कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
कैलाली । २०८१ फागुन २३ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र डिसीएको सहकार्यमा कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक ०८१ फागुन २२ गते हसुलियामा सम्पन्नभएको छ । मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरीले मानव अधिकार समूहका पदाधिकारीहरुसँग मानव अधिकारका सवालमा काम गरिरहदाको अनुभव आदानप्रदान तथा पुनरावलोकनका र ११५ औँ…
११५ ओँ अन्तार्राष्ट्रि श्रमिक महिला दिवसको स्वागतमा दिप प्रज्जवलन
धादिङ । २०८१ फागुन २३ गते ११५ ओँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको स्वागत गर्दै यसको पूर्व सन्ध्यामा ०८१ फागुन २३ गते धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ । नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ, रोयम नेपाल, फोकस नेपाल लगायतका संघसंस्थाहरुको आयोजनामा धादिङबेसी एमाले चोकमा दिप प्रज्ज्वलन गरिएको हो ।…
मानवलाई बाँँच्नका लागि वन आवश्यक छ: प्रमुख भण्डारी
सुर्खेत । २०८१ फागुन २२ गते पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले मानवलाई बाँच्नका लागि वन आवश्यक भएको बताउनु भएको छ । फागुन २१ गते पञ्चपुरी नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तरर्गत इन्सेक कर्णाली प्रदेशको आयोजना, पञ्चपुरी मानव अधिकार समूह र डिभिजन वन कार्यालय भेरी बाबियाचौरको समन्वयमा स्थानीय स्तरमा वातावरण…
स्थानीय तहमा वातावरणसम्बन्धी कार्यशाला
कास्की । २०८१ फागुन २० गते मादी गाउँपालिका स्तरीय मानव अधिकार समूहले स्थानीय तहमा वातावरणीय अधिकारसम्बन्धी दुई दिने कार्यशाला ०८१ फागुन १५ गते सम्पन्न गरेको छ। समूहका अध्यक्ष केदनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिका-५ का वडा अध्यक्ष हुमनाथ अधिकारी…
महिलालाई निर्णायक तहमा पुर्याउन दवाव र्याली
सिन्धुली । २०८१ फागुन १९ गते राज्यका निर्णायक तहमा महिलाको नेतृत्व स्थापीत गर्न भन्दै ०८१ फागुन १९ गते महिला अधिकारकर्मीहरुले र्यालि निकालेका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीको समन्वय र इन्सेक सिन्धुलीको सहकार्यमा कमलामाई नगरपालिका–७ बुद्धनगरचोक देखी सुरु भएको र्याली शिवनगर, दुई नमबर बजार, गैरी बजार, एक नमबर…
केवलकार निर्माण विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह
ताप्लेजुङ । २०८१ फागुन १९ गते पाथीभरा मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माण खारेजीको माग गर्दै आएको नो केवलकार समूहलाई गृहमन्त्री रमेश लेखकले वार्तामा आउन आग्रह गर्नु भएको छ । केवलकार निर्माण खारेजीको माग गर्दै आएको पक्षलाई गृहमन्त्री लेखकले वार्ता र सम्वादबाट समस्या समाधान गर्न ०८१ फागुन १७ गते वार्ताका लागि आग्रह…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
सल्यान । २०८१ चैत १३ गते छत्रेश्वरी गाउँपालिका–१, काल्चेमा बस्दै आउनुभएकी ३६ वर्षीया सुस्मीता थापालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ चैत १२ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ । उहाँका पति पहलमान खड्काले खान लाउन नदिइ घरेलु हिंसा गरेपछि अदालतमा कानुनी उपचार…
बालअधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
सप्तरी । २०८१ फागुन १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिका-३ स्थित श्री राम दयाल माध्यमिक विद्यालय र सोही नगरपालिका-१० स्थित श्री जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले दलित बस्तीमा ०८१ फागुन १२ गते सडक नाटक प्रदर्शन गरेका छन् । बालअधिकार सचेतना समूहले शिक्षा…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
रुपन्देही । २०८१ फागुन १५ गते आर्थिक अवस्था कमजोर भएका कारण शिक्षकको कुटाइबाट आँखा फुटाइएका बालकलाई उपचार र कानुनी प्रकृयामा जान समस्या खेपेका प्रचापपुर गाउँपालिका-३ का ६ वर्षीया बालक प्रशान्त चौधरीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीले कानुनी प्रकृयामा जानका लागि फागुन १५ गते पीडित परिवारलाई भेटि नगद १० हजार…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमनः सास्ती खेप्नुपरेको कैदीबन्दीको गुनासो
कञ्चनपुर । २०८१ फागुन १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सूदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले ०८१ फागुन १३ गते जिल्ला कारागार, कञ्चनपुरको अनुगमन गरी कारागारको वर्तमान अवस्था तथा कैदीबन्दीहरुले भोग्नुपरेका समस्याका बारेमा सूचना संकलन गरेको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीको नेत्तुत्वको टोलीले जिल्ला कारागार, कञ्चनपुरको अनुगमन…
HUMAN RIGHTS NEWS PORTAL