महिलालाई दल र राज्यले न्याय गरेनः मन्त्री श्रेष्ठ
नेपाल कलम डटकम । २०८० भदौ ७ गते हेटौंडा/ बागमती प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले मानवलाई प्राप्त हुने सबैखाले अधिकार निर्वाध रूपमा प्रयोग गर्न पाउनु नै मानवअधिकार रहेको बताएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले…
बालसुधार गृह पुग्यो सुरक्षा निकाय र अधिकारकर्मी सहितको टोली
नेपालगञ्ज न्यूज डटकम । २०८० भदौ ६ गते सुरक्षा निकाय र अधिकारकर्मी सम्मीलित टोलीले बुधवार बाँकेस्थित जयेन्दु बालसुधार गृहको अनुगमन गरेको छ । भक्तपुर बालसुधार गृहमा भदौ ४ गते भएको घटनालाई मध्यनजर गर्दै उस्तै प्रकृतिको घटना नहोस भन्ने उद्देश्यले बालसुधार गृहको अवस्था र समस्याका बारेमा बुझ्न अनुगमन गरिएको हो ।…
मानव अधिकारसम्बन्धी कार्ययोजना कार्यान्वयन विषयक छलफल
खुलानगर डटकम । २०८० भदौ ४ गते सुर्खेत: इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला समन्वय समिति, सुर्खेत र भेरीगंगा नपासँगको समन्वयमा भेरीगंगा नगरपालिकामा मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रम सोमबार सम्पन्न गरेको छ । छलफल कार्यक्रमबाट भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालको संयोजकत्वमा मानव अधिकारसम्बन्धी स्थानीय तह समन्वय समिति…
रेक्चामावासीलाई पानी दिन उच्च अदालतद्धारा विपक्षीको नाममा परमादेश
खुलानजगर डटकम । २०८० भदौ १ गते सुर्खेत: उच्च अदालत सुर्खेतले वर्षौदेखि खानेपानीको अभाव भोग्दै आएका चौकुने गाउँपालिका—५ रेक्चावासीलाई खानेपानीको समस्या समाधान गर्न विपक्षीका नाममा परमादेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्यन्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनम सिह चन्दको संयुक्त इनलासले बिहिबार परमादेश जारी गरेको उच्च…
कारागारमा कैदीको मृत्यु प्रकरण : नियन्त्रणमा लिएर अमानवीय यातना दिँदा मृत्यु भएको निष्कर्ष
नयाँ पत्रिका डटकम । २०८० साउन ३२ गते नियन्त्रणमा रहेका कैदीहरूलाई अमानवीय यातना दिँदा संखुवासभा जिल्ला कारागारमा दुई कैदीको ज्यान गएको स्थलगत अनुगमनको निष्कर्ष छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोसी प्रदेशले बिहीबार विराटनगरमा प्रतिवेदन सार्वजनिक गर्दै नियन्त्रणमा लिएर अमानवीय यातना दिएकाले कैदीहरूको मृत्यु भएको निष्कर्ष निकालेको हो। इन्सेक कोसी…
बोक्सीको आरोपमा कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक घटनाको प्रतिवेदन सार्वजनिक
इहिमालय टाइम्स डटकम । २०८० साउन ३२ गते काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका-३ पिपरा टोलमा बोक्सीको आरोपमा भएको कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक गराएको घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । पिपरा टोलकी ३२ वर्षीया काजल दासलाई ३५ वर्षीय श्रीमान् विनोद दास र ३४ वर्षीया सौता शिलादेवी दासले…
सेवाहरुलाई मानव अधिकार मैत्री अपनाउन मेयर शर्माकाे निर्देशन
ज्वाला न्यूज डटकम । २०८० साउन ३१ गते नारायण नगरपालिकाका मेयर लोमन शर्माले वडा तहबाट दिइने सबै सेवाहरुलाई मानव अधिकार मैत्री अपनाउन र सेवाग्राहीप्रति जवाफदेहितापूर्ण व्यवहार गर्न वडाध्यक्षहरु र नारायण नगरपालिकाका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले दैलेखमा आयोजना गरेको नारायण नगर स्तरीय…
बिस्थापित परिवार पुनर्थापना सवालमा छलफल
ज्वाला सन्देश डटकम । २०८० साउन ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदे कार्यालयले गुराँस गाउँपालिका–८ नवलसिंह खड्काको परिवार दुई वर्षदेखि बिस्थापित भएको घटना सम्वन्धमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसी र स्थानीय नागरिकहरुसंग मंगलबार छलफल गरेको छ । प्रदेश संयोजक नारायण सुबेदी, अधिकार–२ परियोजना कार्यक्रम अधिकृत परिस्कृत पौडेल, प्रलेख…
रावतकोटमा कानूनी सचेतना र किशोरी आत्मरक्षा अभिमुखीकरण
ज्वाला सन्देश डटकम । २०८० साउन २९ गते दैलेख – भैरबी गाउँपालिका २ नं. वडाका वडाध्यक्ष मीनबहादुर थापाले सेवाग्राहीहरुसंग गरिने व्यवहार मानवअधिकार मैत्री बनाउने र समाजमा रहेको विभेद असमानता हटाउने प्रतिवद्धता जनाउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले भैरबी गाउँपालिका–२ रावतकोटमा आयोजना गरेको कानूनी सचेतना कार्यक्रममा…
HUMAN RIGHTS NEWS PORTAL