कारागारमा पुस्तक हस्तान्तरण

गोरखापत्र अनलाइन डटकम । २०८० साउन १७ गते सुर्खेत, साउन १६ गते । इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला कारागार सुर्खेतमा पुस्तक हस्तान्तरण गरेको छ । इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३१औँ स्मृति दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्षमा पुस्तक हस्तान्तरण गरिएको हो ।  इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण…

रुकैया खातुनले पाइन् यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार

नेपाल प्रेस डटकम । २०८० साउन १६ गते काठमाडौं । रुकैया खातुनलाई यो वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा क्रियाशील कपिलवस्तुकी रुकैया खातुनलाई आज पुरस्कार प्रदान गरिएको हो । ललितपुरमा भएको एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले खातुनलाई सम्मान पत्रसहित ५०…

पछिल्लो समय मधेशमा भएका प्रहरी ज्यादतीका घटनाप्रति गम्भीर ध्यानाकर्षणः इन्सेक

शिरीष न्यूज डटकम । २०८० साउन १५ गते मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको इन्सेकले जनाएको छ । आज साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पुगेका इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलमाथि असई राजेश्वर महतोले कार्यालय…

२९ औँ “प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता रुकैया खातुनलाई

युगपाटी डटकम । २०८० साउन १० गते यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया रुकैया खातुनलाई प्रदान गरिने इन्सेकले जनाएको छ । इन्सेक कार्यसमितिको २०८० साउन ९ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक…

यस वर्षको प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी अभियन्ता रुकैया खातुनलाई

नेपाल प्रेस डटकम । २०८० साउन १० गते काठमाडौं । यो वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा क्रियाशील कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गरिने इन्सेकले जनाएको छ । इन्सेक कार्यसमितिको २०८० साउन ९ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित…

अझै गठन भएन मानव अधिकार समिति

गोरखापत्र अनलाइन । सुर्खेत । २०८० साउन ३ गते मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहमा गठन हुनुपर्ने मानव अधिकार समन्वय समिति गठनमा लापरबाही भएको छ। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये केहीमा गठन भएको छ। केहीमा अझै गठन हुन सकेको छैन।  मानव अधिकार जिल्ला समन्वय समितिको बैठकमा स्थानीय…

प्रस्तावित संशोधन विद्येयक प्रति अधिकारकर्मीहरूको आपत्ति

युगपति डटकम । नेपालगञ्ज । २०८० साउन ४ गते अदालतमा विचाराधीन गम्भीर प्रकृतिका फौजदारी मुद्दासमेत फिर्ता हुने गरी गरिएको प्रस्तावित संशोधन विद्येयक प्रति अधिकारकर्मीहरूले गम्भिर आपत्ति प्रकट गर्दै  ध्यानाकर्षण भएको जनाएका छन् । नेपालगञ्ज उच्च बार एशोसिएशन, इन्सेक, एडभोकेसी फोरमलगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले साउन ४ गते प्रेस विज्ञप्ति मार्फत…