अधिकार उल्लंघनको बदलिँदो ट्रेन्ड : महिला नै बढी पीडित !

नेपाली हेडलाइन डटकम । २०८१ फागुन ९ गते काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेलका २८ वर्षीय दिनेशकुमार जोगीले ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा गत १२ माघमा प्रहरीमा उजुरी पर्‍यो। उनले पेनकिलर भनेर लठ्याउने औषधि दिई बेहोस पारेर ती महिलामाथि बलात्कार गरेको उजुरीमा उल्लेख छ। पीडित महिलाको स्वास्थ्य परीक्षणपछि प्रहरीले घटनामाथि अनुसन्धान…

द्वन्द्वपीडित राहतमा उदार कर्णाली प्रदेश सरकार

नागरिक न्यूज डटकम । २०८१ फागुन १५ गते नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वको सबैभन्दा धेरै पीडा कर्णालीले भोग्यो। उक्त द्वन्द्वमा कर्णालीका दुई सय सात नागरिकले ज्यान गुमाए। केही बेपत्ता पारिए। हजारौं अंगभंग भएर अहिले पनि ओखतीमुलो गर्नुपरिरहेको अवस्थामा छन्। द्वन्द्वले पिल्सिएका कर्णालीका पीडितहरूको घाउमा मलम लगाउन कर्णाली प्रदेश सरकारले…

इन्सेक सुदूरपश्चिम प्रदेशद्वारा कञ्चनपुर कारागारको अनुगमन

नेपालबोध डटकम । २०८१ फागुन १४ गते कञ्चनपुर, १४ फागुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशको टोलीले फागुन १३ गते जिल्ला कारागार कञ्चनपुरको हिरासत कक्षको अनुगमन सम्पन्न गरेको छ । उक्त अनुगमन टोलीमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी, प्रलेख अधिकृत कृष्ण बहादुर विश्वकर्मा तथा कञ्चनपुर जिल्ला प्रतिनिधि…

सुदूरपश्चिममा मानव अधिकारको अवस्था कमजोर : इन्सेक

नेपालबोध डटकम । २०८१ फागुन १३ गते हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ फागुन । सुदूरपश्चिममा मानव अधिकारको अवस्था कमजोर रहेको इन्सेकको दाबी छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ मा समेत उक्त कुरा देखाइएको छ । इन्सेकको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले मंगलबार…

पूर्वमुख्यमन्त्री शाहीको गृहजिल्ला कालीकोटमा एउटा मात्रै सार्वजनिक शौचालय, दैलेखमा सबैभन्दा बढी

लोकतन्त्र डटकम । २०८१ फागुन १२ गते कर्णाली प्रदेशका दुई जिल्लामा एक-एक वटा मात्रै सार्वजनिक शौचालय रहेको पाइएको छ । इन्सेक नेपालद्वारा प्रकाशित स्थिति सूचकमा उल्लेख भएअनुसार कालीकोट र मुगुमा एक-एक वटा मात्रै सार्वजनिक शौचालय रहेको पाइएको हो ।  कालीकोट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला हो । कर्णालीका दश जिल्लामा…

यातना दिने अखडाजस्ता कर्णालीका कारागार

शिलापत्र डटकम । २०८१ फागुन १२ गते नेपालको संविधान २०७२ मा सभ्य समाज निर्माणमा मानवअधिकारलाई मौलिक हकको रूपमा स्वीकार गर्न व्यापक व्यवस्था गरिएको छ । संविधानको भाग ३ मा धारा १६ देखि ४७ सम्म ३२ वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ । संविधानमा नागरिक तथा राजनीतिक हकअन्तर्गत नागरिक स्वतन्त्रता, न्यायिक…

मानवअधिकार अवस्थाः महिला र बालबालिका सधैं पीडित

नयाँ युगबोध डटकम । २०८१ फागुन ११ गते घोराही । तुलसीपुर–१२ की दुई वर्षीया नाबालिकालाई ०८० फागुन ११ गते २७ वर्षीया आमाले कुटपिट गरी लमही नपा–५ चौराहस्थित एक होटेलमा छोडेर भागिन् । भारत पटना घर भएका ३५ वर्षीय सुरत गुप्तासँग भागेर जान उनले आफैले जन्माएकी नाबालिकालाई होटेलमै अलपत्र छोडिन् ।…

मानव अधिकार उल्लङ्घनका घटना वृद्धि

गोरखापत्र डटकम । २०८१ फागुन ९ गते नेपालगन्ज । लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सन् २०२४ मा दुई हजार २७१ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले यस वर्ष लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट छ जना महिला र २५ पुरुष…