कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
सुर्खेत । २०८२ भदौ २५ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी चिंगाड गाउँपालिका–४ की २७ वर्षीया पार्वती चन्दलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ भदौ २४ गते ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ । उहाँका पति भिमबहादुर चन्दले कुटपिट गर्दै घर…
१९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस सम्पन्न
सिरहा । २०८२ भदौ २१ गते तीनै तहका सरकार मिली गराैँ हातेमालो: मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो भन्ने मुल नाराका साथ ०८२ भदौ २० गते सिरहामा मानव बेचखिन विरुद्धको राष्ट्रिय दिवस सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा, इन्सेक, सहयोगी हातहरु, मुक्ति नेपाल, दलित जनकल्याण…
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औं राष्ट्रिय दिवस सम्पन्न
काठमाडौँ । २०८२ भदौ २० गते मानव बेचबिखन विरुद्धको १९ औँ राष्ट्रिय दिवस र्यालीसहित मनाइएको छ । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ भन्ने नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस ०८२ भदौ २० गते मनाइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…
सङ्घ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयक माथि असहमति जनाउँदै सिन्धुपाल्चोकका नागरिक संस्थाद्वारा ध्यानाकर्षण
सिन्धुपाल्चोक । २०८२ भदौ १८ गते नेपाल सरकारले तयार गरेको सङ्घ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदाका विभिन्न बुँदा माथि असहमति जनाउँदै ०८२ भदौ १७ गते इन्सेक लगायतका नागरिक संस्थाहरूले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।…
बेपत्ता पीडित परिवारलाई न्याय दिने कार्यमा ढिलाई गर्न नहुनेमा जोड
धनुषा । २०८२ भदौ १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एड्भोकेसी फोरम र मानव अधिकारका लागि एकल महिला समूहले ०८२ भदौ १५ गते जनकपुरधाममा आयोजना गरेको सङ्क्रमणकालिन न्यायको वर्तमान अवस्था र पीडितको न्याय विषयक छलफल कार्यक्रमका सहभागीहरुले बेपत्ता पीडित परिवारलाई न्याय दिनमा ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।…
सङ्घ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयक माथि असहमति जनाउँदै रामेछापका नागरिक संस्थाद्वारा ध्यानाकर्षण
रामेछाप । २०८२ भदौ १७ गते नेपाल सरकारले तयार गरेको सङ्घ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदाका विभिन्न बुँदा माथि असहमति जनाउँदै ०८२ भदौ १७ गते इन्सेक लगायतका नागरिक संस्थाहरूले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।…
बेपत्ता पारिएका व्यक्तिको न्याय तथा परिपुरण सुनिश्चित गर्न इन्सेकको आग्रह
काठमाडौँ । २०८२ भदौ १६ गते इन्सेक ललितपुर प्रतिनिधि दिपकप्रसाद घिमिरेका अनुसार बलपूर्वक बेपत्ता पारिएका ब्यक्तिहरूको स्मरण गर्ने र उहाँहरूको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ हरेक वर्ष अगष्ट ३० का दिन बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गर्दै ०८२ भदौ १५ गते ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेमार्फत प्रधानमन्त्रीलाई इन्सेकलगायत मानवअधिकार…
सङ्क्रमणकालीन न्याय प्रक्रियामा देखिएको ढिलासुस्तीले पीडित समुदाय निराश
कास्की । २०८२ भदौ १६ गते बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको १५ औं अन्तर्राष्ट्रिय दिवस (३० अगस्त) को अवसरमा ०८२ भदौ १५ गते पोखरामा परिपूरण र बेपत्ताको अधिकार विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । इन्सेक, एड्भोकेसी फोरम, द्वन्द्वपीडित समुदाय, गैरसरकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाइटी कास्की, कोपिला नेपाल लगायतका संस्थाको…
सत्यनिरूपण तथा मेलमिलाप आयोगमा बर्दियाबाट करिब ३ हजार उजुरी
बर्दिया । २०८२ भदौ १५ गते बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा बर्दियाको गुलरियामा ०८२ भदौ १४ गते न्यायको मागगर्दै द्वन्द्वकालमा बेपत्ता भएका परिवार सदस्य, हत्या भएका परिवार सदस्य, बलात्कार पीडित, अङ्गभङ्ग भएका पूर्वलडाकुहरु र सरोकारवाला निकाहरुले निकालेको दवाव मुलक र्यालीको आयोजना गरिएको हो । र्याली गुलरिया…
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारको समस्या सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याउछुः मन्त्री सार्की
कैलाली । २०८२ भदौ १५ गते बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारको समस्या सम्बोधन हुने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले प्रतिवद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, एड्भोकेशी फोरम, रेडक्रसलगायतका विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनमा ०८२ भदौ १४ गते…
HUMAN RIGHTS NEWS PORTAL