जिल्लामा १० प्रतिशत आवास पुनर्निर्माण हुन बाँकी

| 25-Mar-2021

रामेछाप । २०७७ चैत १२ गते जिल्लामा भूकम्पले क्षति पुगेका १० प्रतिशत निजी आवास पुनर्निर्माणको काम बाँकी रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले चैत ११ गते मन्थलीमा गरेको आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा…

मानव अधिकार अभिलेखीकरणले न्यायिक काममा सघाउ पुग्यो : न्यायाधीश लामिछाने

| 24-Mar-2021

दैलेख । २०७७ चैत ११ गते जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार अभिलेखीकरण कार्यले अदालतको न्यायिक कामलाई समेत सघाउ पुगेको बताउनुभएको छ । इन्सेकका कार्यसमिति सदस्य शोभाकर बुढाथोकीसँगको भेटमा उहाँले सो धारणा राख्नुभएको हो । न्यायाधीश लामिछानेले मानव अधिकारको अवस्था विषयमा स्थलगत जानकारी लिन दैलेख…

ऐन बनाउने भन्दा बनेका कानुनको कार्यान्वयन गर्नु मुख्य विषय हो : मन्त्री पुन

| 24-Mar-2021

कास्की । २०७७ चैत ११ गते गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले ऐन बनाउने भन्दा पनि बनेका कानुनको कार्यान्वयन गर्नु मुख्य विषय भएको बताउनुभएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको आयोजनामा पोखरा चैत १० र ११ गते आयोजना गरिएको बालअधिकार संरक्षणका लागि नीतिगत व्यवस्था, संरक्षण, प्रणाली र प्रचलन…

मानव अधिकार रक्षकहरू सुरक्षित भए मात्र पैरवी प्रभावकारी हुन्छ : बुढाथोकी

| 23-Mar-2021

दैलेख । २०७७ चैत ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले अरूको मानव अधिकार वकालत गर्ने क्रममा मानव अधिकार रक्षकहरू नै जोखिममा पर्ने गरेको बताउनुभएको छ । इन्सेकले चैत ९ गते दैलेखमा मानव अधिकार रक्षकहरूको सवलीकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण कार्यक्रममा बुढाथोकीले उक्त विचार राख्नुभएको…

मानव अधिकार रक्षक सञ्जाल गठन

| 23-Mar-2021

हुम्ला । २०७७ चैत १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत १० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपे्रक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग पुर्‍याउने उदेश्यका साथ…

मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था विषयक कार्यशाला सम्पन्न

| 22-Mar-2021

सुर्खेत । २०७७ चैत ९ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा चैत ८ गते प्रदेशमा मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था विषयक कार्यशाला वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन सत्रमा इन्सेक केन्द्रीय कार्य समिति सदस्य शोभाकर बुढाथोकीले  राज्यलाई जिम्मेवार र जवाफदेही बनाउन मानव अधिकार रक्षकहरूको प्रमुख भूमिका रहेको बताउनु…

अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस विभिद कार्यक्रम गरी सम्पन्न

| 22-Mar-2021

कैलाली । २०७७ चैत ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, कैलाली गाउँपालिका , डिडब्लुआरएफ लगायत दलित समूदायको क्षेत्रमा क्रियाशिल विभन्न संघसस्थाहरुको सयुक्त आयोजनामा ५६ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस विभिद कार्यक्रम गरी चैत ८ गते कैलारी गाउँपालिका र धनगढीमा सम्पन्न भएको छ । ‘जातिवाद…

मानव अधिकार रक्षक सञ्जाल गठन

| 22-Mar-2021

बाँके । २०७७ चैत ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा डिसिएको सहयोगमा  डुडुवा गाउँपालिकामा चैत ८ गते पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।  अध्यक्षमा भागीरथी चन्द, उपाध्यक्षमा रमेश यादव, सचिवमा उदयराज जयसवाल, सहसचिवमा रोशनी थापा र कोषाध्यक्षमा कुन्नी जयसवाल चयन भएका छन् । यसैगरी अन्य…

जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन

| 22-Mar-2021

प्यूठान । २०७७ चैत ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा चैत ९ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपेक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग…

पीडितहरुको सुरक्षा तथा न्यायको लागि मानव अधिकार रक्षकहरुको भूमिका विषयक अभिमुखिकरण सम्पन्न

| 22-Mar-2021

कैलाली । २०७७ चैत ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा तथा डिसीए परियोजना अन्तर्गत पीडितहरुकोे सुरक्षा तथा न्यायको लागि मानव अधिकार रक्षकहरुको भूमिका विषयक अभिमुखिकरण चैत ९ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा…