नवलपरासी (सुस्ता पूर्व) मा मानव अधिकार उल्ङ्घन तथा ज्यादतीका घटनामा ११ जना पीडित

| 08-Jul-2025

नवलपरासी (सुस्ता पूर्व) । २०८२ असार २४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८२ असार २३ गते नवलपरासी (सुस्ता पूर्व)मा सम्पन्न भएको छ । सन् २०२५ जनवरीदेखि जुनसम्म जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १० ओटा घटनामा ११ जना पीडित भएको अभिलेख गरिएको…

स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने भन्दै मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

| 07-Jul-2025

सुर्खेत । २०८२ असार २३ गते पञ्चपुरी नगरपालिकामा इन्सेकद्वारा गठित नगर स्तरीय मानव अधिकार समुहद्वारा वडा नम्बर ५ को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ०८२ असार २२ गते पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाहीलाई समूहले ५ नम्बर वडामा स्वच्छ खानेपानीको अत्यधिक अभाव भएको र…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 07-Jul-2025

झापा । २०८२ असार २३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवाला पक्षबिच समीक्षा गरिएको छ । इन्सेक झापाले ०८२ असार २२ गते विर्तामोडमा आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा’ कार्यक्रममा मानव…

तनहुँमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २१ जना पीडित

| 07-Jul-2025

तनहुँ । २०८२ असार २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को लागि सङ्कलित घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम ०८२ असार २२ गते दमौलीमा सम्पन्न भयो । तनहुँमा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६…

मानव अधिकार वर्ष पुस्तक अर्ध वार्षीक पूर्व समीक्षा सम्पन्न

| 07-Jul-2025

गोरखा । २०८२ असार २३ गते अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरेको घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २२ गते सम्पन्न गरेको छ । गोरखामा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका आठ ओटा घटना…

पञ्चपुरी मानव अधिकार समुहद्वारा ध्यानाकर्षण

| 06-Jul-2025

सुर्खेत । २०८२ असार २२ गते पञ्चपुरी नगरपालिकामा इन्सेकद्वारा गठित नगरस्तरीय मानव अधिकार समुहद्वारा  वडा नम्बर २ को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ०८२ असार २० गते पञ्चपुरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष यामबहादुर विसीलाई समूहले २ नम्बर वडाको बजार क्षेत्र प्लास्टिकजन्य फोहोरले गर्दा वातावरण प्रदुषण भइरहेको…

स्वच्छ खानेपानीको माग राख्दै मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

| 06-Jul-2025

सुर्खेत । २०८२ असार २२ गते पञ्चपुरी नगरपालिकामा इन्सेकद्वारा गठित नगर स्तरीय मानव अधिकार समुहद्वारा वडा नम्बर ९ को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ०८२ असार २० गते पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष पुर्णप्रसाद घिमिरेलाई समूहले ९ नम्बर वडामा स्वच्छ खानेपानीको अत्यधिक अभाव भएको र अधिकांश…

प्रदेशस्तरीय मानव अधिकार समूह गठन

| 04-Jul-2025

मोरङ । २०८२ असार २० गते कोशी प्रदेशमा मानव अधिकारको रक्षा तथा पैरवी गर्ने उद्देश्यसहित असार २० गते प्रदेशस्तरीय मानव अधिकार समूह गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयमा भएको भेलाले किरण लाल सिंह गनगाई (मोरङ) अध्यक्ष र शिवशंकर मेहता (सुनसरी) उपाध्यक्ष रहेको सात सदस्यीय…

बाल अधिकार सचेतना समूहलाई सचेतना अभिवृद्धि

| 04-Jul-2025

सुर्खेत । २०८२ असार २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा असार २० गते बाल अधिकार सचेतना समूहका सदस्यहरूको लागि विराटनगरमा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय मध्यहर्षाही र अमरसिंह मावि साहेवगञ्ज, बर्जु गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमाही…

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

| 03-Jul-2025

मोरङ । २०८२ असार १९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व मोरङ जिल्लामा ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । सन् २०२५ को जनवरीदेखि जुनसम्म जिल्लामा इन्सेकले अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवाला पक्षबिच इन्सेक…