विस्तृत शान्ति सम्झौताको १९ वर्ष पुरा, कोशीका द्वन्द्वपीडित न्यायको पर्खाइमा
अरुणखबर डटकम । २०८२ मङ्सिर ५ गते विराटनगर । एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पूरा भएको छ तर पीडितको अवस्था अझै पनि उस्तै छ । कोशी प्रदेशका द्वन्द्वपीडित परिवारले अझै न्याय पाउन नसकेको गुनासो गरेका छन् । प्रदेशभरका २ हजार ७९ द्वन्द्व पीडित परिवार न्याय…
इन्सेकद्वारा बङ्गलादेशलाई मृत्युदण्डको कार्यान्वयन रोक्न आग्रह
मुलुकी खबर डटकम । २०८२ मङ्सिर ४ गते विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कुनै पनि अवस्थामा मृत्युदण्ड न्यायको साधन बन्न नसक्ने स्पष्ट गर्दै बङ्गलादेश सरकारलाई उक्त सजायको कार्यान्वयन रोक्न आग्रह गरेको छ । इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित बिहीबारको विज्ञप्तिमा बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना लगायत अन्य…
बाँस्कोटाको संयोजकत्वमा मानवअधिकार रक्षक संजाल गठन
उद्घोष डेली डटकम । २०८२ मङसिर ३ गते विराटनगर । कोशी प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जालको संयोजकमा अधिकारकर्मी देवीप्रसाद बाँस्कोटा चयन भएका छन् । बाँस्कोटाको संयोजकत्वमा २१ सदस्यीय सञ्जाल गठन भएको हो । महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा सा“स्कृतिक अधिकारको संरक्षण, शिक्षा,…
दुहबीको छाला उद्योगमा स्थानीयले तालाबन्दी गरेपछि तनाव उत्पन्न
टाकुरा न्यूज डटकम । २०८२ मङ्सिर ३ गते इटहरी : सुनसरीको दुहबी नगरपालिका ६ स्थित एशियन लेदर इन्डस्ट्रिजमा अनिश्चितकालीन तालाबन्दी गरेका कारण स्थानीय र उद्योगीबीच तनाव उत्पन्न भएको छ । संविधानले प्रदान गरेको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेकले एशियन लेदर इन्डस्ट्रिजसहित प्रदेश सरकारविरूद्ध उच्च अदालत विराटनगरमा परमादेश…
मानव अधिकार सहायता कक्षद्वारा २१ जना पीडितलाई सहयोग तथा न्याय पहुँचमा पहल
समाचार दैनिक डटकम । २०८२ मङसिर २ गते जनकपुरधाम । आर्थिक रूपमा कमजोर तथा न्यायमा पहुँच नपाएका २१ जनालाई मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग प्रदान गर्दै न्याय प्राप्तिको प्रक्रियामा सक्रिय पहल गरेको जनाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठन गरिएको सो कक्षको मंगलबार सम्पन्न त्रैमासिक समीक्षा बैठकमा पीडितहरूलाई…
प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
मानव आवाज डटकम । २०८२ कात्तिक १ गते बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम २०८२ कात्तिक ३० गते हेटौंडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारका विविध चुनौती, कानुन कार्यान्वयन, जातीय विभेद, लैङ्गिक हिंसा, बालअधिकार, पर्यावरणीय हक…
वातावरणीय अधिकार संरक्षणबारे जनकपुरधाममा व्यापक छलफल
समाचार दैनिक डटकम । २०८२ कात्तिक ३० गते जनकपुरधाम, ३० कात्तिक । जनकपुरधाममा वातावरणीय अधिकार संरक्षण बारेमा व्यापक छलफल भएको छ । सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा ‘वातावरणीय अधिकार संरक्षण विषयक सार्वजनिक बहस भएको हो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर…
HUMAN RIGHTS NEWS PORTAL