कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

| 12-Aug-2025

सुर्खेत । २०८२ भदौ २७ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी  पातारासी गाउँपालिका–२ तल्फी गाउँकी  २९ वर्षीया हिरकली बोहोरालाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ भदौ २७ गते ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ । उहाँका पति  यमबहादुर बोहोराले कुटपिट गर्दै…

कैलाली जिल्ला कारागारमा झडप : मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न इन्सेक लगायतका संघसंस्थाको माग

| 10-Aug-2025

कैलाली । २०८२ साउन २५ गते जिल्ला कारागार कैलालीमा ०८२ साउन २३ गते राती कैदीबन्दीहरुबीच भएको झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न इन्सेक लगायतका संघसंस्थाहरुले ०८२ साउन २५ गते प्रेश विज्ञप्ति जारी गर्दै माग गरेका छन् । घटनाको प्रारम्भिक स्थलगत निरीक्षणका क्रममा…

मुक्त कमैया तथा कृषकहरु बिच जनप्रतिनिधि विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

| 04-Aug-2025

बाँके । २०८२ साउन १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र सार्वजनिक सरोकार कानुन व्यवसायी समूहको आयोजना तथा मुक्त कमैया अधिकार संघर्ष समितिको व्यवस्थापन र डिसिएको आर्थिक सहयोगमा “मुक्त कमैया तथा कृषकहरु बीच जनप्रतिनिधि” सार्वजनिक सुनुवाइ कार्यक्रम ०८२ साउन १७ गते बैजनाथ गाउँपालिका बनकटुवामा सम्पन्न भयो…

बहुबिवाह सम्बन्धी मस्यौदा परिमार्जनको माग गर्दै विराटनगरमा प्रदर्शन

| 04-Aug-2025

मोरङ । २०८२ साउन १९ गते इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाले बहुबिवाह सम्बन्धी प्रस्तावित मस्यौदा तत्काल परिमार्जन गर्न आग्रह गरेका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर, ओरेक, माइती नेपाल, कोकनलगायत अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले ०८२ साउन १९ गते विराटनगरस्थित ट्राफिक चोकमा बहुबिवाहसम्बन्धी मस्यौदा परिमार्जनको माग गरेका हुन् ।…

प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाट सुनिलकुमार यादव सम्मानित

| 01-Aug-2025

काठमाडौँ । २०८२ साउन १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसका अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ सिम्रौनगढ नगरपालिका–२, बाराका चुरे तथा वन–जङ्गल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई प्रदान गरिएको छ । साउन १६ गते इन्सेकले ललितपुरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय…

नागरिकका मानव अधिकारको संरक्षणका लागि समन्वय र सहकार्यमा जोड

| 31-Jul-2025

बाँके । २०८२ साउन १५ गते मानव अधिकारको विविध सवालमा प्रभावकारी कार्यान्वयनका लागि सूक्ष्म अनुगमन र खबरदारी गर्न मानव अधिकारकर्मी र सञ्चारकर्मी बीच समन्वय र सहकार्य बढाउनुपर्ने कुरामा सहभागीहरुले जोड दिएका छन् । मानव अधिकार र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ बाँके र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

महिला अधिकारका कानुन बनेपनि कार्यान्वयन पक्ष कमजोर भयो : सभापति खड्का

| 31-Jul-2025

सुर्खेत । २०८२ साउन १५ गते कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिकी सभापति कल्याणी खड्काले नेपालको संविधान र कानुनले महिला अधिकारलाई सुरक्षित गरेएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताउनु भएको छ । ०८२ साउन १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) ले वीरेन्द्रनगरमा आयोजना गरेको महिला अधिकार उल्लङ्घनका घटना न्यूनीकरणमा सरोकारवालाको…

नागरिकको वातावरणीय अधिकार र चुरे संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड

| 31-Jul-2025

धनुषा । २०८२ साउन १५ गते नागरिकको वातावरणीय अधिकार र चुरे संरक्षणका लागि नेपाल सरकारले दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा राइट्स क्लिनिक र कायापलटको समन्वयमा साउन १५ गते जनकपुरधाममा आयोजित “मधेशमा जल संकट, चुरे दोहन र मानव…

मिडिया तथा सूचना साक्षरता र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 30-Jul-2025

कास्की । २०८२ साउन १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा ‘मिडिया तथा सूचना साक्षरता र मानव अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रम ०८२ साउन १४ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा मिडिया, सूचना साक्षरता र मानव अधिकारका विविध आयाममा गहन छलफल…

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा र्‍याली तथा कोण सभा

| 30-Jul-2025

सिरहा । २०८२ साउन १४ गते मानव बेचबिखन संगठित अपराध हो, शोषण अन्त्य गर्नुहोस् भन्ने मुल नाराका साथ १९ औँ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस सिरहामा ०८२ साउन १४ गते र्‍याली तथा कोण सभा गरी सम्पन्न भयो । सिरहा नगरपालिका, इन्सेक, मुक्ति नेपाल, जिल्ला प्रहरी कार्यालय, महिला मानव अधिकार रक्षक…