कोभिड–१९ को महामारीकाबीच स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मार्‍योः सांसद बस्नेत

| 13-Nov-2020

भक्तपुर । २०७७ कात्तिक २७ गते   सङ्घीय सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ को महामारीकाबीच नेपालको स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मारेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २७ गते भक्तपुरमा आयोजना गरेको कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक…

कानुनी सचेतना कार्यक्रम सम्पन्न

| 13-Nov-2020

सिरहा । २०७७ कात्तिक २७ गते   जिल्ला सरकारी वकिल कार्यालय सिरहा, नवराजपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय महेशपुर पतारको आयोजना र इन्सेक, ओरेक, मुक्ति नेपाल र समग्र जनउत्थान केन्द्रको सहकार्यमा कात्तिक २६ गते महिला हिंसा तथा कथित बोक्सीको आरोपसम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बढ्दो महिला हिंसा र…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 13-Nov-2020

धनुषा । २०७७ कात्तिक २७ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा मिथिला नगरपालिकामा कात्तिक २६ गते स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरकारी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले स्वच्छ खानेपानीलाई पहिलो प्राथमिकता…

जैमिनी नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 13-Nov-2020

बाग्लुङ । २०७७ कात्तिक २७ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना कात्तिक २६ गते बागलुङको जैमिनी नगरपालिकामा स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले नगरपालिकाका नागरिकको स्वास्थ्य प्रति आफूहरू सम्वेदनशील रहेको बताउनुभएको थियो । उहाँले पछिल्लो…

एक्सरे मेसिन सञ्चालनका लागि तत्काल प्राविधिक नियुक्त गर्ने प्रतिबद्धता

| 13-Nov-2020

बर्दिया । २०७७ कात्तिक २७ गते   बढैयाताल गाउँपालिका– ३ सोरहवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा खरिद गरि राखिएको एक्सरे मेशिन सञ्चालनका लागि  एक महिना भित्र प्राविधिक नियुक्त गर्ने स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेलले प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक र मानवअधिकार निगरानी समूहको आयोजनामा कात्तिक २७ गते आयोजित स्वास्थ्य संस्थाबाट…

कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा सिंगो समाज परिचालित हुनुपर्छ: संयोजक गौतम

| 12-Nov-2020

सिन्धुली । २०७७ कात्तिक २७ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश संयोजक कृष्ण गौतमले नागरिक समाज, गैह्रसरकारी सङ्घसंस्थाहरू तथा सञ्चार क्षेत्रको सकारात्मक खबरदारी, सचेतनामूलक अभियान र सहकार्यले राज्यलाई कोभिड–१९ को सङ्क्रमण नियन्त्रण, व्यवस्थापन र पूर्व तयारीमा सहयोग पर्‍याएको बताउनु भएको छ । युएसएआइडी तथा एफएचआईको सहयोग र…

यौनिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित हुने कानुन निर्माण गर्ने प्रतिबद्धता

| 11-Nov-2020

सुर्खेत । २०७७ कात्तिक २६ गते कर्णाली प्रदेश सभाका सदस्य राजु नेपालीले यौनिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित हुने कानुन निमार्ण गरिने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कात्तिक २६ गते वीरेन्द्रनगरमा सम्पन्न ‘दलित, महिला र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि दुई दिने मानव अधिकार सशक्तिकरण तालिम’…

खाद्य अधिकार सुनिश्चित गर्ने खाँडाचक्र नगरप्रमुखको प्रतिबद्धता

| 11-Nov-2020

कालीकोट । २०७७ कात्तिक २६ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा सरोकारवालाबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक २६ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले नगरपालिकमा…

मौलिक अधिकार उपभोग गर्न नपाएको गुनासो

| 11-Nov-2020

डडेल्धुरा । २०७७ कात्तिक २६ गते   डडेल्धुरा जिल्लाका नागरिक अगुवाहरूले संविधानप्रदत मौलिक अधिकारहरूबाट आम नागरिक अझै पनि वञ्चित हुनुपरेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २५ गते जिल्ला सदरमुकाममा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाल र चुनैति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी…

मानव अधिकार सशक्तिकरण तालिम सुरू

| 10-Nov-2020

सुर्खेत । २०७७ कात्तिक २५ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा ‘दलित, महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि दुइदिने मानव अधिकार सशक्तिकरण तालिम’ कात्तिक २५ गते वीरेन्द्रनगरमा सुरु भएको छ । सशक्तिकरण तालिमको उद्घाटन गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले दलित, महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृत…