मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
हुम्ला । २०७८ मङ्सिर १४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर १२ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले ०७७ पुस १७ गतेदेखि ०७८ मङसिर १२ गतेसम्म सङ्कलन गरिएका १० ओटा…
यूपीआरमा प्राप्त सुझाव कार्यन्वयनका लागि रणनीतिक कार्ययोजना विषयक छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । २०७८ मङ्सिर १३ गते बियोन्ड बेइजिङ कमिटी र आरएचआरएनको आयोजना तथा इन्सेक, ओेरेक र डिआरसीएफसीको सहकार्यमा विश्वव्यापी आवधिक समीक्षा (यूपीआर)मा नेपाललाई प्राप्त सुझाव कार्यन्वयनका लागि रणनीतिक कार्ययोजना बिषयक छलफल कार्यक्रम मङ्सिर १३ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तर्फबाट सहसचिव कोशलचन्द्र सुवेदीले यूपीआर…
इन्सेकको टोलीद्वारा मानव अधिकारका सवालमा सरोकारवालासँग छलफल
कालीकोट । २०७८ मङ्सिर १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले मानव अधिकारका विविध विषयलाई लिएर जिल्लाका सरोकारवालाहरूसँग मङ्सिर ७ गते छलफल गरेको छ । इन्सेक केन्द्रीय कार्यालयकी सुना प्याकुरेल, कर्णाली प्रदश कार्यालयका संयोजक नारायण सुवेदी र जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, खाँडाचक्र नगरपालिका…
महामारीमा नागरिक समाजलाई हेर्ने नजर परिवर्तन भएनः अध्यक्ष लामा
मकवानपुर । २०७८ मङ्सिर १० गते गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले राज्यले महामारीको समयमा नागरिक समाजलाई हेर्ने नजर परिवर्तन गर्न नसकेको बताउनु भयो । इन्सेक बागमती प्रदेशको आयोजना तथा गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिको सहकार्यमा मङ्सिर ९ गते हेटौँडामा आयोजना गरेको महामारी र विपद्ले नागरिक समाजमा…
इन्सेकद्वारा मनहरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
मकवानपुर । २०७८ मङ्सिर १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर ८ मनहरी गाउँपालिकामा सरोकारवालाहरूसँग शिक्षा, स्वास्थ्य एवम् खाद्यलगायतका अधिकारको विषयमा सार्वजनिक सुनुवाइ गरेको छ । डब्लुपीडी नेपालको सहयोगमा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत संस्थाले गाउँपालिकाभित्र भइरहेका समस्या एवम् समाधानका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको हो…
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सुरु
कास्की । २०७८ मङ्सिर ९ गते ‘घरैबाट सूरु गरौ, महिला हिंसा अन्त्य गरौ ’भन्ने मुल नाराका साथ मङ्सिर ९ गते देखि मङ्सिर १४ गतेसम्म मनाइने लैङगिक हिंसाविरुद्धको १६ दिने अभियान प्रदेशका विभिन्न जिल्लामा प्रभातफेरी गरी सूरु गरिएको छ । प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालनका लागि शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले…
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७८ विभिन्न कार्यक्रमको आयोजना गरी सुरू
काठमाडौँ । २०७८ मङ्सिर ९ गते ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्सिर ९ गतेबाट सुरू गरिएको छ । नेपालमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।…
विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
धनुषा । २०७८ मङ्सिर ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा मङ्सिर ९ गतेबाट प्रदेश २ का जिल्लाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही…
लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानको सुरूआत, प्रभातफेरीसहित विविध कार्यक्रम
मोरङ । २०७८ मङ्सिर ९ गते लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान मङ्सिर ९ गतेदेखि सुरू भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को…
अधिकारसँगै नागरिक कर्तव्यका विषयमा जानकार हुनुपर्नेमा जोड
बाँके । २०७८ मङ्सिर ८ गते मानव अधिकारसँगै नागरिक कर्तव्यबारे आम नागरिक जानकार हुनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय, बाँके र नेपाल पत्रकार महासङ्घ, बाँकेको संयुक्त आयोजनामा मङ्सिर ८ गते डुडुवा गाउँपालिका आयोजित …
HUMAN RIGHTS NEWS PORTAL