इन्सेक लगायत संस्थाहरूको समन्वय र सहकार्यमा मास्क बैङ्क स्थापना
सप्तरी । २०७८ असार ११ गते निषेध आदेश खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि यूकेएडको सहयोगमा इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, भिएसओ, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, ग्रिन नेपाल, नेपाल प्रहरी, कल्याण पोष्ट दैनिक र कोरोना सहजिकरण सञ्जाल सप्तरीले असार १० गते मास्क बैङ्कको स्थापना गरेका छन्…
कोभिड रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न माग
कपिलवस्तु । २०७८ असार १० गते इन्सेक कपिलवस्तु र डिसिएको सहयोगमा मानव अधिकार रक्षक सञ्जालले कोभिड रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न माग गर्दै असार ९ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा कोभिड–१९ को दोस्रो लहरको सुरुका दिनमा अस्पतालहरूमा बिरामी राख्ने ठाउँ र अक्सिजन…
परियोजना सञ्चालित क्षेत्रको अनुगमन सम्पन्न
बाँके । २०७८ असार १० गते इन्सेक नेपालगञ्जको आयोजनामा राप्ती सोनारी गाउँपालिकामा सञ्चालित परियोजनाको प्रभावका विषयमा असार ९ गते अनुगमन सम्पन्न भएको छ । स्थानीय तहमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, स्थानीय नीति तथा कार्यक्रम, सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको हो । नेपालको संविधानले मौलिक हकमा…
स्थानीय सरकारका बजेट कार्यक्रम स्वास्थ्य, कृषि र शिक्षामा केन्द्रित हुने
रामेछाप । २०७८ असार ९ गते जिल्लाका स्थानीय सरकारका यस वर्षको बजेट स्वास्थ्य, शिक्षा, कृषि र विपत् व्यवस्थापनमा केन्द्रित हुने भएका छन् । इन्सेक, गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछाप, मानव अधिकार संरक्षण सञ्जालले संयुक्त रूपमा ०७८ असार ८ गते जुम मार्फत आयोजना गरेको सार्वजनिक सुनुवाइमा बोल्दै स्थानीय तहका जनप्रतिनिधिहरूले कोभिडले…
मानव अधिकारसम्बन्धी कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटन माग
तनहुँ । २०७८ असार ७ गते मानव अधिकार समूह भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा प्रस्तुत गरिने नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न माग गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको दुवै स्थानीयतहका मानव अधिकार समूहले असार ७ गते छुट्टाछुट्टै…
मानव अधिकारमैत्री गाउँपालिका बनाउन सरोकारवाला सकारात्मक
सुनसरी । २०७८ असार ६ गते कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आर्थिक वर्ष २०७८-०७९ को बजेट, नीति तथा कार्यक्रममा मानव अधिकारमैत्री बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । इन्सेक प्रदेश १ कार्यालय विराटनगरद्घारा गठन गरिएको मानव अधिकार समूहको संयोजनमा असार ६ गते आयोजना गरिएको स्थानीय सरकार र सरोकारवालासँग शिक्षा, स्वास्थ्य, खाद्य र…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समेट्न अनुरोध
कास्की । २०७० असार ५ गते मानव अधिकार समूह रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा महानगरको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूहका संयोजक क्याप्टन हर्कबहादुर खत्री, सदस्य कसिरन मिँया र सहजकर्ता तिर्सना तिम्सिनाले…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समेट्न अनुरोध
कास्की । २०७८ असार ३ गते मानव अधिकार समूह पोखरा महानगरपालिका वडा नम्बर ३२ ले आगामी आर्थिक वर्ष २०७८/०७९ मा महानगरको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूहका संयोजक सूर्य पौडेल , सहजकर्ता तिर्सना तिम्सिनाले…
नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध
स्याङ्जा । २०७० असार २ गते मानव अधिकार समूह फेदीखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा गाउँपालिकाको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूह फेदीखोला गाउँपालिकाका सदस्य नेत्रनारायण गौतमले संयोजक लेखनाथ पराजुलीद्वारा हस्ताक्षर गरिएको पत्र…
मानव अधिकार समूहको माग बमोजिम आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना
सुनसरी । २०७० असार १ गते इन्सेकको “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवारी निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना अन्तर्गत कोशी गाउँपालिकमा गठित मानव अधिकार समूहको माग बमोजिम नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन जेठ ३१ गते गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेको हो । नागरिकलाई स्वास्थ्य…
HUMAN RIGHTS NEWS PORTAL