वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
दैलेख । २०८१ चैत ४ गते इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय संरचनापछि पछिल्लो समयमा गाउँगाउँमा बजार विस्तार भएका तर सहरी विकासको गुरुयोजना नबनेको कारण फोहोर…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
रुपन्देही । २०८१ चैत २ गते आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधिले प्रहरी र पीडित बालिकाको आमाको रोहवरमा सो रकम फागुन २९ गते हस्तान्तरण…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
धनुषा । २०८१ चैत २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै मानव अधिकार उल्लङ्घन तथा…
मानव अधिकार तथा महिला अधिकार सचेतना कार्यक्रम सम्पन्न
कास्की । २०८१ चैत १ गते मानव अधिकार तथा महिला अधिकार सचेतना कार्यक्रम ०८१ फागुन २८ गते पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र दलित महिला संघ (फेडो) कास्कीकको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकी प्रमुख अतिथि तथा मानव अधिकार…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
बर्दिया । २०८१ चैत १ गते १४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो । पीडित बालिकालाई आरोपितले फागुन २० गते राति बलात्कार गरेको भन्दै…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
बाँके । २०८१ फागुन २८ गते अपाङ्गता हुनुभएकी १४ वर्षीया बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय, सुर्खेतले ०८१ फागुन २७ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा…
बलात्कार प्रयास घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
सर्लाही । २०८१ फागुन २८ गते डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ फागुन २८ गते बलात्कार प्रयास घटनाकी पीडित ३२ वर्षीया एकल महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडितलाई आर्थिक सहयोग इन्सेक मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत…
अर्धन्यायिक निकायहरूको काम, कर्तब्य र अधिकार विषयक कार्यशाला सम्पन्न
बाँके । २०८१ फागुन २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजना तथा डिसिएको सहयोगमा अर्धन्यायिक निकायहरूको काम, कर्तब्य र अधिकार विषयक कार्यशाला ०८१ फागुन २८ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
सुर्खेत । २०८१ फागुन २७ गते वीरेन्द्रनगर नगरपालिका–१२, नौलो टोलमा बस्दै आउनुभएकी ३६ वर्षीया एकल महिला तिर्सना परियारलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ फागुन २६ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ । सोही ठाउँकी शान्ति थापाले २०५२ सालदेखि बसेको जग्गा आफ्नो भएको…
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्सेकलाई सम्मान
सिरहा । २०८१ फागुन २ गते ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ०८१ फागुन २४ गते सिरहा नगरपालिकाले इन्सेकलाई सम्मान स्वरुप सम्मान पत्र प्रदान गरेको छ । सिरहा नगरपालिकामा युवा, बालबालिका तथा महिलाहरूको न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै सिरहा नगरपालिकाका प्रमुख डाक्टर नविनकुमार यादवले इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारलाई…
HUMAN RIGHTS NEWS PORTAL