म्याद गुज्रेका वस्तुको बिक्री वितरण नगर्न मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

| 26-Oct-2024

सुर्खेत । २०८१ कात्तिक १० गते विजया दशमी तथा दिपावली सुरु भएसँगै स्थानीय बजारमा विभिन्न खाद्य बस्तुहरू भित्रिने र तिनको खरिद बिक्री बढी हुने भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय अन्तर्गत पञ्चपुरी नगरपालिकाका गठित मानव अधिकार समूहले पञ्चपुरी नगरपालिकालाई ०८१ कात्तिक ९ गते ध्यानाकर्षण पत्र बुझाएको छ…

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

| 25-Oct-2024

कपिलवस्तु । २०८१ कात्तिक ९ गते १२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेको परिवार र ज्याला मजदुरी गरेर जीवन बिताइरहेकोले न्यायिक प्रक्रियामा जान समस्या भएको थियो । पीडित परिवारको आर्थिक अवस्था कमजोर भएर इलाका…

मानवअधिकार समूहद्वारा नागरिकता प्रतिलिपिका लागि ध्यानाकर्षण

| 25-Oct-2024

सप्तरी । २०८१ कात्तिक ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिका-१० को वडा मानवअधिकार समूहले डाक्नेश्वरी नगरपालिका-१० का स्वर्गियमुनर मोची रामको छोरी ४५ वर्षीया धनेश्वरी कुमारी राम र स्वर्गिय सुलेमान अन्सारीको छोरा १८ वर्षीय जावेद अन्सारीको नागरिकता प्रतिलिपि बनाउनका लागि वडा अध्यक्ष कुञ्जिलाल चौधरीलाई कात्तिक ८ गते…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

| 25-Oct-2024

कैलाली । २०८१ कात्तिक ९ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ कात्तिक ९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–९ शंकरपुरकी घरेलु हिंसा घटनाका पीडित ३९ वर्षीया मिनासोनी कामीको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले…

युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल

| 23-Oct-2024

दैलेख । २०८१ कात्तिक ७ गते परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा ०८१ कात्तिक ६ गते कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय…

नगरपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र

| 23-Oct-2024

दैलेख । २०८१ कात्तिक ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय अन्तर्गत दुल्लू नगरपालिकाका गठित मानव अधिकार समूहले दुल्लू क्षेत्रमा बजार अनुगमन गरिदिन ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष दुर्गे सार्कीको नेतृत्वमा टोलीले कात्तिक ६ गते नगर प्रमुख भरतप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको हो ।   नेपालको संविधानको…

सडक निर्माण ढिलो हुँदा धुलोले समस्या परेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

| 22-Oct-2024

नलवपरासी (सुस्ता पूर्व) । २०८१ कात्तिक ६ गते सडक निर्माणको काम ढिलो हुँदा धुलोले समस्या पारेको भन्दै कावासोती नगरपालिका–१६, स्थित डण्डा बजार विकास एवम् व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । नारायणगढ–बुटवल सडक निर्माणको काम सुस्त हुँदा सडक छेउछाउका व्यवसायी धुलोकै कारण विस्थापित हुनुपर्ने अवस्था आएको समितिका अध्यक्ष…

डाक्नेश्वरीमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक

| 17-Oct-2024

सप्तरी । २०८१ कात्तिक १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २९ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना अन्तर्गत वडा नम्बर ३ निवासी घर परिवारबाट परित्यक्त मानसिक रोगीेलाई उद्धार गरी मानव सेवा…

शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न

| 11-Oct-2024

सप्तरी । २०८१ असोज २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना अनतर्गत विद्यालयहरूको अनुगमन, दलित समुदायमा बालबालिकाहरूको दर्ता अभियान, महिनाको तीन पटक अनलाइन मार्फत छलफल,…

मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न

| 09-Oct-2024

कपिलवस्तु । २०८१ असोज २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१ असोज २१ गते सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शिक्षा क्षेत्रको मुख्य समस्या दरबन्दी…