बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
कैलाली । २०८१ माघ ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बाल अधिकार चेतना समूहले विद्यालयमा छुट्टै पहिचान बनाउन र…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
काठमाडौँ । २०८१ माघ ३ गते भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम न्यूनिकरणका विषयमा छलफल गरेका छन् । कार्यक्रममा ललितपुर महानगरपालिका, काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिका, शङ्खरापुर…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
रुपन्देही । २०८१ पुस २८ गते मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव अधिकार विषयक प्रदेशस्तरी कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दोसल्ला तथा सम्मान…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
काभ्रे । २०८१ पुस २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग गरेको छ । सहयोग रकम हस्तान्तरण गर्दै बनेपा नगरकी उपप्रमुख विमला सापकोटाले नगरभित्रका हिंसा…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
काठमाडौँ । २०८१ पुस २८ गते आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई स्वास्थ्य उपचार प्रकृयाका लागि १२ हजार रुपियाँ आर्थिक सहयोग गर्नु भएको हो । टाउकोको…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर । २०८१ पुस २८ गते ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना कार्यक्रम उत्साहजनक रुपमा सञ्चालन गरिएको ललितपुर महानगरपालिकाकी उपमेयर मन्जली शाक्य बज्राचार्यले बताउनु भयो ।…
देवचुलीमा वातावरण अधिकारसम्बन्धी कार्यशाला तथा खानेपानी सरसफाई सामग्री हस्तान्तरण
नवलपरासी (सुस्ता पूर्व) । २०८१ पुस २७ गते देवचुली नगरपालिकामा वातावरण अधिकारसम्बन्धी कार्यशाला तथा खानेपानी सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । इन्सेक गण्डकी प्रदेश र जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना साथै देवचुली नगरपालिका–१० र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहकार्यमा पुस २६ गते देवचुली नगरपालिका–१०, मा रहेको…
जातीय विभेद तथा छाउपडी प्रथा अन्धविश्वास विरुद्ध सडक नाटक प्रदर्शन
दैेलेख । २०८१ पुस २७ गते अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लू नगरपालिकामा-९ स्थित श्री प्रेम देवी माविमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ पुस २६ गते जातीय विभेद तथा छाउपडि प्रथा अन्धविश्वास विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार समूहले…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
सुर्खेत । २०८१ पुस २७ गते मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ । ३८ वर्षीय पति तिर्थराज चौलागाईले…
स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०८१ पुस २६ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०८१ पुस २५ गते कैलारी गाउँपालिका–५ पवेरास्थित जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कैलारी गाउँपालिकाकी कृर्षी शाखा…
HUMAN RIGHTS NEWS PORTAL