सामाजिक अभियन्ता फिरुलाल चौधरीलाई २७ औँ प्रकाश “मानव अधिकार पुरस्कार” बाट सम्मानित गर्ने

न्यूजपोटर डटकम । २०७८ साउन १७ गते काठमाडौं । इन्सेकले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील जानकी गाउँपालिका कैलालीका फिरूलाल चौधरीलाई “२७ औँ प्रकाश मानव अधिकार पुरस्कार” बाट सम्मानित गर्ने निर्णय गरेको जनाएको छ । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट…

प्रकाश मानव अधिकार पुरस्कार-२०७७ सामाजिक अभियन्ता चौधरीलाई

रातोपाटी डटकम । २०७८ साउन १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २९ औँ स्मृति दिवसका अवसरमा २७ औँ प्रकाश मानव अधिकार पुरस्कार-२०७७ कैलाली जिल्ला निवासी मानव अधिकार अभियान्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ । साउन १६ गते इन्सेकले धनगढीमा आयोजना गरेको कार्यक्रममा चौधरीलाई सो…

कैलालीका मानव अधिकार अभियन्ता फिरुलाल चौधरीलाई सम्मान

टिकापुर एफएम डट ओआरजी । २०७८ साउन १७ गते यस वर्षको २७ औँ प्रकाश मानव अधिकार पुरस्कार—२०७७ कैलालीका मानव अधिकार अभियन्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २९ औँ स्मृति दिवसका अवसरमा साउन १६ गते इन्सेकले धनगढीमा आयोजना गरेको…

कमैया मुक्तिका अभियन्ता चौधरी सम्मानित

इकान्तिपुर डटकम । प्रदेश ७ । २०७८ साउन १७ गते धनगढी — ५० हजार नगदसहित सम्मान ग्रहणका लागि मञ्चमा उभिँदा फिरुलाल चौधरीको मन भारी भएजस्तो देखिन्थ्यो । साहुको घरमा कमैया बसेर जीवन बिताए उनका पिताले । बाल्यकालमा मातापितालाई सघाउने क्रममा साहुकै बाख्रा र भैंसीको गोठालो बसे  फिरुलाल पनि । शनिबारको…

फिरुलाल चौधरीले ‘प्रकाश मानव अधिकार पुरस्कार’ पाउने

अनमोल खबर डटकम । २०७८ साउन १६ गते धनगढी । कैलालीका सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी फिरुलाल चौधरी ‘प्रकाश मानव अधिकार पुरस्कार’ पाउने भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील रहेको भन्दै चौधरीलाई ‘२७ औँ प्रकाश मानव अधिकार पुरस्कार’…

मानव अधिकार रक्षकहरुलाई तालिम

नेपालगन्ज । २०७८ साउन ९ गते बाँकेका मानव अधिकार रक्षकहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिइएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले बुधबार र बिहीबार नेपालगन्जमा मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि तालिम दिएको हो । प्रशिक्षक खड्कराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मधुसुधन न्यौपाने,…

वैद्य-प्रकाश मानव अधिकार पुरस्कार प्रदेश २ की राज्यमन्त्री कर्ण र देवकोटालाई प्रदान गरिने

सप्तरी । २०७८ साउन ४ गते वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णसहित दुई जनालाई प्रदान गरिने भएको छ । वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोष, सप्तरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट राज्यमन्त्री कर्ण र राजविराजकी अनिता देवकोटालाई सम्मान गरिने भएको हो ।…

‘मानव अधिकार रक्षामा अदालतले सधै अग्रणी भुमिका खेल्छ’

सेतोखरी । नेपालगन्ज । २०७८ साउन २ गते  उच्च अदालत तुल्सीपुर नेपालगन्ज ईजलाशका न्यायाधीश केशवराज जोशीले मानव अधिकार रक्षामा अदालतले सधै अग्रणी भुमिका खेल्दै आएको बताएका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसका सन्दर्भमा नेपालगन्जमा आयोजित नेपालमा रोम बिधान अनुमोदनको सान्दर्भिकता र पीडितको न्यायमा पहुँचको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै न्यायाधीश…

रोम बिधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लोकवाणी डटकम । २०७८ साउन १ गते, दमौली  अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । इन्सेकले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउदै रोम बिधान अनुमोदन गर्न माग गरेको हो । इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले बुझाएको सो…