कैदीबन्दी र थुनुवामाथि हुने कुटपिटको घटना सिडिओ र एसपीलाई सुनाइयो

इजलास डटकम । २०८२ असार २५ गते बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी र प्रहरी उपरीक्षक राजन लिम्बुकै सामुन्नेमा जिल्ला कारागार र प्रहरी हिरासतभित्र कैदीसँगै थुनुवामाथि कुटपिट हुने गरेको गुनासो राखिएको छ । इन्सेक झापाले आइतवार बिर्तामोडमा आयोजना गरेको समीक्षा कार्यक्रममा कैदीबन्दी र थुनुवाहरुमाथि कुटपिट हुने गरेको…

रौतहटको बमकाण्डका जीवित साक्षी गौरीशंकर रामको सुरक्षाप्रति इन्सेकको गम्भीर चिन्ता

अपूर्व न्यूज डटकम २०८२ असार २५ गते काठमाडौं । रौतहटको चर्चित बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति मानवअधिकार संस्था इन्सेकले गम्भीर चासो र चिन्ता व्यक्त गरेको हाे। बुधबार इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा २०६४ साल चैत २७ गते रौतहटको राजपुरस्थित मोहम्मद अफताब आलमका काका…

समावेशी संवादका लागि ‘राइट्स क्लिनिक’ गठन

इसमाचार डटकम । २०८२ असार २३ गते जनकपुरधाम, २३ असार । पत्रकार, मानव अधिकारकर्मी, कानून व्यवसायीलगायत सरोकारवाला समूहहरूको संयुक्त पहलमा ‘राइट्स क्लिनिक’ नामक संस्था गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यालयमा आइतवार बसेको बैठकबाट संस्थागत रुपमा क्लिनिकको घोषणा गरिएको हो । बैठकमा इन्सेक मधेश प्रदेश संयोजक…

मधेशमा बालअधिकार प्रवर्धनका लागि प्रदेशस्तरीय नागरिक समाज संस्था संजाल गठन

राजधानी टुडे डटकम । २०८२ असार २२ गते गाैशाला, असार ५ गते । बालबालिकाको अधिकार संरक्षण, प्रवर्धन र पैरवीका लागि मधेश प्रदेशमा पहिलोपटक प्रदेशस्तरीय नागरिक समाज संस्था संजाल गठन गरिएको छ । बर्दिबास, महोत्तरीमा आयोजित एकदिने भेलाबाट उक्त सञ्जाल गठन गरिएको हो, जसको संयोजन सबल नेपालले सेभ द चिल्ड्रेनको प्राविधिक…

कोशी प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन

द नेपलिज डटकम । २०८२ असार २१ गते विराटनगर– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा बाल अधिकार सचेतना समूहका सदस्यहरूको लागि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले “न्यायमा पीडितको पहुँच र प्रहरीको प्रतिबद्धता”, सिविनका कोशी प्रदेश प्रमुख…

मानव अधिकारप्रति सचेत बालबालिका : प्रदेशस्तरीय सञ्जालको घोषणा

अब्लोकिट डटकम । २०८२ असार २१ गते बिराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा बाल अधिकार सचेतना समूहका सदस्यहरूलाई लक्षित गर्दै एक दिवसीय सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले ‘न्यायमा पीडितको पहुँच र प्रहरीको प्रतिबद्धता’ विषयमा सहजीकरण गर्नु…

प्रदेश स्तरीय मानव अधिकार समूह गठन

समता खबर डटकम । २०८२ असार २० गते मोरङ । कोशी प्रदेशमा मानव अधिकारको रक्षा तथा पैरवी गर्ने उद्देश्यसहित असार २० गते प्रदेश स्तरीय मानव अधिकार समूह गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयमा भएको भेलाले किरण लाल सिंह गनगाई (मोरङ) अध्यक्ष र शिवशंकर मेहता…

मानव अधिकार अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न : कास्कीमा घरेलु हिंसा दोब्बरले वृद्धि

एभरेष्ट आवाज डटकम । २०८२ असार १८ गते पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको मानव अधिकार अवस्थाको अर्धवार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रम नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशनपूर्व तथ्याङ्क संकलन र विश्लेषणका उद्देश्यले आयोजना गरिएको हो।…

बागलुङमा पाँच महिनामा ३४ जनाले गरे आत्महत्या

गोरखापत्र अनलाइन । २०८२ असार १८ गते बागलुङ । जिल्लामा पाँच महिनाको अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि अमृत बास्कुनेले मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको तथ्याङ्क सार्वजनिक गरेपछि झस्किएका सरोकारवालाहरूले आत्महत्या न्यूनीकरणका लागि सहकार्यको आवश्यकता औंल्याउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका…