नागरिकको वातावरणीय अधिकार र चुरे संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड
धनुषा । २०८२ साउन १५ गते नागरिकको वातावरणीय अधिकार र चुरे संरक्षणका लागि नेपाल सरकारले दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा राइट्स क्लिनिक र कायापलटको समन्वयमा साउन १५ गते जनकपुरधाममा आयोजित “मधेशमा जल संकट, चुरे दोहन र मानव…
मिडिया तथा सूचना साक्षरता र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कास्की । २०८२ साउन १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा ‘मिडिया तथा सूचना साक्षरता र मानव अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रम ०८२ साउन १४ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा मिडिया, सूचना साक्षरता र मानव अधिकारका विविध आयाममा गहन छलफल…
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा र्याली तथा कोण सभा
सिरहा । २०८२ साउन १४ गते मानव बेचबिखन संगठित अपराध हो, शोषण अन्त्य गर्नुहोस् भन्ने मुल नाराका साथ १९ औँ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस सिरहामा ०८२ साउन १४ गते र्याली तथा कोण सभा गरी सम्पन्न भयो । सिरहा नगरपालिका, इन्सेक, मुक्ति नेपाल, जिल्ला प्रहरी कार्यालय, महिला मानव अधिकार रक्षक…
नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र बीच अन्तरक्रया कार्यक्रम सम्पन्न
काठमाडौँ । २०८२ साउन ५ गते जिल्ला प्रहरी परिसर काठमाडौँ र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको आयोजनामा नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बिच सेवा प्रवाह बारे ०८२ साउन ४ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारिले ओसिएमसीको सेवा…
रोम विधान अनुमोदनको माग राख्दै ज्ञापनपत्र
कर्णाली प्रदेश । २०८२ साउन २ गते रोम विधान अनुमोदनको माग राख्दै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । ०८२ साउन १ र २ गते इन्सेक कर्णाली प्रदेश कार्यालयको अगुवाईमा दण्डहीनताको अपसंस्कृतिको अन्त्य गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्नुपर्ने मागसहित सुर्खेत, जुम्ला, कालिकोट र हुम्लामा प्रमुख जिल्ला…
रोम विधान अनुमाेदनकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गण्डकी प्रदेश । २०८२ साउन २ गते अन्तर्राष्ट्रिय न्याय दिवसको अवसर पारेर ‘रोम विधान’ अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका विभिन्न नागरिक संघसंस्था र मानव अधिकारसम्बद्ध निकायहरूले जिल्ला प्रशासन कार्यालयमा मार्फत् प्रधानमन्त्रीलाई ०८२ साउन १ गते ज्ञापनपत्र बुझाएका छन् । मानव अधिकारकर्मी अमृत बास्कुनेका अनुसार म्याग्दी, पर्वत, बागलुङ जिल्लाका विभिन्न…
पीडितको न्यायमा पहुँच अभिवृद्धिका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाँके । २०८२ साउन १ गते अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवसका सन्दर्भमा पीडितको न्यायमा पहुँच अभिवृद्धिकालागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायत संघसंस्थाहरुको आयोजनामा नेपालगञ्जमा ०८२ साउन १ गते सम्पन्न भयो । उच्च अदालत तुल्सीपुर इजलासका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर शारुले मानव अधिकारको संरक्षण तथा प्रवर्धन गर्नकालागि…
सङ्क्रमणकालीन न्याय प्रक्रियाको निरन्तर खबरदारी आवश्यक: अध्यक्ष डा. अर्याल
काभ्रे । २०८२ असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले संक्रमणकालीन न्याय प्रक्रियाको निरन्तर खबरदारी आवश्यक रहेको बताउनु भएको छ । इन्सेकले ०८२ असार ३० गते धुलिखेलमा आयोजना गरेको वार्षिक समीक्षा बैठकमा मन्तव्य राख्दै उहाँले भन्नु भयाे आयोगले गर्ने गतिविधिको सूक्ष्म ढंगले निगरानी…
कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग
जुम्ला । २०८२ असार ३० गते २३ वर्षीया हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । उहाँको घर न्यायालयदेखि धेरै टाढा भएको र आउन जान, खाजाका लागि खर्च होस् भन्ने उद्देश्यले इन्सेकले सहयोग गरेको हो । पीडित महिलाले सहयोगको अपेक्षा गर्दै इन्सेक जिल्ला प्रतिनिधिको कार्यालय…
मानव अधिकार समूहद्वारा ध्यानाकर्षण
दैलेख । २०८२ असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा दुल्लूमा गठन गरिएको मानव अधिकार समूहले स्वास्थ्य, शिक्षा र वातावरण सम्बन्धी अधिकारको सवालमा दुल्लू नगरपालिकाका वडा नं. ७, ८ र ९ मा मानव अधिकार प्रवर्धनमा ख्याल पुर्याउन ध्यानाकर्षणपत्र बुझाएका छन् । दुल्लू नगरपालिकाका-७ का वडाध्यक्ष कविराज रावत, ८ का…
HUMAN RIGHTS NEWS PORTAL