नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम धनगढीमा सम्पन्न

कैलाली खबर डटकम । २०८१ असार १४ गते १३ असार,धनगढी । कैलालीको धनगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।…

देशमा कानुनको कमी छैन, कार्यान्वयनको कमी छ : सामाजिक विकास मन्त्री भाट

धनगढी खबर डटकम । २०८१ असार १४ गते धनगढी । देशमा भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल)ले बताएका छन् । उनले नेपालमा कानुनको कमी नभए पनि तर, कार्यान्वयनको कमी भएको बताएका छन् ।  धनगढीमा मंगलबार भएको महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकार सम्बन्धी…

बलात्कार घटनामा पीडित बालिकालाई इन्सेकको १० हजार सहयोग

त्रिरत्न न्यूज डटकम । २०८१ असार १३ गते प्रदेश १ बलात्कार घटनामा पीडित २१ महिनाकी बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक प्रतिनिधि भविन कार्की मार्फत कोशी प्रदेश कार्यालयले पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि १० हजार रुपियाँ आर्थिक…

हरेक परिवर्तनमा खबरदारीको अग्रमोर्चामा इन्सेक : प्रमुख भण्डारी

खुलानगर डटकम । २०८१ असार १२ गते सुर्खेत : पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले नेपालमा भएका ठूलाठूला परिवर्तनमा खबरदारीको अग्र मोर्चामा इन्सेक रहेको बताएका छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा आयोजित मानव अधिकार समूहका सदस्यहरूको अनुगमन तथा अनुभव अदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले सो कुरा बताएका…

मानवअधिकार अवस्थाको समिक्षाः तनहुँमा ६ महिनाको अवधिमा ३७ मानवअधिकार उल्लंघनका घटना

देवघाट अनलाइन डटकम । २०८१ असार १२ गते दमौली, तनहुँमा पछिल्लो ६ महिनामा ३७ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । उक्त घटनामा ३५ महिला र ३ पुरुष सहित ३८ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार दमौलीमा आयोजना गरेको नेपाल मानव अधिकार…

संखुवासभामा २१ महिने बालिका बलात्कृत

हाम्रोमत दैनिक । २०८१ असार ११ गते

खोटाङमा यो ६ महिनामा ३७ मानवअधिकार उलङ्घनका घटना घटे : इन्सेक

नमस्ते खोटाङ डटकम । २०८१ असार ११ गते खोटाङ, मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले असार ११ अर्धवार्षिक समीक्षा गरेको छ । उक्त संस्थाले प्रकाशन गर्ने मानव अधिकार र सामाजिक न्यायको निम्ति नेपालमा मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा गरेको हो ।उक्त पुस्तकमा…

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न, जिल्लामा घरेलु हिंसाका घटना बढी

एभरेष्ट अपडेट डटकम । २०८१ असार ८ गते सोलुखुम्बु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा शनिबार “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक पूर्व समीक्षा” सम्पन्न गरिएको छ । सन् २०२४ को जनवरी १ देखि जुन १ सम्म जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका…

निर्मला कुर्मीको घटनासम्बन्धमा मानव अधिकार आयोगको ध्यानाकर्षण

ललितपुर । २०८१ असार ७ गते बाँकेकी निर्मला कुर्मीको घटनाका पीडितको न्यायका लागि आन्दोनमा रहेकी रूवी खानको समूहसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै राष्ट्रिय मानव अधिकार आयोगले ०८१ असार ७ गते प्रेस नोट जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ । रूवी खानलगायत महिलाहरूले कुर्मीलाई न्याय दिन माग गर्दै वर्षौंदेखि अनशन तथा…

छाउगोठमा किशोरीमाथि बलात्कार : कहाँ पुग्यो छाउगोठ भत्काउने अभियान ?

धनगढी खबर डटकम । २०८१ असार ६ गते धनगढी । अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरी सोमबार राति बलात्कृत भइन् । १६ वर्षीया बालिका मंगलबार बिहान अचेत अवस्थामा छाउगोठमा भेटिएकी थिइन् । बलात्कार आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिकाका १७ वर्षीय बालकलाई बुधबार पक्राउ गरेर अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक…