हिंसा पीडित न्यायिक निकायसम्म पुग्नै समस्या !
बाजुरा । २०७७ मङ्सिर ५ गते हिंसापीडित महिलाहरू न्यायिक निकायसम्म पुग्न नसक्दा समाज र पारिवारबाट हिंसा सहेरै बस्नु परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डिसिएको आर्थिक सहयोगमा मङ्सिर ५ गते मार्तडीमा मानव अधिकार रक्षकको अवस्था र सवाल विषयक समीक्षा बैठकमा सहभागीहरूले यस्तो कुरा…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न
भक्तपुर । २०७७ मङ्सिर ४ गते कोभिड–१९ को महामारीका कारण चाँगुनारायण नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षण हुन नसक्दा आएका समस्या पहिचान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा चाँगुनारायण नगरपालिकास्तरीय मानव अधिकार समूहको समन्वयमा नगरपालिका कार्यालयमा मङ्सिर ४ गते…
युवा नेतृत्व क्षमता विकास तालिम सुरू
सुर्खेत । २०७७ मङ्सिर ४ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत र नोरेक एक्सचेञ्जको आयोजनामा दुई दिने युवा नेतृत्व क्षमता विकास तालिम मङ्सिर ४ गते वीरेन्द्रनगरमा सुरू भएको छ । तालिममा गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसीले समाज परिवर्तनमा युवाहरूको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । इन्सेक कर्णाली प्रदेशका…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कालीकोट । २०७७ कात्तिक २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा कालिकोटमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत कात्तिक २७ गते शुभकालिका गाउँपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकावालाबिच अन्तरक्रिया सम्पन्न गरिएको छ । कार्यक्रममा शुभकालिका गाउँपालिकाका कार्यवाहक अध्यक्ष रामबहादुर शाहीले जनताको संवैधानिक हकको रुपमा रहेको खाद्यको…
मानव अधिकारको क्षेत्रमा समाज र राज्यका निकायसमेत सकारात्मक भएनन्
अछाम । २०७७ कात्तिक २९ गते मानव अधिकारका क्षेत्रमा काम गर्दा समाज र राज्यका अङ्गहरू समेत सकारात्मक नभएको मानव अधिकार रक्षकको अवस्था तथा सवालको जिल्लास्तरीय समीक्षा बैठकका सहभागीहरूले निष्कर्ष निकालेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डिसिएको सहयोगमा जिल्लास्तरिय मानव अधिकार रक्षक सञ्जालको बैठकमा पीडकले आफ्नो विरुद्धमा र…
मजदुरको लागि विशेष प्याकेज ल्याउन माग
दार्चुला । २०७७ कात्तिक २९ गते मानव अधिकार रक्षक सञ्जाल दार्चुलाका सदस्यहरूले कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयदेखि रोजगारी गुमाएकाहरूको लागि विशेष प्याकेज ल्याउन स्थानीय सरकारसँग माग गरेका छन् । आठ महिनादेखि जारी लक डाउन र स्वास्थ्यसँग सम्बन्धित अन्य आदेशलगायतका कारण मजदुरहरू समस्यामा परेको भन्दै विशेष प्याकेज ल्याउन उनीहरूले…
मैलिक अधिकार कार्यान्वयन नभएको गुनासो
कैलाली । २०७७ कात्तिक २८ गते मानव अधिकार रक्षकहरूले संविधानप्रदत मौलिक अधिकार कार्यान्वयन नभएको गुनासो गरेका छन् । जिल्ला मानव अधिकार रक्षक सञ्जाल कैलालीले कात्तिक २७ गते आयोजना गरेको जिल्लाको मानव अधिकार रक्षकको अवस्था र सवाल विषयका फलो अप बैठकमा कैलालीका मानव अधिकार रक्षकहरूले संविधानप्रदत मौलिक अधिकार कार्यान्वयन नभएपछि…
पीसीआर परीक्षण सहज बनाउन मानव अधिकारकर्मीहरूको माग
कञ्चनपुर । २०७७ कात्तिक २८ गते कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार जिल्लामा क्रियाशील मानव अधिकार रक्षकहरूले कोभिड–१९ को परीक्षण सहज बनाउन तथा निःशुल्क कोभिड–१९को उपचार व्यवहारमा कार्यान्यवन गर्न माग गरेका छन् । डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले…
शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अन्तर्क्रिया सम्पन्न
धनुषा । २०७७ कात्तिक २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा क्षिरेश्वरनाथ नगरपालिकामा कात्तिक २७ गते स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरकारी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख रचना माथेमाले शिक्षा क्षेत्रमा १० करोड…
स्थानीय उत्पादनलाई बजारीकरण गर्ने नगर प्रमुखको प्रतिबद्धता
कैलाली । २०७७ कात्तिक २८ गते गोदावरी नगरपालिकाका स्थानीय किसानले उत्पादन गरेको कृषि सामग्रीलाई बजारमा प्राथमिकताका साथ बजारीकरण गर्न गोदावरी नगरपालिकाका प्रमुख हरीसिंह साउदले प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्यमा मानव अधिकार निगरानी समूहले कात्तिक २७ गते आयोजना गरेको खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको…
HUMAN RIGHTS NEWS PORTAL