उस्तै छन्, मुक्तकमैयाका समस्या

दैनिक नेपालगञ्ज डटकम । २०८२ साउन १७ गते बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री रत्न बहादुर खत्रीले मुक्त कमैयाको जग्गा भोगचलनको सवाललाई लुम्बिनी प्रदेश सभामा जोडतोडका साथ उठान गर्ने बताएका छन् । डिसिएको आर्थिक सहयोग र इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगन्ज र सार्वजनिक सरोकार कानुन ब्यवसायी समूहको आयोजना…

बहुविवाह कानुनको विरोध, विराटनगरका अधिकारकर्मी सडकमा

हाम्रो विराटनगर डटकम । २०८२ साउन १९ गते विराटनगर । बहुविवाहलाई कानुनी मान्यता दिने प्रावधान मुलुकी अपराध संहितामा समेटिने विषयको विरोध गर्दै विराटनगरमा विभिन्न अधिकारमुलक संस्थाले प्रदर्शन र खबरदारी सभा आयोजना गरेका छन् । सोमबार विराटनगरको ट्राफिक चोकमा महिला मानव रक्षक सञ्जाल, मानव अधिकार सञ्जाल र गैरसरकारी संस्था महासङ्घको संयुक्त…

‘हामी अहिले सरकारको कमैया बनेका छौँ’

मिशन टुडे न्यूज डटकम । २०८२ साउन १८ गते नेपालगन्ज । ‘हिजोसम्म हामी जमिनदारको कमैया थियौँ, आज सरकारको कमैयाजस्तो बनेर बस्नुपरेको छ,’ बाँकेको बैजनाथ गाउँपालिकाको मुक्तिनगरकी मुक्तकमैया परिवारकी सदस्य कलामति थारूले प्रदेश सभा सदस्य रन्त खत्रीसामु प्रश्न गरिन्, ‘हामीहरू कहिलेदेखि खासमा मुक्तकमैया हुन पाउँछौँ ?’ कलामतिले यो प्रश्न बैजनाथ गाउँपालिकामा…

कर्णालीमा बढ्दो पारिवारिक विचलन, श्रीमान्–श्रीमतीबीचकै सम्बन्ध असुरक्षित

शिलापत्र डटकम । २०८२ साउन १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा आइतबार एउटा घटना घट्यो । ४२ वर्षीय दानसिंह ठाडाले ४१ वर्षीय श्रीमती रविना थापाको काठले प्रहार गरी बीभत्स हत्या गरे । बिहान करिब साढे १ बजेको समयमा ठाडाले सुतिरहेकी रविनाको टाउकोमा प्रहार गरी हत्या गरेका हुन् । हत्यालगत्तै जिल्ला…

महिलाका लागि कानुन बनेपनि कार्यान्वयन पक्ष कमजोर भयो : सभापति खड्का

खुलानजर डटकम । २०८२ साउन १७ गते सुर्खेत : कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिकी सभापति कल्याणी खड्काले नेपालको संविधान र कानुनले महिला अधिकारलाई सुरक्षित गरेएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताएकी छन् । बिहिबार अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) ले वीरेन्द्रनगरमा आयोजना गरेको महिला अधिकार उल्लङ्घनका घटना न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयक…

कर्णालीमा छ वर्षमा एक हजार छ सय महिला पीडित

गोरखापत्र अनलाइन डटकम । २०८२ साउन १६ गते सुर्खेत । कर्णाली प्रदेशमा छ वर्षको अवधिमा झन्डै एक हजार छ सय महिला पीडित भएको पाइएको छ । सन् २०२० देखि २०२५ सम्मको अवधिमा भएका दुई हजार ६६६ घटनामा एक हजार ५७२ जना महिला पीडित भएको इन्सेक कर्णाली प्रदेशले जनाएको छ । कर्णालीमा महिला अधिकार…

प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाट यादव सम्मानित

काठमाडौँ । २०८२ साउन १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसका अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ सिम्रौनगढ नगरपालिका–२, बाराका चुरे तथा वन–जङ्गल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई प्रदान गरिएको छ । साउन १६ गते इन्सेकले ललितपुरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय…

मधेशका वन क्षेत्र रेडजोनमा, चुरे विनाशको मुख्य दोष राज्यलाई : मन्त्री यादव

समाचार दैनिक । २०८२ साउन १५ गते जनकपुरधाम । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले मधेशका वन क्षेत्रहरू ‘रेडजोन’ मा रहेको बताउँदै यसको प्रमुख जिम्मेवारी राज्यको रहेको आरोप लगाएका छन् । इन्सेक मधेश प्रदेश, राइट्स क्लिनिक र कायापलटको संयुक्त आयोजनामा जनकपुरधाममा आयोजित ’जल संकट, चुरे दोहन र…

‘मानव अधिकार र सञ्चार’ विषयक अन्तरक्रियाः सहकार्य र समन्वयमा जोड

बागेश्वरी पोष्ट डटकम । २०८२ साउन १४ गते नेपालगञ्ज । नेपालगञ्जमा 'मानव अधिकार र सञ्चार' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखा र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा आज 'मानव अधिकार र सञ्चार' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मानव अधिकारको अभ्यास,…