११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम

| 09-Mar-2025

धनुषा । २०८१ फागुन २५ गते ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ धनुषा र महोत्तरीमा कृयाशिल विभिन्न संघ संस्थाहरूको समन्वयमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । इन्सेक…

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा कचहरी वहस कार्यक्रम

| 09-Mar-2025

धनुषा । २०८१ फागुन २५ गते ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ०८१ फागुन २४ गते जनकपुरधामस्थित जनक चोकमा श्रमिक महिलाको समस्या र सरकारको जवाफदेहिता विषयक कचहरी वहस कार्यक्रम गरिएको छ । ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र…

श्रमिक महिला दिवसमा महिला उद्यमशीलता उत्सब

| 09-Mar-2025

धादिङ । २०८१ फागुन २५ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासङ्घ, गैसस महासङ्घ, इन्सेक लगायतका संस्थाहरूको सहकार्यमा धादिङबेसीमा पहिलो पटक महिला उद्यमशीलता उत्सब ०८१ आयोजना गरिएको छ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला…

विभिन्न कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

| 08-Mar-2025

काठमाडौँ । २०८१ फागुन २४ गते ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस ०८१ फागुन २३ गते विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । विभिन्न महिला सङ्गठनहरुले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको…

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

| 08-Mar-2025

सुर्खेत । २०८१ फागुन २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ फागुन २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार सहायता कक्षमा प्राप्त भएका चार ओटा पीडितको निवेदनहरू स्वीकृत गर्ने निर्णय गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१३, नौलो टोलकी…

वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धी सचेतना नाटक प्रदर्शन सम्पन्न

| 08-Mar-2025

बाँके । २०८१ फागुन २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा श्री जनकल्याण माध्यमिक विद्यालय, खजुरा गाउँपालिका-४, बद्रिपुरमा गठित मिरमिरे बाल अधिकार सचेतना समूहको आयोजना तथा इन्सेकको आर्थिक सहयोगमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धी सचेतना नाटक ०८१ फागुन २३ गते विद्यालयमा नाटक प्रदर्शन गरेको छन् । मिरमिरे बाल अधिकार सचेतना समुहले…

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पोखरामा प्रभातफेरी कार्यक्रम सम्पन्न

| 08-Mar-2025

कास्की । २०८१ फागुन २४ गते ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । पोखराको जिरो किलोमिटरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद…

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरकृया कार्यक्रम

| 08-Mar-2025

सिरहा । २०८१ फागुन २४ गते "संंरचनात्मक विभेद विरुद्ध प्रतिकार : श्रमिक महिलाहरूको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार" मुल नाराका साथ ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २२ गते नवराजपुर गाउँपालिकामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नवराजपुर गाउँपालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मुक्ति…

न्यायका लागि हिंसा प्रभावितलाई इन्सेकको सहयोग हस्तान्तरण

| 08-Mar-2025

मोरङ । २०८१ फागुन २४ गते १९ वर्षीया रोजी लामाको जन्म दर्ता र नागरिकता बनाउनका लागि इन्सेक कोशी प्रदेश कार्यालयले फागुन २३ गते हिंसा पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले फागुन २३ गते पीडितलाई आर्थिक सहयोग वापत १० हजार रूपियाँ हस्तान्तरण गर्नु भयो…

इन्सेकद्वारा सडकमा कविता वाचन कार्यक्रम

| 08-Mar-2025

मोरङ । २०८१ फागुन २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला पुनर्स्थापना केन्द्र (ओरेक) कोशी प्रदेश कार्यालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते विराटनगरमा कविता बाचन कार्यक्रम सम्पन्न गरेको छ । “सबै महिला तथा बालबालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” नाराका साथ मनाइएको ११५औं अन्तराष्ट्रिय…