कानूनी प्रक्रियामा जान पीडित पत्रकारलाई इन्सेकको आर्थिक सहयोग

| 18-Jun-2025

कालीकोट । २०८२ असार ३ गते रास्कोट नगरपालिका–८ का २८ वर्षीया करविरे विश्वकर्मालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८२ असार २ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । समाचारको विषयलाई लिएर रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही र उहाँको सचिवालयमा रहेकाहरुले मार्ने धम्की दिएपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या…

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

| 18-Jun-2025

सुर्खेत । २०८२ असार ३ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी  वीरेन्द्रनगर नगरपालिका–१३ घर भई चिङ्गाड गाउँपालिका-१ रजेना बस्दै आउनु भएकी  २२ वर्षीया छत्रकला पुन मगरलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ असार ३ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।  …

एक विद्यार्थी एक वृक्षारोपण कार्यक्रम सम्पन्न

| 18-Jun-2025

सुनसरी । २०८२ असार ३ गते इन्सेक कोशी प्रदेश कार्यालय र इन्सेकद्वारा गठित गाउँपालिकास्तरीय मानव अधिकार समूह बर्जुले असार ३ गते बर्जु गाउँपालिका-५ स्थित नेपाल राष्टिय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिक, मसला, अम्बा, अमला, सिसौ जातका २…

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 18-Jun-2025

हुम्ला । २०८२ असार ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम असार ४ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०८१ पुस १७ गतेदेखि ०८२ असार ४ गतेसम्म ६ महिनाको अवधिमा सङ्कलन गरिएका १३ ओटा मानव…

मानव अधिकार समूहद्वारा वडाध्यक्षलाई ध्यानाकर्षण-पत्र हस्तान्तरण

| 17-Jun-2025

सप्तरी । २०८२ असार २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहले सोही नगरपालिका वडा नं ७ का वडाध्यक्ष सत्रुधन मण्डललाई असार १ गते ध्यानाकर्षण-पत्र बुझाएको छ । डाक्नेश्वरी नगरपालिका-७ निवासी सुस्त मनस्तिथीका २५ वर्षीय समिम सरदार नागरिकता नभएको कारणले राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको घटनाको नगरस्तरीय मानव…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 16-Jun-2025

बझाङ । २०८२ असार २ गते इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा संकलिन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बारे ०८२ असार १ जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालाहरूको सहभागितामा सम्पन्न गरिएको छ । इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहले ०८१ पुस १६ गतेदेखि ०८२ असार…

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

| 14-Jun-2025

बाँके । २०८२ जेठ ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र डिसीएको आर्थिक र प्रावधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८२ जेठ ३० गते नेपालगञ्जमा सम्पन्न भएको छ। बैठकमा मानव अधिकार क्षेत्रका सरोकारवालाहरु, संघसंस्था र पीडितहरूको सहभागिता रहेको थियो। बैठकको अध्यक्षता इन्सेकका केन्द्रीय सदस्य कृष्णमुरारी…

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

| 14-Jun-2025

सुर्खेत । २०८२ जेठ ३१ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्या भोगेकी वीरेन्द्रनगर नगरपालिका–१३, इन्द्रपुर टोल बस्दै आउनु भएकी ५३ वर्षीया चन्दकला राईलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ जेठ २९ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।   २०६७ सालदेखि उहाँका पति…

प्रदेशस्तरीय मानव अधिकार रक्षकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

| 12-Jun-2025

बाँके । २०८२ जेठ २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको कार्यालयको आयोजनामा बर्दिया र बाँके जिल्लामा ०८२ जेठ २८ गते मानव अधिकार शिक्षा तथा क्षमता विकास तालिम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय निकाय, समुदायका नेताहरू, मानव अधिकारकर्मीहरू र सरोकारवालाहरुको सहभागिता रहेको थियो। मानव अधिकारको मुलभूत अवधारणा, कानुनी…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 11-Jun-2025

बाजुरा । २०८२ जेठ २८ गते इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्र्ष पुस्तक २०२६ प्रकाशनपूर्व अर्धवार्र्र्र्र्षिक समीक्षा कार्याक्रम ०८२ जेठ २७ गते जिल्ला प्रशासन कार्यालयको सभा कक्षमा सम्पन्नभएको छ । समीक्षा कार्यक्रममा जिल्लामा मानव अधिकारको अवस्था र विभिन्न घटनाको बारेमा छलफल गरिएको थियो । इन्सेक बाजृुरा प्रतिनिधि पदमबहादुर सिंहले नेपाल…