मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

| 11-Jun-2025

सुर्खेत । २०८२ जेठ २८ गते सुर्खेत  । कर्णाली प्रदेश स्तरीय दुई दिने मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम ०८२ जेठ २७ गते सम्पन्न भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गरिएको अभिमुखीकरणमा मानव अधिकार रक्षकको अवस्था, अवसर र चुनाैती लगायतका विषयमा  छलफल गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण…

मानव अधिकार रक्षक संरक्षण र सम्वर्द्धन विधेयक पारित हुन्छ : मुख्यमन्त्री कडेल

| 11-Jun-2025

सुर्खेत । २०८२ जेठ २८ गते   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशमा मानव अधिकार र मानव अधिकार रक्षकहरूको संरक्षण तथा सम्वर्द्धनका लागि ल्याइएको विधेयक पास गरिने बताउनु भएकाे छ । ०८२ जेठ २७ गते युरोपियन युनियन (EU)का प्रतिनिधि लगायतकाे टाेलीसँगकाे भेटघाटमा उहाँले प्रदेश सरकार यस विषयमा गम्भीर रहेको…

मानव अधिकार रक्षकहरुको सुरक्षा सवालका विषयमा छलफल

| 11-Jun-2025

दैलेख । २०८२ जेठ २८ गते मानव अधिकार रक्षकहरुको सुरक्षा सवाल विषयमा सरोकारवालाबिच छलफल भएको छ । EU Embassy Head of Political Tomas Millar सहितको उपस्थितिमा दैलेख सदरमुकाममा २०८२ जेठ २८ गते नागरिक समाज र सुरक्षा अधिकारीहरुसँग छलफल भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा  फिनल्यान्ड दूतावासकी प्रतिनिधि…

कर्णालीमा महिला मानव अधिकार रक्षकहरूलाई समस्या, सुरक्षा र कानुनको माग

| 10-Jun-2025

सुर्खेत । २०८२ जेठ २७ गते कर्णाली प्रदेशका महिला मानव अधिकार रक्षकहरूले आफूमाथि भइरहेको विभेद, सामाजिक अस्वीकार, धम्की र राज्यस्तरबाट हुने बेवास्तालाई चुनौतीको रूपमा औंल्याएका छन् । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा ०८२ जेठ २६ र २७ गते सुर्खेतमा आयोजित प्रदेश स्तरीय मानव…

घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

| 10-Jun-2025

रौतहट । २०८२ जेठ २७ गते चन्द्रपुर नगरपालिका-८ डुमरियाकी ३० वर्षीया निर्मला कुमारीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश अन्तर्गत मानव अधिकार सहायता कक्षले जेठ २३ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । निर्मला कुमारी घरेलु हिंसा घटनाकी पीडित हुन् । साने तिनो घरायसी विवादमा पनि…

प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु

| 09-Jun-2025

सुर्खेत । २०८२ जेठ २६ गते कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम ०८२ जेठ २६ गतेबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो । मानव अधिकार रक्षकको अवस्था र काम गर्दा आइपर्ने समस्या र समाधानका विषयमा…

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

| 09-Jun-2025

सप्तरी । २०८२ जेठ २६ गते बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ जेठ २६ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । १५ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो । पीडित बालिकाको…

५३ औं विश्व वातावरण दिवस २०२५ वृक्षरोपण कार्यक्रम गरी मनाइयो

| 09-Jun-2025

सप्तरी । २०८२ जेठ २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरी मानव अधिकार र बाल अधिकार समूहले जेठ २२ गते ५३ औं विश्व वातावरण दिवस २०२५ को अवसरमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । “हाम्रो भूमि हाम्रो भविष्य” भन्ने मूल नाराका साथ विश्व वातावरण…

बाल अधिकार सचेतना समूहका सदस्यहरुका लागि क्षमता अभिवृद्धि तथा परियोजना समीक्षा कार्यक्रम सम्पन्न

| 07-Jun-2025

बाँके । २०८२ जेठ २४ गते अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले बाल अधिकार सचेतना समूहको सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि र परियोजना समीक्षा कार्यक्रम ०८२ जेठ २३ गते नेपालगञ्जमा सम्पन्न गरेको छ। कार्यक्रमले बाल अधिकार चेतना समूहका सदस्यहरुका लागि ज्ञान र नेतृत्व क्षमतामा वृद्धि गर्न महत्वपूर्ण भूमिका…

५३ औं विश्व वातावरण दिवस २०२५ मनाइयो

| 06-Jun-2025

धनुषा । २०८२ जेठ २३ गते ५३ औं विश्व वातावरण दिवस २०२५ इन्सेक लगायत वातावरण तथा वातावरणीय मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा ०८२ जेठ २२ गते सम्पन्न गरिएको छ । इन्सेक मधेस प्रदेश, ग्रिन स्पेस नेपाल, नेपाल विकास समाज, एडभोकेसी फोरम, ओरेक, निल हिरा समाज, दिव्य विकास…