इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन

| 02-Mar-2021

दाङ । २०७७ फागुन १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित  इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह र बाल अधिकार चेतना समूहका क्रियाकलाप तथा जिल्लामा भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको…

खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 26-Feb-2021

रामेछाप । २०७७ फागुन १४ गते मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा कृषि ज्ञान केन्द्र रामेछापका शाखा अधिकृत ऋषिराज सुवेदीले खाद्य प्रवर्धनका लागि कृषि ज्ञान…

कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न

| 22-Feb-2021

कैलाली । २०७७ फागुन १० गते   अनौपचारिक क्षेत्र सेवा  केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच  नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा आइसीएनएल, नेपालका प्रतिनिधि उत्तम उप्रेतीले कृत्रिम बौध्दिकता र मानव…

कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न

| 21-Feb-2021

बाँके । २०७७ फागुन ९ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा  कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम बौद्धिकताको गलत प्रयोगले गोपनियता,  सुरक्षा, लगायतका विषय जोखिमपूर्ण बन्दै गएको औंल्याइएका छन्  ।…

कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न

| 20-Feb-2021

सुर्खेत । २०७७ फागुन ८ गते   कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), स्वच्छ नेपाल र आइसीएनएलले फागुन ८ गते वीरेन्द्रनगरमा आयोजना गरेको कृत्रिम बौध्दिकता र…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को विमोचन, सङ्क्रमणकालीन न्यायका लागि निश्कर्षमा पुग्नु पर्नेमा परराष्ट्र मन्त्री ज्ञवालीको जोड

| 19-Feb-2021

ललितपुर । २०७७ फागुन ७ गते   सङ्क्रमणकालीन न्यायका लागि पीडित केन्द्रित भई उनीहरूको सम्मानित जीवन यापनका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको ख्याल गरेर अघि बढ्नु पर्ने धारणा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राख्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा फागुन ७ गते आयोजित “नेपाल मानव अधिकार वर्ष पुस्तक…

कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न

| 11-Feb-2021

धनुषा । २०७७ माघ २९ गते   कृत्रिम बौद्धिकता  तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठि जनकपुरधाममा माघ २९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा माघ २९ गते आयोजित प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मानवअधिकारकर्मी, सामाजिक अभियन्ता, नागरिक समाजका व्यक्तिहरुसँग…

इन्सेकद्वारा शैक्षिक सामग्री प्रदान

| 11-Feb-2021

सुर्खेत । २०७७ माघ २९ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा– १२ स्थित अम्मर ज्योति नमूना माविमा अध्ययनरत अविभवाक विहिन २० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बाल अधिकारमैत्री वातावरण प्रबद्र्धन गर्ने उद्देश्यले इन्सेकले माघ २८ गते सो माविमा कक्षा ४ देखि ८ कक्षासम्म…

सार्वजनिक सुनवाई सम्पन्न

| 09-Feb-2021

कालीकोट । २०७७ माघ २७ गते   शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयमा माघ २६ गते खाँडाचक्र नगरपालिकामा सार्वजनिक सुनवाई सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत जिल्ला सदरमुकाम समेत रहेको खाँडाचक्र नपाको मान्ममा सर्वजनिक सुनुवाई…

आवासको अधिकार कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

| 08-Feb-2021

सुर्खेत । २०७७ माघ २६ गते   इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले माघ २६ गते वीरेन्द्रनगरमा आयोजना गरेको आवासको अधिकार कार्यान्वयनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले वास्तविक भूमिहीनहरूको पहिचान गरी उनीहरूलाई मात्र आवासको व्यवस्थापन गरिनु पर्ने चर्चा गर्दै नक्कली भूमिहीनहरूको कारण सक्कली भूमिहीनहरूको उचित…