कमैया मुक्तिका अभियन्ता चौधरी सम्मानित

इकान्तिपुर डटकम । प्रदेश ७ । २०७८ साउन १७ गते धनगढी — ५० हजार नगदसहित सम्मान ग्रहणका लागि मञ्चमा उभिँदा फिरुलाल चौधरीको मन भारी भएजस्तो देखिन्थ्यो । साहुको घरमा कमैया बसेर जीवन बिताए उनका पिताले । बाल्यकालमा मातापितालाई सघाउने क्रममा साहुकै बाख्रा र भैंसीको गोठालो बसे  फिरुलाल पनि । शनिबारको…

फिरुलाल चौधरीले ‘प्रकाश मानव अधिकार पुरस्कार’ पाउने

अनमोल खबर डटकम । २०७८ साउन १६ गते धनगढी । कैलालीका सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी फिरुलाल चौधरी ‘प्रकाश मानव अधिकार पुरस्कार’ पाउने भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील रहेको भन्दै चौधरीलाई ‘२७ औँ प्रकाश मानव अधिकार पुरस्कार’…

मानव अधिकार रक्षकहरुलाई तालिम

नेपालगन्ज । २०७८ साउन ९ गते बाँकेका मानव अधिकार रक्षकहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिइएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले बुधबार र बिहीबार नेपालगन्जमा मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि तालिम दिएको हो । प्रशिक्षक खड्कराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मधुसुधन न्यौपाने,…

वैद्य-प्रकाश मानव अधिकार पुरस्कार प्रदेश २ की राज्यमन्त्री कर्ण र देवकोटालाई प्रदान गरिने

सप्तरी । २०७८ साउन ४ गते वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णसहित दुई जनालाई प्रदान गरिने भएको छ । वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोष, सप्तरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट राज्यमन्त्री कर्ण र राजविराजकी अनिता देवकोटालाई सम्मान गरिने भएको हो ।…

‘मानव अधिकार रक्षामा अदालतले सधै अग्रणी भुमिका खेल्छ’

सेतोखरी । नेपालगन्ज । २०७८ साउन २ गते  उच्च अदालत तुल्सीपुर नेपालगन्ज ईजलाशका न्यायाधीश केशवराज जोशीले मानव अधिकार रक्षामा अदालतले सधै अग्रणी भुमिका खेल्दै आएको बताएका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसका सन्दर्भमा नेपालगन्जमा आयोजित नेपालमा रोम बिधान अनुमोदनको सान्दर्भिकता र पीडितको न्यायमा पहुँचको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै न्यायाधीश…

रोम बिधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लोकवाणी डटकम । २०७८ साउन १ गते, दमौली  अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । इन्सेकले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउदै रोम बिधान अनुमोदन गर्न माग गरेको हो । इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले बुझाएको सो…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

 दिव्यदर्शन टेलिभिजन । २०७८ असार ३१ गते अनौपचारिक क्षेत्र सेवाा केन्द्र (ईन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तकमा धादिङका अर्धवार्षिक रुपमा २१ ओटा घटना समाबेश हुने ईन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले प्रतवेदन प्रस्तुत…

धादिङमा ६ महिनाको अवधिमा २१ वटा मानवअधिकार उलङ्घनका घटना

रेडियो धादिङ डटओआजी । २०७८ असार ३१ गते धादिङमा ६ महिनाको अवधिमा २१ वटा मावनअधिकार उलङ्घनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । इन्सेकद्धारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्वसमीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाबारे सदरमुकाम धादिङबेशीमा भएको छलफल कार्यक्रममा यस्तो जानकारी…

धादिङमा मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा

रेडियो बिहानी डटओआजी । २०७८ असार ३१ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि धादिङ जिल्लाबाट हालसम्म २१ वटा मानव अधिकार उलङघनका घटना रेकर्ड भएका छन् । बिहिबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा तथा जिल्लामा मानव अधिकारको अवस्थाबारे छलफल कार्यक्रममा सो कुराको जानकारी…