संयुक्त अनुगमन तथा बैठक सम्पन्न
सुर्खेत । २०७७ मङ्सिर १६ गते वीरेन्द्रनगर नपा–११ झुप्राखोलाका वादी समुदायले इन्सेकले आफ्नो समुदायको अधिकार प्राप्तिका लागि आवाज उठाउन सहयोग गरेको बताएका छन् । कियोस परियोजना अन्तर्गत इन्सेक केन्द्र र कर्णाली प्रदेश कार्यालयबाट इन्सेकका व्यवस्थापन विभाग प्रमुख सुभेच्छा खड्काको नेतृत्वमा मङसिर १५ गते झुप्राखोला पुगेको संयुक्त अनुगमन टोली समक्ष…
‘नीति तथा कानुन निर्माणमा नागरिक सहभागिता’ सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न
धनुषा । २०७७ मङ्सिर १५ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा मङ्सिर १५ गते ‘नीति तथा कानून निर्माणमा नागरिक सहभागिता’ सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अर्थशास्त्री डाक्टर सुरेन्द्र लाभले नीति तथा कानुन निर्माणमा नागरिक समाजको सहभागितासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश २ का…
इन्सेकद्वारा विद्यालयलाइ स्वास्थ्य सामग्री प्रदान
सुर्खेत । २०७७ मङ्सिर १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा १२ स्थित अम्मर ज्योति नमुना माविलाइ स्वास्थ्य, खेलकुद र ज्ञानवर्धक पाठ्यसामाग्रीप्रदान गरेको छ । बाल अधिकार मैत्री वातावरण प्रबर्धन गर्ने उद्देश्यले इन्सेकले मङ्सिर १५ गते सो माविलाई सेनेटरी प्याड मेसिन १ थान, सेनेटरी प्याड डिस्पोजल…
अधिकारका कुरा चाँही गर्छौ तर प्राप्तिका लागि खोजी गर्दैनौ : अर्थ तथा विकास सभापति कोइराला
कास्की । २०७७ मङ्सिर १५ गते गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले कानुनी रूपमा आफूले प्राप्त अधिकारलाई जनताले खोजी गर्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी प्रदेश सरकार व्यवस्थापिकाको भूमिका विषय गोष्ठीमा बोल्दै कोइरालाले…
स्थानीय जनप्रतिनिधि र न्यायिक समितिलाई क्षमता अभिवृद्धि तालिम
धनुषा । २०७७ मङ्सिर १५ गते क्षिरेश्वरनाथ नपामा स्थानीय जनप्रतिनिधि र न्यायिक समितिका पदाधिकारीलाई मङ्सिर १३ र १४ गते क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिइएको छ । तालिममा क्षिरेश्वरनाथ नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरूलगायत ३३ जनाको उपस्थिति रहेको थियो । तालिममा कोभिडको समयमा मानव अधिकारसम्बन्धी प्रशिक्षण इन्सेक प्रदेश २…
हिंसापीडित महिलालाई मानव अधिकार सहायता कोषबाट सहयोग
कञ्चनपुर । २०७७ मङ्सिर १४ गते मानव अधिकार सहायता समिति सुदुरपश्चिम र इन्सेक धनगढीले मङ्सिर १४ गते हिंसापीडित महिलालाई कानुनी सहायताका लागि १० हजार रुपियाँ सहयोग प्रदान गरेको इन्सेक सुदूरपश्चिम प्रदेशका प्रमुख खडकराज जोशीले बताउनु भयो । डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कोषबाट सहयोग गरिएको प्रदेश प्रमुख…
स्थानीय स्तरमा मानव अधिकार रक्षक सञ्जाल निर्माण गर्न इन्सेकलाई सुझाव
कञ्चनपुर । २०७७ मङ्सिर १४ गते डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले मङ्सिर १४ गते महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था र आगामी कार्ययोजना निर्माणका लागि भएको छलफल कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरूले स्थानीय स्तरमा मानव…
मानव अधिकार सुदृढीकरण परियोजनाको वार्षिक समीक्षा सम्पन्न
सुर्खेत । २०७७ मङ्सिर १४ गते इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कुनैपनि परियोजनाको कार्यक्रम सम्पन्न सँगै त्यसलाई प्रभावकारी र उपलव्धिमुलक बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ । इन्सेकद्वारा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित मानव अधिकार सुदृढीकरण परियोजनाको मङ्सिर १४ गते वीरेन्द्रनगरमा सम्पन्न वार्षिक समीक्षा कार्यक्रमलाई भर्चुअलमार्फत सम्बोधन गर्दै कार्यकारी निर्देशक…
कोरोना बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड
सुर्खेत । २०७७ मङ्सिर १४ गते सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले कोरोना बिमितहरूलाई सहजरूपमा बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड दिनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासंघ र मानव अधिकार समूह वीरेन्द्रनगरले मङ्सिर १२ गते वीरेन्द्रनगरमा आयोजना गरेको स्वास्थ्यको अधिकार र कोरोना बिमा प्रक्रिया विषयक…
प्रदेशको मानव अधिकारको अवस्था तथा स्थानीय र प्रदेश सरकारबिच समन्वय विषयक संवाद कार्यक्रम सम्पन्न
कैलाली । २०७७ मङ्सिर १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यलय धनगढीको समन्वय र डिसिए परियोजनाको सहयोगमा प्रदेशको मानव अधिकारको अवस्था तथा स्थानीय र प्रदेश सरकारबिच समन्वय विषयक संवाद कार्यक्रम मङ्सिर ११ गते धनगढीमा सम्पन्न गरिएको छ ।…
HUMAN RIGHTS NEWS PORTAL