नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 09-Dec-2021

सुनसरी । २०७८ मङ्सिर २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ । मानव अधिकारसँग जोडिएका विषयमा इन्सेक सुनसरी प्रतिनिधिले सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारावालाबिच समीक्षा गरिएको छ…

लैंगिक हिंसाविरुद्ध अन्तरक्रिया सम्पन्न

| 08-Dec-2021

ललितपुर । २०७८ मङ्सिर २२ गते इन्सेक ललितपुरको समन्वयमा ‘‘महिला हिंसा न्यूनिकरणमा पुरुषको भूमिका’’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । ‘‘घरैबाट सुरु गरौँ, महिला हिंसाको अन्त्य गरौँ’’ भन्ने नाराका साथ आयोजित कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र इह्रिकनको समन्वय र गैरसरकारी संस्था महासङ्घ ललितपुर जिल्ला शाखाको आयोजनामा मङ्सिर २१…

इन्सेक परियोजनाका विषयमा प्रदेशस्तरीय अन्तरक्रिया

| 08-Dec-2021

मोरङ । २०७८ मङ्सिर २२ गते इन्सेक प्रदेश १ कार्यालयले प्रदेशका पाँच ओटा जिल्लामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सञ्चालन गरीरहेको परियोजना प्रभावकारी भएको सरोकारवालाहरूले बताएका छन् । “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना इन्सेकले विगत तीन वर्षयता सञ्चालन गर्दै आएको छ । झापा, मोरङ,सुनसरी,…

लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया सम्पन्न

| 08-Dec-2021

सुर्खेत । २०७८ मङ्सिर २२ गते इन्सेक कर्णाली प्रदेशको आयोजना तथा दलित महिला संघ र मानव अधिकार समूहको समनवयमा मङ्सिर २२ गते लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत वीरेनद्रनगर नगरपालिका–२ कोलडाँडामा आयोजित कार्यक्रममा महिला हिंसा अन्त्यका लागि…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया

| 08-Dec-2021

कपिलवस्तु । २०७८ मङ्सिर २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानव अधिकार समूह बुद्धभूमिको आयोजनामा  मङ्सिर २१ गते बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा शिक्षा, स्वास्थ्य ,खाद्य र आवासको अधिकारको सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका वडा अध्यक्ष भेषराज खनालले सुचना प्राप्त गर्ने अधिकार सम्पुर्ण नागरिकको भएकोले …

मानव अधिकार श्रोत केन्द्र तथा सहायता कक्ष स्थापना

| 07-Dec-2021

कास्की । २०७८ मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गण्डकी प्रदेश कार्यालयमा मानव अधिकार श्रोत केन्द्र तथा सहायता कक्ष मङ्सिर १९ गते स्थापना गरिएको छ । मानव अधिकारसम्बन्धी स्रोतको अधिक्तम उपयोग, इन्सेकका प्रकाशनहरुको अध्ययन, मानव अधिकार उल्लङघनबाट पीडितहरुलाई आर्थिक तथा न्यायिक सहायताको लागि इन्सेकसँग समन्वय र सहकार्य,…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

| 06-Dec-2021

मुस्ताङ । २०७८ मङ्सिर २० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम मुस्ताङमा मङ्सिर १७ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सबैलाई न्यायको प्रत्याभूति हुनपर्ने बताउनुभयो । उहाँले…

मानव अधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतिसम्बन्धी तालिम सुरू

| 02-Dec-2021

कास्की । २०७८ मङ्सिर १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतिसम्बन्धी दुई दिने तालिम मङ्सिर १६ गतेदेखि पोखरामा सुरू भएको छ । मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले तालिमको उद्धेश्य माथि प्रकाश पार्दै रेडियो कार्यक्रमलाई अझ प्रभावकारी…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत अन्नपूर्ण गाउँपालिकामा कार्यक्रम सम्पन्न

| 02-Dec-2021

कास्की । २०७८ मङ्सिर १६ गते लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर १४ गते अन्नपूर्ण गाउँपालिकामा  कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको सभा हलमा सम्पन्न गरिएको छ । सामाजिक विकास…

सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न

| 01-Dec-2021

कालीकोट । २०७८ मङ्सिर १५ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कालिकोट जिल्लाका सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक मङ्सिर ७ गते सम्पन्न भएको छ । इन्सेक केन्द्रीय कार्यालयका सुना प्याकुरेल र कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको उपस्थितिमा आयोजित बैठकमा जिल्लाका क्रियाशिल पत्रकार, मानव अधिकारकर्मी, मानव  अधिकार समूहका प्रतिनिधिको…