बलपूर्वक बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसः बेपत्ता परिवारमैत्री नीति तथा कार्यक्रममा जोड

| 30-Aug-2025

बाँके । २०८२ भदौ १४ गते बेपत्ता परिवार मैत्री नीति तथा कार्यक्रम ल्याउनका लागि बेपत्ता परिवार पीडित सदस्यहरू, द्वन्द्व पीडित सङ्घ संस्था सदस्यहरू, मानव अधिकारकर्मीहरूरुले बलपूर्वक बेपत्ता विरुद्धको १५ औं अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, बेपत्ता पीडितको न्याय विषयक छलफल कार्यक्रममा बेपत्ता परिवारमैत्री नीति तथा कार्यक्रममा जोड दिएका…

बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रोज्ज्वलन

| 30-Aug-2025

सुर्खेत । २०८२ भदौ १४ गते बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेक लगायतका संस्थाहरुको आयोजनामा ०८२ भदौ १४ गते बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रोज्ज्वलन गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, एड्भोकेसी फोरम कर्णाली प्रदेश, महिला अधिकारका लागि एकल महिला समूह सुर्खेत, द्वन्द्वपीडित महिला…

बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दीप प्रोज्ज्वलन

| 30-Aug-2025

धनुषा । २०८२ भदौ १४ गते बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एड्भोकेसी फोरम र मानव अधिकारका लागि महिला एकल महिला समूहले ०८२ भदौ १४ गते जनकपुरधाममा दीप प्रोज्ज्वलन गरेका छन् । नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र द्वन्द्व सुरुवात गरेपछि राज्य…

बेपत्ता पारिएकाहरुको सम्झनामा दीप प्रोज्ज्वलन

| 30-Aug-2025

दाङ । २०८२ भदौ १४ गते विभिन्न समयमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा दाङमा दीप प्रोज्ज्वलन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), द्वन्द्वपीडित सञ्जाल दाङ र महिला सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा भदौ १४ गते घोराहीको सहिद गेटमा दीप प्रोज्ज्वलन गरिएको हो । बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्यविरुद्धको…

‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न

| 30-Aug-2025

मोरङ । २०८२ भदौ १४ गते इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा ०८२ भदौ १४ गते ‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न गरिएको छ । इन्सेक कोशी प्रदेश र मानवअधिकारका लागि एक महिला समूहको आयोजनामा बलपूर्वक वेपत्ता पारिएका नागरिकहरूको १५ औं अन्तराष्ट्रिय दिवसका अवसरमा ‘बलपूर्वक…

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर: आयोग

| 29-Aug-2025

ललितपुर । २०८२ भदौ १३ गते नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था अझै पनि सार्वजनिक हुन नसकेको विषयलाई गम्भीर रुपमा लिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा हुन लाग्दा पनि शान्ति सम्झौताबमोजिम बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक नहुनु…

सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी प्रस्तावित विधेयकमा साझा धारणा बनाएर सरकारलाई सुझाव दिनुपर्नेः अध्यक्ष मगर

| 29-Aug-2025

काठमाडौँ । २०८२ भदौ १३ गते सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी प्रस्तावित विधेयकमा साझा धारणा बनाएर सरकारलाई सुझाव दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना र डीसीएको सहयोगमा ०८२ भदौ १३ गते सम्पन्न सङ्घ संस्था दर्ता, नियमन तथा…

बेपत्ता पारिएका परिवारलाई न्याय दिन राज्य र आयोग जिम्मेवार बन्नुपर्नेमा जाेड

| 29-Aug-2025

सुर्खेत । २०८२ भदौ १३ गते बेपत्ता पारिएका नागरिकका परिवारहरुलाई न्याय दिन राज्य र आयोग दुबै जिम्मेवार बन्नुपर्ने पीडितहरुले सुझाव दिएका छन् । इन्सेक लगायतका संस्थाहरुको आयोजनामा बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा ०८२ भदौ १३ गते ‘बेपत्ता पारिएका नागरिकको न्यायिक प्रक्रियामा आयोगको भूमिका’ विषयक छलफल…

कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

| 25-Aug-2025

संखुवासभा । २०८२ भदौ ९ गते बलात्कार घटनामा पीडित भएकी तीन महिनाकी बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका गर्नका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले इन्सेक प्रतिनिधि भविन कार्की मार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि १० हजार रुपियाँ आर्थिक…

युवाको सक्रिय सहभागिता बिना जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य हासिल गर्न कठिन

| 24-Aug-2025

धनुषा । २०८२ भदौ ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला वाइल्डलाइफ ट्रस्ट र युथ एड्भोकेसी नेपाल लगायत संस्थाहरुको सहयोग र युवा संस्थाको आयोजनामा जलवायु परिवर्तन, दिगो विकास र युवाको नेतृत्व विषयक स्थानीय युवा सम्मेलन २०२५ जनकपुरधामस्थित मोडेल कलेजमा ०८२ भदौ ७ गते सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन…