानवअधिकार समूह कावासोती नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले कोभिड–१९ को यो विषम परिस्थितिमा सबैलाई हातेमालो गर्दै अगाडि बढ्न अपिल गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूह कावासोतीका अध्यक्ष द्रौपदी गुरौं र विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्मबहादुर जि.सीले जेठ…
कोभिड महामारीमा मानव अधिकार रक्षहरू पनि जोखिममा
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत । २०७८ जेठ १२ कोभिड महामारीको अवस्थामा मानव अधिकार रक्षकहरूको अवस्था पनि जोखिममा रहेको सरोकारवालाले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिए परियोजनाको आयोजनामा जेठ ११ गते भर्चुअलमार्फत गरिएको मानव अधिकार सहायता कक्षको बैठकका सहभागीहरूले अरूको अधिकारका लागि पैरवि गर्ने मानव अधिकार…
शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको समस्या र सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ वैशाख १९ गते शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको अधिकारसम्बन्धी समस्या र सरोकारवाला पहिचान कार्यक्रम वैशाख १८ गते कावसोती नगरपालिकामा सम्पन्न भएको छ । इन्सेक नवलपुरको आयोजनामा भएको कार्यक्रममा संविधानमा निःशुल्क शिक्षाको व्यवस्था गरेपनि सहयोगको वहानामा शैक्षिक संस्थाले शुल्क लिइएको, विद्यालयमा अपाङ्गमैत्री संरचना निर्माण नभएको, शैक्षिक…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
तनहुँ । २०७८ वैशाख १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा भानु नगरपालिकाको संयोजनमा ०७८ वैशाख १७ गते भानु नगरपालिकामा नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मानवअधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धी परियोजना अन्तरगत आयोजित सो कार्यक्रममा…
HUMAN RIGHTS NEWS PORTAL