कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
कपिलवस्तु । २०८१ असोज २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१ असोज २२ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
धनुषा । २०८१ असोज २२ गते वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २० गते जनकपुरधाम स्थित तिरहुतीय गाछिमा बसेको बैठकले सो कुरामा जोड दिएका हुन् । इन्सेक…
प्रदेशस्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
कैलाली । २०८१ असोज २० गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदुरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १८ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय तहमा सञ्चालनमा रहेका मानव अधिकार समूहले कार्यायोजना निर्माण गरेर काम गर्दा स्थानीय सरकारलाई जवाफादेही बनाउन…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
सल्यान । २०८१ असोज २१ गते इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रमुख रमेश कुमार…
मानव अधिकार समूहसँग छलफल कार्यक्रम सम्पन्न
बाँके । २०८१ असोज २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डिसिएको आर्थिक सहयोगद्वारा गठित मानव अधिकार समूहसँग छलफल कार्यक्रम ०८१ असोज २० गते राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ । राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष धनी वलीको अध्यक्षतामा बसेको बैठकले विगत…
यूपीआरको प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल सम्पन्न
कास्की । २०८१ असोज १९ गते इन्सेकले पोखरामा असोज १८ गते एक कार्यक्रमको आयोजना गरी विश्वव्यापी आवधिक समीक्षा(युपिआर) का लागि प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल गरेको छ । चौथो चरणको समीक्षाअन्तर्गत सन् २०२६ को जनवरीमा यूपीआरमा नेपालको समीक्षा हुनेछ । उक्त समीक्षामा नेपालको सम्पूर्ण मानव अधिकारको समीक्षाका साथै तेस्रो विश्वव्यापी आवधिक…
मानव अधिकारकर्मी एवम् इन्सेक जिल्ला प्रतिनिधि रावल सम्मानित
जुम्ला । २०८१ असोज १९ गते मानव अधिकारकर्मी एवम् इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावल सम्मानित हुनुभएको छ । लामो समयदेखि मानव अधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउँदै आउनुभएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ०८१ ले सम्मान गरिएको हो । मानव अधिकारकर्मी…
बाल अधिकार परिचालन कोष हस्तान्तरण
दैलेख । २०८१ असोज १९ गते दुल्लू नगरपालिकास्थित ने.रा. मावि, किर्तिखम्ब, प्रेम देवी मावि, पादुका र चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित जयदेव मावि, जम्बकाँध, जनता मावि, बस्तेकोटका विद्यालयहरूमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा मानव अधिकार शिक्षा…
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्न प्रतिबद्ध छुःमन्त्री सार्की
कैलाली । २०८१ असोज १८ गते मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १८ गते धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा…
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
महोत्तरी । २०८१ असोज १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तरगतको मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ असोज १८ गते आर्थिक सहयोग १० हजार रुपियाँ प्रदान गरेको छ । पीडितलाई आर्थिक सहयोग १० हजार रुपियाँ चेकमार्फत इन्सेक मधेस प्रदेशका संयोजक राजु…
HUMAN RIGHTS NEWS PORTAL