सिडिओ मार्फत गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार र महिला आयोगलाई ज्ञापन–पत्र
सिरहा । २०८१ चैत १९ गते सिडिओ मार्फत गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगलाई ०८१ चैत १७ गते ज्ञापन-पत्र । इन्सेक सिरहा, मुक्ति नेपाल, प्रदेश युवा सञ्जाल, दलित जनकल्याण युवा क्ल्व, गैर सरकारी संस्था महासंघ सिरहा र सिएमसि नेपालले संयुक्त रुपमा महिला आयोगकी सदस्य बिधा सिन्हा र सिडिओ विश्वप्रकाश अर्याललाई…
मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल सम्पन्न
कैलाली । २०८१ चैत १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८१ चैत १५ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्षमा आएका निवेदनमा छलफल गरी आवश्यक कागजात पुरा…
प्रदर्शनका नाममा गरिएको हिंसात्मक गतिविधिको इन्सेकद्वारा भर्त्सना
काठमाडौँ । २०८१ चैत १५ गते पूर्व राजाका समर्थकहरूले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र व्यक्तिको जिउधनको सुरक्षाको आधारभूत अधिकारको हनन् भएको घटनाप्रति इन्सेकले ०८१ चैत १५ गते विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
सल्यान । २०८१ चैत १३ गते छत्रेश्वरी गाउँपालिका–१, काल्चेमा बस्दै आउनुभएकी ३६ वर्षीया सुस्मीता थापालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ चैत १२ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ । उहाँका पति पहलमान खड्काले खान लाउन नदिइ घरेलु हिंसा गरेपछि अदालतमा कानुनी उपचार…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
रोल्पा । २०८१ चैत १४ गते ६ वर्षीया दुई जना र सात वर्षीया बालिकालाई इन्सेकले ०८१ चैत ११ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ । पीडित बालिकाहरूलाई आरोपितले ०८१ फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ११ गते इलाका प्रहरी कार्यालय,…
मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
कास्की । २०८१ चैत १४ गते पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा ०८१ चैत १३ गते पोखरा महानगरपालिका —१६, दिपमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले मानव अधिकारको…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
काठमाडौँ । २०८१ चैत १२ गते गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु भएको हो । लामो समयदेखि अलमलमा रहेको प्रकृया अगाडि बढाउन प्रमुख राजनीतिक दलको नेतृत्व…
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडितको माग
बाँके । २०८१ चैत १२ गते सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत ११ गते नेपालगञ्जमा सम्पन्न भएको छ । एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता बसन्त…
घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न
कैलाली । २०८१ चैत १२ गते घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा कालु राम चौधरी, सचिवमा कृष्ण वि.क., सहसचिवमा शोभा चौधरी र कोषाध्यक्षमा शङ्कर चौधरी सर्वसम्मत…
मानव अधिकार समूहको बैठक सम्पन्न
बाँके । २०८१ चैत ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम ०८१ चैत १० गते अगैयामा सम्पन्न गरेको छ । मानव अधिकार समूहका संयोजक धनी…
HUMAN RIGHTS NEWS PORTAL