प्रविधिको सही प्रयोग गर्न नजान्दा हिंसा
सुर्खेतपत्र डटकम । २०८२ मङ्सिर १९ गते सुर्खेत । प्रविधिको सही प्रयोग गर्न नसक्दा हिंसा बढेको पाइएको छ । सामाजिक संजाललगायतका आधुनिक प्रविधिको सही प्रयोग गर्न नसक्दा र नजान्दा विशेषगरी महिला तथा किशोरीहरु हिंसाको शिकार हुने गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत इन्सेक, दलित महिला संघ,…
इन्सेक सम्मिलित सिटी नेपालको राष्ट्रिय भेला वीरगन्जमा सम्पन्न
काविल खबर डटकम । २०८२ मङ्सिर १९ गते वीरगन्ज । इन्सेक बागमती प्रदेशका संयोजक शिव खकुरेलले विपत् जोखिम न्यूनिकरण, जलवायु परिवर्तन र दीगो विकासका पक्षमा सचेतनामूदक कार्यक्रम, क्षमता विकास र जिम्मेवार निकायलाई जवाफदेही बनाउने काम इन्सेकले गरिरहेको बताएका छन् । जलवायु परिवर्तन, विपत् व्यवस्थापन र दीगो विकासका लागि उपलब्धिमूलक कार्यसम्पादन…
प्रविधिको प्रयोगका कारण सिर्जित लैंगिक हिंसाको अवस्था र सोको न्यूनीकरणसम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
शिलापत्र डटकम । २०८२ मङ्सिर १७ गते १६ दिने लैंगिक हिंसाविरुद्धको दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय र नेपाल बार एसोसिएसन, महिला समितिको संयुक्त आयोजनामा मंगलबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । 'प्रविधिको प्रयोगका कारण सिर्जित लैंगिक हिंसाको अवस्था र सोको न्यूनीकरणका सम्बन्धमा अन्तर्क्रिया' शीर्षकमा कार्यक्रम सम्पन्न भएको हो ।…
इन्सेक र बुडीगंगाद्वारा प्रभातफेरी तथा कोणसभा
न्यूज टुडे डटकम । २०८२ मङ्सिर १६ गते राजविराज । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर र बुडीगंगा गाउँपालिकाद्वारा “प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ संयुक्त रुपमा प्रभातफेरी तथा कोणसभा आयोजना गरेको छ । लैङ्गिक हिंंसाविरूद्धको १६ दिवसीय अभियान अन्तर्गत प्रभातफेरी तथा कोणसभा आयोजना…
वातावरणीय हकका लागि अध्ययन र अनुगमन प्रभावकारी हुनुपर्नेमा जोड धनुषा
नागरिक बाणी डटकम । २०८२ मङ्सिर १४ गते जनकपुरधाम । वातावरणीय मानव अधिकार रक्षकहरुले नागरिकका वातावरणीय हकलाई प्रत्युभूति गराउन तथा सरोकारवाला निकायलाई जबाफदेही बनाउन वातावरणको क्षेत्रमा प्रभावकारी अध्ययन, अनुसन्धान र अनुगमन गर्नु पर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र डिसिएको आर्थिक सहयोगमा मङ्सिर…
‘महिला हिंसा अन्त्य गर्न साझा प्रयास आवश्यक’
नागरिक न्यूज डटकम । २०८२ मङ्सिर १४ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला हिंसा अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार मोरङको रंगेलीमा आयोजित किशोरी स्वास्थ्य परामर्श मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले विश्वको मानवजाती सबै एकै भएकाले लिंग, जात,…
मधेशमा प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन, संयोजकमा महासेठ
समाचार दैनिक डटकम । २०८२ मङ्सिर १३ गते जनकपुरधाम । मानव अधिकार संरक्षणका क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले शनिबार एक भेलाबाट प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रममा अधिवक्ता राजकुमार महासेठको संयोजकत्वमा २९ सदस्यीय प्रदेश…
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान, प्रभातफेरीपछि काेणसभा
कन्दरा समाचार डटकम । २०८२ मङ्सिर १० गते धादिङ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान ०८२ मंसिर ९ गतेदेखि औपचारिक रूपमा शुरू भएको छ । धादिङबेशीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकाे नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ लगायतकाे सहकार्यमा प्रभातफेरी र काेणसभा गरि सुरु गरिएकाे हाे । ‘सबै महिला…
३४औँ १६ दिने अभियान बुढीगंगामा सुरु, लैङ्गिक हिंसा अन्त्यका लागि संयुक्त प्रतिवद्धता
इमधेश न्यूज डटकम । २०८२ मङ्सिर ९ गते विराटनगर । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित बुढीगंगा गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु गरिएको छ। इन्सेक कोशी प्रदेश र बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा कोणसभासहित अभियान आरम्भ गरिएको हो। सेतो रिबन लगाएर सुरु गरिएको…
शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोमा इन्सेकको चिन्ता
अनलाइन खबर डटकम । २०८२ मङ्सिर ५ गते काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १९ वर्ष बितिसिक्दा पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालको सम्बोधन हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष विजयराज गौतमले शुक्रबार जारी गरेको…
HUMAN RIGHTS NEWS PORTAL