युपीआरा चौथो चरणका लागि गैससले तयार पारेको प्रतिवेदन उपर प्रदेश स्तरीय कार्यशाला सम्पन्न

न्यूजएवन डटकम । २०८२ वैशाख ९ गते धनुषा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा वैशाख ८ गते जनकपुरधाममा आयोजित मानव अधिकारको विश्व व्यापि आवधिक समीक्षा (युपीआर) चौथो चरणका लागि गैससले तयार पारेको प्रतिवेदन उपर प्रदेश स्तरीय कार्यशाला सम्पन्न गरिएको छ । कार्यशालामा मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले…

मानव अधिकार समूहले गर्दा स्वास्थ्य संस्थामा निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण टाँसियो

कैलाली खबर डटकम । २०८२ वैशाख ८ गते सुखड । कैलालीको घोडाघोडी नगरपालिकाकाले स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण टाँसेको छ । स्वास्थ्य संस्थाहरूको कार्यालयमा सेवाग्राहीहरूले देखिने गरी निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण टाँसेको हो । पालिका भरीका एक नगर अस्पताल,तिन वटा स्वास्थ्य चौकी र नौ वटा आधारभूत…

मौलिक हकको कार्यान्वयनमा राज्य संवेदनशिल हुनुपर्छ : सभामुख तुलाराम घर्तीमगर

समयचक्र डटकम । २०८१ चैत २९ गते बुटवल । प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन्। इन्सेक लुम्बिनी प्रदेशले चैत २८ गते बुटवलमा आयोजना गरेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकारको भूमिका विषयक कार्यशालामा बोल्दै सभामुख घर्तीले…

सरकारलाई जवाफदेही बनाउन धनगढीमा नागरिक समाजको खबरदारी आन्दोलन

सुदूरपत्र डटकम । २०८१ चैत २८ गते धनगढी, १८ चैत/‘लोकतन्त्र, मानवअधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गरौं । अराजकता र हिंसालाई निरुत्साहित गरौं’ भन्ने नाराका साथ धनगढीमा वृहत –यालीको आयोजना गरिएको छ । गैर सरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले वृहत –यालीको आयोजना गरेको हो । धनगढीको कवर्डहलबाट सुरु…

सङ्क्रमणकालीन न्यायः चुनौती र भावी कार्यदिशा विषयक अन्तरक्रिया

न्यूज टुडे डटकम । २०८१ चैत २४ गते राजविराज । सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि मानव अधिकार, राष्ट्रिय, अन्तराष्ट्रिय कानुनका विज्ञ, द्वन्द्वको कहाली र पीडाको अध्ययन, अनुसन्धान र चिन्तन गरेका पङ्क्तिबाट आयोगका पदाधिकारी चयन हुनुपर्ने  एक कार्यक्रमका सहभागी अधिकारकर्मीहरूले बताएका छन् ।।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेश कार्यालयले…

प्रदेशस्तरीय ‘फ्रि मिडिया नेटवर्क’ गठन

द नेपलिज डटकम । २०८१ चैत २४ गते विराटनगर– नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खडकाको नेतृत्वमा प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्ष दिपक आचार्य र महासंघको कोषाध्यक्ष रामकृष्ण अधिकारीको उपस्थितिमा आयोजित भेलाले आइतबार नेटवर्क गठन गरेको हो ।  नेटवर्कको सदस्य सचिवमा पत्रकार…

अर्धन्यायिक निकायहरूको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला सम्पन्न

न्यूज डेस्क डटकम । २०८१ चैत २३ गते धनुषा - डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश र जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा अर्धन्यायिक निकायको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला २०८१ चैत २३ गते जनकपुरधाममा सम्पन्न भएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले नागरिकहरुको न्यायमा…

पोखरा १६ मा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

एभरेष्ट आवाज डटकम । २०८१ चैत १४ गते पोखरा । पोखरा महानगरपालिका समाजिक विकास महाशाखाको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरा महानगरपालिका–१६, दिपमा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले मानव अधिकार हरेक नागरिकका…

सत्यतथ्य सार्वजनिक गर्न माग

गोरखापत्र । २०८१ चैत १२ गते “कुनै पक्षमा नहुँदा नहुँदै पनि रातिको समयमा ओछ्यानबाटै लगेर बेपत्ता बनाएका थिए । अहिले उनीहरूको अवस्था के छ, जिउँदो छन् कि छैनन्, न मान्छेको बारेमा थाहा पाइन्छ न त काजकिरिया नै गर्न पाएका छौँ । हाम्रो पीडा सुन्ने कोही भएन । अब त आफैँ पनि थाकिसक्यौँ कराउँदा…

मानव अधिकार समूह घोडाघोडीको अध्यक्षमा आशा परियार

कैलाली खबर डटकम । २०८१ चैत १० गते सुखड । घोडाघोडी नगर स्तरीय मानव अधिकार अधिकार समूहको अध्यक्षमा आशा देवी परियार सर्वसम्मत चयन हुनुभएको छ । सोमबार भएको समूहको प्रथम चुनावी साधारण सभा बाट उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । जसको उपाध्यक्षमा कालु राम चौधरी,सचिवमा कृष्ण वि.क.,सह सचिवमा शोभा…